• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

किसानलाई फुल माला बेच्ने चटारो

  •   शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । घरसँगै जोडिएको बारीमा ढकमक्क सयपत्री फुलेको छ । कोही फुल टिपीरहेका छन्, कोही माला गास्दैछन् । केहीले बजारमा फुल मालाको स्टल राखेर विक्र गरिरहेका छन् त केहीले अर्डर अनुसार ग्राहकको घरदैलोमा फुलमाला पु¥याउन खटिएका छन् । घरमै आएका ग्राहलाई फुलका थुंगा विक्री गरिरहेको देखिन्छ । भिमाद नगरपालिका–८ भागरका कृष्णबहादुर विश्वकर्माको ४ जनाको परिवारलाई बुधबारदेखी सयपत्री फुलले व्यबस्तता बढाई दिएको छ ।

    फुर्सदमा तिहार मानउने उनको परिवारसँगै छरछिमेकलाई पनि सयपत्रीले व्यस्त बनाएको हो । ‘परिवारबाहेक छरछिमेक र आफन्त १० जना बढीको पनि सहयोग लिईरहेका छौँ’, उनले भने । होलसेल व्यापारीलाई नदिएर आफैँले ग्राहकको हात हातमा पु(याउँदा झनै व्यस्त बनाएको उनको भनाई छ । ‘व्यापारीलाई दिदाँ हामीलाई कम मुल्य पर्ने ग्राहकलाई पनि मंहगो मुल्य पर्ने भएपछि बरु आफैँले केही सस्तोमा बेच्दा दुवैलाई फाईदा हुन्छ भनेर खेरैनीटार र दुलेगौँडा बजारमा स्टल राखेर बेचिरहेका छौँ’, उनले सुनाए ।

    गत बर्षसम्म मकैखेती गर्ने बारीमा यसपालि कृष्णबहादुरको परिवारले आठ सय सयपत्रीको बेर्ना लगाएको थियो । एउटै बोटमा एक सय थुुंगासम्म फुलेको छ । जसले अर्को बर्ष फुल खेती विस्तार गर्नलाई उत्साह थपेको उनी बताउँछन् । भोलि शनिबार तिहारको मुख्य दिन भाइटिका। तिहार दिदीवहिनी र दाजुभाईबिचको सामिप्यतासँगै फुल र झिलिमिली बत्तीको चाड हो । सांगीतिक चाडको रुपमा पनि तिहारलाई लिइन्छ । तिहारमा दिदी वहिनीले दाजुभाईलाई सयपत्री र मखमलीको माला गलामा पहिराईदिने भएकाले फुलको विशेष महत्व छ ।

    वसायिक तरिकाले फुल खेती गरेका किसानको सिजन तिहार भएकाले व्यस्तता तिहार सुरु भएसँगै बढेको हो । फुल टिपेर माला गाँस्ने र बजारमा पु(याउने हतारोमा देखिन्छन् किसान । तिहार अगावै एकातिर धान थन्क्याउने चटारो छ, अर्कोतिर फुल माला बजार पु(याएर विक्री गर्ने हतारोमा छन् किसान । बजारका हरेक चोकमा तिहारलाई आवश्यक भाई मसलासँगै फुल र माला बेच्नेहरु भेटिन्छन् । शुक्लागण्डकी नगरपालिका–१२ सुन्दरेमा तीन जना युवा मिलेर सञ्चालन गरेको फिरफिरे अर्गानिक्समा ढकमक्क फुलेका मखमली र सयपत्री टिपेर अर्डर अनुसार बजार पु(याउन सञ्चालकलाई भ्याईनभ्याई छ ।

    यहाँ सात रोपनीमा सयपत्री र तीन रोपनी क्षेत्रफमा मखमली फुल लगाईएको छ । फुल टिप्ने र माला गाँस्नेका काममा स्थानीय महिलाले रोजगारी पाएका छन् । ‘फुल टिप्ने, माला गाँस्ने र अर्डर अनुसार बजार पु(याउन दैनिक १० जनालाई खटाईरहेका छौँ’, सञ्चालक मदन पौडेल भन्छन्, ‘फुलको मुख्य सिजन तिहार हो । फुलले तिहार लागेसँगै व्यस्त बनाएको छ ।’ तिहारको दिन विहानदेखी फुलको सिजन सकिने र त्यसपछि फुर्सदिलो हुने पौडेलले बताए ।

    भिमाद नगरपालिका– ८ अरौदीका गोविन्द अधिकारी पनि फुलले व्यस्त बनाएको बताउँछन् । उनले २०६५ सालदेखी बाझिएको साढे ४ रोपनी जग्गामा सयपत्री फुल फुलाएका छन् । ‘फुल टिपेर गनेर अर्डर अनुसार पु(याईरहेको छु’, उनले सुनाए । उनले होलसेलमा फुलको थुंगा विक्री गरेकोले माला गाँस्ने झन्झटबाट मुक्त भएको बताए । तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र बन्दीपुर गाउँपालिकामा व्यवसायिक फुल खेती गर्ने बढेका छन् ।

    फुल खेतीमा युवाको आकर्षण बढेको पाईन्छ । जिल्लाका केही शहकारीले पनि तिहार लक्षित फुल खेती गरेका छन् । तीन बर्षदेखी तनहुँमा व्यवसायीक फुल खेती गर्नेहरु बढेका छन् । गत बर्ष कोरोनाका कारण कम फुलखेती गरिएको थियो । यसपाली कोरोना संक्रमण कायमै रहेपनि जनजिवन सामान्य लयमा फर्केकाले फुल खेती गर्नेहरु यसपाली बढेका हुन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.