चितवन । चितवनमा आज २६ जना कोरोनामुक्त भएका छन् । यस सँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २० हजार १० पुगेको छ । त्यस्तै आज चितवनमा ६ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार चितवनमा पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट ६ जनामा संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर संक्रमितको संख्या २६ हजार ७२२ पुगेको छ ।
आज जिल्लाभर सक्रिय संक्रमित २८५ जना रहेका छन् । उनीहरुमध्ये २६७ जना होम आइसोलेसनमा छन् भने १८ जना अस्पतालमा रहेका छन् ।








