कैलाली । कैलालीमा धारिलो हतियार प्रहारबाट एकजनाको हत्या भएको छ । गौरीगंगा नगरपालिका–६ स्थित २१ वर्षीय दीपक खड्काको हत्या भएको हो । २१ वर्षीय बेजन विक र गोदावरी नगरपालिका–९ बस्ने २८ वर्षीय दीपकराज जोशीले हँसिया प्रहार गर्दा सख्त घाइते भएका खड्काको मायामेट्रो अस्पताल धनगढीमा समान्य उपचारपछि नर्सिङहोम नेपालगन्ज लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । धारिलो हतियार प्रहार गर्ने २८ वर्षीय दीपकराज जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका बेजन विकलाई खोजी गरिरहेको छ ।








