• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

धर्म परिवर्तनले दाजुभाइ नै पराई

  •   शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुकी क्रिश्चियन धर्मावलम्बी ईश्वरा राईको ७४ वर्षको उमेरमा बिहीबार राती मृत्यु भयो । उनी २८ साउन २०७७ मा क्रिश्चियन बनेकी थिइन् । कारण, माइलो छोरा पञ्चराम र बुहारी सुनिता राई दशकदेखि नै क्रिश्चियन धर्मावलम्बी बनेका थिए । २०५९ सालदेखि उदयपुरको कटारी रिस्कुमा बसिरहेका जेठो छोरा विशाल, बुहारी विचारी र सुनिता तथा कान्छो छोरा होमनाथ (मृत्यु भइसकेको) र बुहारी सिर्जनाको परिवार भने हिन्दु धर्म मान्दैआएका थिए ।

    ईश्वराको मृत्युपछि भने एकै परिवारको दाजुभाइबीचमा सांस्कृतिक विभाजन देखा परेको छ । क्रिश्चियन बनेका कारण ईश्वराको मृत्यु संस्कार सोही धर्मको नीति अनुसार शुक्रबार गरिए भने हिन्दु धर्ममा आधारित परम्परा मान्दैआएका जेठो छोराको उपस्थिति औपचारिकताका लागि मात्र रह्यो । विशालले आमाको मृत्युको खबर भाइ पञ्चरामबाट राती नै पाएका थिए । रातारात गरेर उनी कटारीबाट आमाको दाहसंस्कारका लागि च्यास्मीटार दाल्फु पुगे । तर, आमाको दाहसंस्कारका क्रममा उनको भूमिका गौण रह्यो ।

    जन्म दिएर दश धारा दूध चुसाएर हुर्काउने आमाको निधनमा उनले केश काट्न परेन, दुःख बगाउन पाएनन् । आमाको शव उठाएर गाड्नेसम्मका रित क्रिश्चियन धर्म अनुसार सङ्गति र भजन गर्दै सम्पन्न गरिए । आमा पनि विश्वासी ९क्रिश्चियन० बनिसकेकाले सोही धर्म अनुसार घर सल्लाहमै दाहसंस्कार गरिएको पञ्चरामले बताए । हप्ता दिनपछि सान्त्वना सङ्गति गरेपछि ईश्वराको मृत्यु संस्कार सम्पन्न हुने छ । ‘आमा पनि विश्वासी भएकाले यही धर्म अनुसार आमाको मृत्यु संस्कार गरिएको हो,’ पञ्चरामले भने, ‘यदि आमा पनि हिन्दु हुनुहुन्थ्यो भने दाइले आमाको दाहसंस्कार लगायतका सबै काम गर्नु पर्थ्यो ।

    म चुप लागेर बस्नुपर्ने हुन्थ्यो ।’ पञ्चराम सहित दाल्फुका दर्जनौं परिवार क्रिश्चियन धर्ममा प्रवेश गरिसकेका छन् । सोही गाउँमा हिन्दु, किरात र स्वर्गीकमार्गीसमेत छन् । धर्म परिवर्तनले दाजुभाइको घरमा छेवर, पास्नी, पितृ पूजाआजा लगायतका रीतिरिवाजका बेलासमेत एकले अर्कालाई निमन्त्रणा गर्न असहज भएको देखिन्छ । उनीहरूबीचमा छोराछोरीको विवाह कर्ममा मात्र आवत–जावत हुने गरेको छ । विश्वासी ९ क्रिश्चियन ० बनिसकेकाले पूजाआजा गर्दैनन् र पूजाआजा गरेको प्रसाद खाँदैनन् ।

    एकै परिवारका भए पनि पारिवारिक रूपमा उनीहरू आपसमा बिरानो र पराई जस्ता देखिन्छन् । घरका बुवाआमाको मृत्यु संस्कार उनीहरूले अंगालेको धर्म अनुसार टुंग्याउने गरिएको स्थानीय बलिदान मण्डलीका अगुवा देवेन्द्र राईले बताए । कतिपय घरमा हिन्दु, किरात वा क्रिश्चियन धर्म मान्ने सन्तानले आ–आफ्नो धर्म अनुसार मृतक बुवाआमाको काजक्रिया गर्ने गरेको छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.