• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

एकातिर ब्यान्ड भर्सेस ब्राण्ड, अर्कातिर घरेलु मदिरा नष्ट

  •   आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । समन्त्री एवं एमाले नेतृ उषाकला राईले घरेलु मदिरा ९कोदोको रक्सी०लाई ‘ब्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्ने अभियान चलाइरहेको अवस्थामा खोटाङमा घरेलु मदिरा नष्ट गरिएको छ । ‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियान्ता राईकै जिल्लामा इलाका प्रहरी कार्यालय हलेसीले हलेसीबजारका स्थानीय महिलाले उत्पादन गरेको घरेलु मदिरासहित कच्चा पदार्थ नष्ट गरेको हो ।

    १५ कात्तिक सोमबार ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोद कार्कीको नेतृत्वको प्रहरी टोलीले ८० लिटर मदिरा र २०० लिटर कच्चा पदार्थ बरामद गरेर जनप्रतिनिधिसहितको रोहवरमा नष्ट गरेको हो । ६ चैत २०७६ मा दिक्तेलबजारमा नौ हजार मूल्य बराबरको करिब ६० लिटर मदिरा जफत गरेर नष्ट गर्दा नेतृ राईले जनप्रतिनिधिको हैसियतमा पहिलोपल्ट सार्वजनिक रूपमा विरोध जनाएकी थिइन् । नेतृ राईले ‘ब्याण्ड भर्सेस ब्राण्ड’को चर्चा चलाउन सुरु गरेसँगै जिल्लामा मदिरा बरामद गर्ने र नष्ट गर्ने अभियानबाट प्रशासन र प्रहरी केही पछि हटेको थियो ।

    ‘ब्याण्ड भर्सेस ब्राण्ड’ अभियानको थालनीसँगै स्थानीय स्तरमा पनि घरेलु मदिराको औद्योगीकरणका विषयमा खुलेर बहस हुन थालेको छ । १५ असार २०७७ मा प्रदेश संसदको विनियोजन विधेयकमाथिको छलफलका क्रममा राईले घरेलु मदिरालाई व्यावसायीकरण र औद्योगीकरण गर्न सके सिंगो देशको आर्थिक संमृद्धिमा टेवा पुग्ने भन्दै राईले ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिइन् । घरेलु मदिरालाई ब्याण्ड (प्रतिबन्ध) गर्ने हो भने विदेशी मदिरालाई पनि प्रतिबन्ध गर्नुपर्ने पूर्वमन्त्री राईले बताउँदै आएकी छन् ।

    घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि उनकै पहलमा ७० पृष्ठको सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिवेदन तयार पारिसकिएको छ । राईले लोकल रक्सीमाथिको प्रतिबन्ध हटाएर ब्राण्ड बनाउनुपर्ने आवाज उठाएको केही समयपछि किरात राई यायोक्खाले १६ साउन २०७७ मा खोटाङका तत्कालीन प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घरेलु मदिराको प्रवद्र्धन र प्रोत्साहनका लागि कानुनी मान्यता प्रदान गर्ने व्यवस्थाका लागि आग्रह गरेको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.