भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा टेम्केमैयुङ गाँउपालिका वडा नम्बर १ सुम्लीखाकी १० वर्षीया कृतिका राउत रहेकी छिन् । मामाघर आएकी उनी बर्षासंगै परेको चट्याङ घाइते भएपछि उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृतयु भएको प्रहरीले जनाएको छ ।








