काठमाडौं । ‘अल्लारे मन’ बोलको प्रेमिल शैलीको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। यस गीतमा स्वर, शब्द र संगीत प्रत्युष श्रेष्ठको रहेको छ। पेशाले न्युरोसर्जनका रुपमा कार्यरत श्रेष्ठको यो डेब्यु म्युजिक भिडियो हो।
धनकुटा पहाडमा बाल्यकालमा बिताएका मिठा सम्झनाहरुलाई समेटेर तयार पारिएको गीतमा सुजिल कर्माचार्यको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा विपना थापा र विकाश जोशी बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। साथै भिडियोमा एन्जिला रजक, रिजन श्रेष्ठ, पलिस्था श्रेष्ठ र आयुष श्रेष्ठको समेत भिडियोमा अभिनय रहेको छ।
जावेद खानले छायांकन गरेको भिडियोलाई उज्ज्वल जोशीले सम्पादन गरेका हुन्। छबि लाल तामाङ ( शिशिर) को निर्देशनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।








