• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बाढीपहिरोको कहर : १५ वर्षअघि १० जना गुमाए, अहिले खेत बगर बनेपछि महर परिवार राहतको खोजीमा 

  •   आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    बैतडी । ९ भदौ २०६३ राति १२ बजे अविरल वर्षाका कारण बैतडीको दशरथचन्द नगरपालिका–६ टाक गाउँको एकै परिवारका १० जनाले ज्यान गुमाए । वर्षाका कारण दुई घर भत्किएपछि त्यस दिन घरमा नभएका व्यक्ति बाँचेका थिए । उतिबेला मृतकको आश्रित परिवारलाई प्रतिमृतक १५ हजार रकमका दरले एक लाख ५० हजार राहत पाइएको थियो ।

    त्यसबाहेक उनीहरूले कतैबाट केही पनि सहयोग पाएनन् । भत्केको घर नजिकै झुप्रोमा बास बस्दै आएका थिए । उनीहरू बस्दै आएको घर अहिले जीर्ण भैसकेको छ । यही कात्तिक पहिलो साता भएको अविरल वर्षाका कारण बाँकी रहेको उक्त घरसमेत पहिरोको उच्च जोखिममा परेको छ । अहिले पीडित डम्बरराम महरको सात जनाको परिवार त्रिपालमुनि बस्दै आएको छ ।

    पीडित महरले भने, ‘२०६३ सालमा म बझाङमा रहेकाले बाँचेको हुँ । मेरा ठूलाबुबा र दाइको परिवारको पहिरोमा पुरिएर मृत्यु भएको थियो । मेरो छोरीसहित चार जना गम्भीर घाइते भएका थिए । छोरी पदमालाई दुई दिनपछि पहिरोबाट निकालिएको थियो । उनको नशा च्यापिएकाले अहिले पनि दैनिक औषधि खुवाउनु पर्ने र हरेक दुई महिनामा भारतको बरेली अस्पताल लग्नुपर्छ । त्यो पीडा एकातिर छदैँ थियो । तर, यसपालिको वर्षाले मेरो चार रोपनी जमिन बगरमा परिणत गरिदिएको छ । घर पनि जीर्ण भइसकेको छ । अहिले त्रिपालमुनिको बास भएको छ । पानी पर्दा उभिएरै रात कटाउँछौँ ।’

    जनता आवास कार्यक्रममार्फत घर निर्माणका लागि निवेदन दिए पनि आफू छनोटमा नपरेको उनले गुनासो गरे । महरले भने, ‘दुई पटक जनता आवास कार्यक्रमका लागि निवेदन आह्वान हुँदा निवेदन दिएँ । मेरोभन्दा कम पीडा भएका व्यक्ति छनोट हुन्छन् । तर, मेरो निवेदन स्वीकृत भएको छैन ।

    पहिलाको बाढीमा बचेको खेत अहिले बगेकाले घर बनाउने ठाउँसमेत छैन् । अत्यन्त पीडामा छु । कसरी गाँसबासको व्यवस्था गर्ने, केही सोच्नै सकेको छैन ।’ ज्वाइँको मृत्यु भएकाले छोरी हेमा पनि आफूसँगै रहेको र उनको पालनपोशणसमेत आफैँले गर्नुपरेको उनको भनाइ छ ।

    २०६३ को घटना हुँदा दुई दिनपछि पहिरोबाट निकालिएकी महरकी घाइते छोरी पदमा अझै उपचारको क्रममा छिन् । उनलाई हरेक दुई महिनामा उपचारका लागि भारतको बरेली लैजानु पर्छ ।

    उतीबेला कहिले महर, उनका छोरा विश्राम र बुहारी लक्ष्मी तथा नातिनातिनी भुवनेश्वर, रेखा, चिना, शंका र पिंकीको ज्यान गएको थियो । यसैगरी उतिबेला भारतमा रहेका रत्ने महरका छोरीहरू रितु र गोमतीको मृत्यु भएको थियो ।

    २०६३सालमा महर परिवारका एक ढलान घर र अर्को आठ कोठे छानो भएको घर भत्किएको थियो भने यस वर्षको बेमौसमी वर्षामा बाँकी रहेको घर र सबै खेतबारी पहिरोले लगेपछि महर परिवारको विचल्ली भएको छ ।

    अहिले महर राहतको खोजीमा दैनिक जिल्ला सदरमुकाम धाउने गरे पनि सुनुवाइ नभएको बताउँछन् । उनले वडादेखि नगरपालिका, प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत सबै ठाउँमा आफ्नो पीडा सुनाइसकेको बताएका छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.