• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

छठ पर्वका लागि सिंगारिए भैरहवाका पोखरी

  •   मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिइ मनाइने छठ पर्वका लागि भैरहवाका छठ पोखरीहरू सिंगारिएका छन् । छठ पूजाका लागि सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री काली भक्ति गण (ई) (भैरहवा ब्यारेक, रुपन्देही) र सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरी सिंगारेर पूजाका लागि तयारी अवस्थामा राखिएको हो ।

    पोखरीमा सरसफाई तथा रंगरोगन गरी आकर्षक बनाइएको छ । राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्रप्रसाद रौनियारले छठ पर्वको ठूलो महत्व रहेको भन्दै पूजाको सबै तयारी लगभग सकिएको बताए । परिवारमा सुख, शान्ति प्राप्त हुने विश्वासका साथ तराई क्षेत्रमा छठ पर्व विशेष रुपमा मनाउने गरिन्छ । अहिले यो पर्व क्रमशः महाडी क्षेत्रमा बसोबास गर्ने गैरमधेशी समुदायले पनि मनाउँन थालेका छन् । मन्दिर सेवा समितिले पूजाका लागि दुई वटा पोखरी सरसफाई र मञ्च व्यवस्थापन सम्पन्न गरिसकेको छ ।

    बुधबार दिउँसो ४ बजेदेखि राति १२ बजेसम्म छठ पूजाको महत्व बुझाउँदै भजनकिर्तनको आयोजना गरिने रौनियारले बताए । पाँच वर्षदेखि यो पोखरीमा छठ पूजा हुँदै आएको छ । छठ पर्व मनाउन श्री कालीभक्ति गण (ई) भैरहवा ब्यारेकभित्र पनि तयारी अन्तिम अवस्थामा पुगेको छ । यहाँ ६० वर्षदेखि छठ पूजा हुँदै आएको छठ पूजा समारोह समिति सिद्धार्थनगर–५ का कार्यक्रम संयोजक आनन्दप्रसाद गुप्ताले बताए । छठ पूजाका लागि नेपाली सेनाको सहयोगमा पोखरी सरसफाइ, रंगरोगनलगायतका काम गरिएको छ ।

    कार्यक्रम संयोजक गुप्ताले वर्षेनी छठ पूजास्थलमा भक्तजनहरूको संख्या बढ्दै गएको बताए । पूजाका लागि पोखरीको छेउमा दुई हजार एक सय वेदी बनाएको र ३५–४० हजार भक्तजन आउने अनुमान गरेकाे गुप्ताले जानकारी दिए । भक्तजनको संख्या वर्षेनी बढ्दै गएपछि अर्को वर्षदेखि छठ पोखरी थप्ने तयारी समेत भएकाे छ । मनकामना पूरा हुने धार्मिक विश्वासका साथ भक्तजनहरू छठ पूजामा सहभागी हुन आउने गुप्ताले बताए ।

    सरकारले सार्वजनिक बिदा समेत दिएको हुँदा यस पर्वकाे महत्व व्यापक भएकाे मधेशी समुदायको भनाइ छ । कालीभक्ति गणमा हुने पूजा कार्यक्रममा गृहमन्त्री बालकृष्ण खांण समेत सहभागी हुने छठ पूजा समारोह व्यवस्थापन समिति सिद्धार्थनगर–५ ले जनाएको छ । त्यस्तैँ, ओमसतिया गाउँपालिका–४ स्थित बालापुरमा पनि छठपूजाका लागि तयारी गरिएको छ ।

    हनुमान मन्दिर युवा क्लब ओमसतिया–४ बालापुरको व्यवस्थापनमा डण्डा नदीको छेउमा पूजा हुने भएको छ । चार वर्षदेखि डण्डा नदीको किनारमा छठ पूजा हुँदै आएको क्लबका अध्यक्ष उदयकुमार गर्गले बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.