उक्त सम्झौता भएपश्चात सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पूरा गरेकाहरूलाई कोषको सिफारिसमा अधिकतम २५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्नेछ ।
प्रतिस्पर्धाको आधारमा छनौट भएको राष्ट्रिय वाणिज्य बैंकले आधार दरमा न्यूनतम प्रिमियम लिई सोमा कोषले समेत अनुदान प्रदान गरी वार्षिक तीन दशमलव ३२ प्रतिशतमा घर खरिद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्म (थप एक वर्ष निर्माण अवधि प्रदान गर्ने गरी) को लागि सकल दर्जाहरूलाई कर्जा प्रवाह गरिनेछ । सम्झौता बमोजिम कोषले बैंकलाई निक्षेपसमेत उपलब्ध गराउनेछ ।
उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कोषका निर्देशक सहायक रथि सागर केसी, वरिष्ठ चार्टड एकाउन्टेण्ट जीवनप्रसाद पौडेल, राष्ट्रिय बिमा संस्थानका कोष प्रशासक कविप्रसाद पाठकलगायत नेपाली सेनाका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।








