• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कहाँ अड्कियो गण्डकीको लाइफलाइन?

  •   आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । प्रदेशको सीमांकन गर्ने बेलामा उत्तर दक्षिण जोड्ने गरी नवलपुरलाई गण्डकीमा मिसाइयो । साविकको नवलपरासी जिल्लालाई टुक्रयाएर आधा जिल्ला गण्डकी र बाँकी आधा लुम्बिनीमा मिसाइएको हो । भूगोलका हिसावले गण्डकी नेपालका छिमेकी दुवै देशसँग जोडिएको छ । त्यसैले प्रदेश सरकार गठन भएकै बेला त्रिवेणी–कोरला सडकलाई प्रदेशको लाइफलाइनको रूपमा अघि सारियो । प्रदेश गौरवको योजना अन्तर्गत पर्ने यो आयोजनाका विभिन्न खण्ड अन्य सडक आयोजना अन्तर्गत पर्छन् ।

    दुलेगौंडादेखि पोखरासम्म पृथ्वी राजमार्ग, पोखरादेखि याम्दीसम्म पोखरा महानगरको सडक छ भने याम्दीदेखि मालढुंगासम्म मध्येपहाडी राजमार्ग पर्छ । त्यहाँबाट कोरला कालिगण्डकी कोरिडोर मातहत छ । कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी(जोमसोम(कोरला सडक आयोजनामध्ये छ वटा खण्डको काम सकिएको छ । १० वटा प्याकेजमा ठेक्का लगाइएकोमा बेनी(जोमसोम र चराङदेखि छोसेरसम्मको सडक स्तरोन्नति बाँकी छ । २५ किलोमिटर दूरीको यो खण्ड तामाङ(गौरी पार्वती(सप्तकोसी जेभीले ठेक्का लिएको हो ।

    भेनादेखि घिलिङ, कागबेनीदेखि ताङवे, ताङ्वेदेखि चैले, चैलेदेखि चराङ र छोसेरदेखि कोरला खण्डको सडक स्तरोन्नति भइसकेको आयोजनाले जनाएको छ । जोमसोमदेखि कागबेनीसम्मको खण्डमा कालोपत्रे गरिँदै छ । यो खण्ड २५ किलोमिटरको छ । ग्राभेल सकेर कालोपत्रे गर्न लागिएको हो । बेनीदेखि कोरलासम्म १८६ किलोमिटर सडक छ । त्यसमध्ये जोमसोम कोरला ११० किलोमिटर छ भने बेनीदेखि जोमसोमसम्म ७६ किलोमिटर छ । बेनी–जोमसोम खण्ड भने चार प्याकेजमा काम भइरहेको छ ।

    म्याग्दीको गलेश्वरदेखि नारच्याङ पुलसम्म र राहुघाटदेखि बेगखोलासम्म कालोपत्रे गर्न थालिएको छ । यो दुईवटा खण्ड २५ किलोमिटरको छ । कैकुखोलादेखि खन्तीसम्मको सडकमा कालोपत्रेको काम सकिन लागेको छ । यो करिब १७ किलोमिटर लामो छ । सबैभन्दा जोखिमपूर्ण र काम गर्न सकस परेको नारच्याङदेखि कैकुखोला अन्तर्गत काभ्रे, बादरजुङ, घोप्टेभीर लगायत क्षेत्रमा समस्या परेको छ । कडा चट्टान र लेदो माटो भएकोले काम गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । कोवाङ(जोमसोम १८ किलोमिटर सडकसमेत कालोपत्रेको प्रक्रियामा छ । यता बेनीदेखि मालढुंगा सडकमा भने फराकिलो बनाउनै बाँकी छ ।

    यो सडकअन्तर्गत गत वर्षसम्म पाँच अर्ब १३ करोड खर्च भइसकेको छ । यो वर्ष थप एक अर्ब ३० करोड विनियोजन भएको आयोजनाले जनाएको छ । यो वर्ष सबै खण्डको काम पूरा हुने आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए । मालढुंगापछि पोखराको याम्दीसम्म मध्येपहाडी लोकमार्ग पर्छ । यसको पनि स्तरोन्नती भैरहेको छ । त्यहाँबाट पोखरा सडक र पोखरादेखि दुलेगौंडासम्मको सडकमा समस्या खासै छैन । त्यसपछि पूरै जिम्मा प्रदेश सरकारको छ । उत्तर–दक्षिण राजमार्ग अन्तर्गत भीमाददेखि डेढ गाउँ हुँदै त्रिवेणीदेखि सुस्ता जोड्ने सडकको अधिकांश ट्रयाक खुलेको छ । डेढगाउँदेखि झ्यालवास खण्ड डबल लेनको बनाउन ठेक्का लागिसकेको छ ।

    यद्यपि, दुम्कीबासदेखि त्रिवेणी खण्डमा पूर्ण अवरोध छ । चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा यो सडक खण्डको आठ किलोमिटर पर्छ । ‘दुम्कीबासबाट त्रिवेणीका लागि अघिल्लो सरकारले पैसा छुट्यायो, निकुञ्जका कारणले काम गर्न सकेन । पैसा त जतिबेला पनि हामीसँग हुन्छ, तर प्रक्रियामा लैजान सकिएको छैन,’ गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले न्युज कारखानासँग भने, ‘निजकुन्जबाट यो क्षेत्र छुटिने वित्तिकै काम अघि बढ्छ । केन्द्र सरकारलाई भनेका छौं ।

    यदी हाम्रो माग सुनिएन भने सुरुङमार्ग बनाएर भए पनि सडक खोल्छौं ।’ सुरुङमार्ग बनाउनका लागि १८ देखि २० अर्ब लाग्ने अनुमान छ । यो ट्रयाक खोल्न मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्रसमेत बुझाएका छन् । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुन्जको केही भाग गण्डकी प्रदेशमा पर्छ । भारतको सिमानामा छोटी भन्सारसमेत छ । तर, यहाँबाट कारोबार भने भएको छैन । कोरलामा पनि सरकारले भन्सार निर्माणको तयारी थालेको छ । यसलाई रणनीतिक सडकको रूपमा हेरिएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.