• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जाडो छल्न विद्यालयको चौरमै पठनपाठन 

  •   मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    बागलुङ ।  विद्यालयको चौरमा आठ वटा विद्यार्थी समूह छन् । प्रत्येक समुहमा एक एक जना शिक्षक छन् । विद्यालयमा कक्षा कोठा नभएर यसरी चौरभरी विद्यार्थी भएका भने होइनन् । कक्षाकोठा नै खाली गराएर चौरमा विद्यार्थी राख्नुको कारण हो बढ्दो चिसो ।

    यो दृश्य हो ढोरपाटन नगरपालिका–९ को ज्योति विकास आधारभुत विद्यालयको । ढोरपाटन उपत्यकामा चिसो बढेसँगै यहाँका विद्यालयहरूमा चौरमै शैक्षिक क्रियाकलप भइरहेको देख्न सकिन्छ ।

    हरेक दिनको प्रार्थना सकिएपछि विद्यार्थीहरू विद्यालयको चौरमा कक्षा अनुसारको समूह बनाएर बस्छन् । कक्षा शिक्षकले पनि विद्यार्थीको बसाइँअनुसार चौरमै सेतोपाटी राखेर नियमित कक्षा सञ्चालन गर्ने गरेको विद्यालयका प्रधानध्यापक चक्रबहादुर अदैले जानकारी दिए ।

    चिसो भुँई र शीतको पानी पनि चुँहिने भएकाले टिनको छानामुनि बस्नै नसक्ने विद्यार्थी कमल विकले बताए । ‘पहिलो घन्टीमा कक्षाभित्र बस्नै कठिन छ’ उनले भने ‘रातभरको तुसारो पग्लिने हुँदा किताब र बेन्चमा पानी पर्छ ।’ यहीकारण कात्तिकदेखि पुसको दोस्रो सातासम्म चौरमा पठनपाठन गर्ने गरेको शिक्षक श्याम विक बताउँछन् ।

    ढोरपाटन उपत्यकाको हावा बहने स्थानमा विद्यालय भएको हुँदा चिसो हावा निरन्तर चल्न । चौरमा बसेर पढ्ना पछि जाडोले विद्यार्थीको ध्यान केन्द्रीत गर्न कठिन छ । पढाई भन्दा पनि चिसोबाट कसरी बच्ने भन्नेमा विद्यार्थी बढी केन्द्रीत हुने प्रधानध्यापक अदैले बताए ।

    कक्षाकोठामै नियमित पठनपाठन गर्न हिटर अथवा कोठा न्यानो पार्ने कुनै वैकल्पिक प्रविधि व्यवस्थापन गर्न सके सहज हुने उनले बताए । ढोरपाटन क्षेत्रमा हिमपात र अत्याधिक चिसो बढ्ने हुँदा उक्त विद्यालय १५ पुसदेखि माघ मसान्तसम्म बन्द हुन्छ । बर्खे बिदाको सट्टा हिउँदे बिदा गरिएको प्रअ अदैले बताए । यहाँ कक्षा एकदेखि आठसम्म पठनपाठन हुन्छ ।

    चिसो मौसमको बेला विशेषगरी बाल कक्षादेखि पाँचसम्मका बालबालिका विद्यालयमा नआउने, आएपछि छिट्टै घरमा जाने जस्ता समस्या रहेको छ । विद्यालयमा हाल एक सय ९२ जना विद्यार्थी छन् । चार जना स्थायी दरवन्दीका शिक्षक रहेको सो विद्यालयमा पाँच जना राहत र दुई जना आन्तरिक स्रोतबाट रहेको प्रअ अदैले बताए । फ्रान्सको आर्च संस्थाले दुई जना शिक्षकको मासिक तलबभत्ता उपलब्ध गराएको छ ।

    विद्यालयको शैक्षिक गतिविधिलाई प्रविधिसँग जोडन उक्त संस्थाले १२ वटा ल्यापटप, तीन वटा प्रोजेक्टर पनि उपलब्ध गराएको छ । उक्त संस्थाले प्रत्येक बर्ष सबै विद्यार्थीलाई पुग्ने विद्यालय पोशाक, स्टेशनरी सामग्री स्विटर र रेनसुज दिने गरेको प्रअ अदैको भनाइ छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.