• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

प्रधानमन्त्री रोजगारको पैसा कीर्ते बिल भरपाई बनाएर अनियमितता

  •   मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    उदयपुर । उदयपुरकाे बेलका नगरपालिकामा प्रधानमन्त्री रोगजार कार्यक्रमको रकम ब्यापक अनियमितता भएको रहस्य सार्वजनिक भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम निस्केका बेलका नगरपालिका-४ का मजदुरको नाममा कीर्ते बिल भरपाई बनाएर अनियमितता गरेको रहस्य सार्वजनिक भएको छ ।

    वडा नम्बर ४ मा विनियोजन भएको रकम कीर्ते बिल भरपाई बनाएर खाएको रहस्य सार्वजनिक भएको हो । गत आर्थिक वर्ष ०७७/०७८ मा बेलका नगरपालिका -४ को तीनवटा योजनाका निम्ति विनियोजन भएको रकम काम नै नगरिकन निर्माण उपभोक्ता समिति, जनप्रतिनिधि र कर्मचारीको मिलेमत्तोमा कीर्ते बिल भरपाई बनाएर निकासा गरि खाएको भेटिएको छ । कुल १९ लाख ६४ हजार ६०० रुपैया विनियोजन भएकोमध्ये १३ लाख २० हजार ६५३ रुपैयाँ काम नै नगरिकन कीर्ते बिल भरपाई बनाएर पेस गरि निकास गरेर खाएको भेटिएकाे हाे ।

    वडामा सञ्चालित तीनवटै योजनामा मजदुरको डोर हाजिरी कीर्ते बनाएर मजदुरको नाममा कुमारी बैंकमा खाता खोलेर चेकमा कीर्ते हस्ताक्षर गरि समितिका पदाधिकारीले रकम निकालेर अपचलन गरेको पीडितहरूको गुनासो छ । नगरपालिकाले तिमीहरूको नाममा पैसा आएकाे रहेछ कुमारी बैंकमा खाता खोलेपछि पाइन्छ भन्दै स्थानीयवासीको नागरिकता लिएर गएको पीडित रचनाकुमारी नेपाली सार्कीले बताइन् ।

    नागरिकता १५ दिनपछि फिर्ता गरेकाे र बैंकमा खाता खोल्न पनि आफू नगएको र चेकमा समेत हस्ताक्षरण नगरेको उनकाे भनाइ छ । तर, उनको नाममा प्रधानमन्त्री रोजगार कार्यक्रमको डोर हाजिरीमा ७१ दिन काम गरेको र दैनिक ५१७ रुपैयाका दरले ३६ हजार ७६८ रुपैयाँ बुझेको देखिन्छ । उनलाई नगरपालिका आउजाउ गरेको भनेर ५०० रुपैयाँ मात्र दिएको बताइन् ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमको वडा नम्बर ४ मा गर्भे सडक हुँदै दमही कल्भर्ट निर्माण योजनामा एक लाख तीन हजार ८छण रुपैयाँ, सुन्दरीनगरी डाँडाटोल हुँदै बबला– ६ जोडने सडक निर्माण योजनामा छ लाख ९८ हजार ६७४ रुपैयाँ र ठोक्सिला कटारी खानेपानी योजना चार लाख ४१ हजार २२२ रुपैया गरि १३ लाख ६४ हजार ६०० रुपैयाँको तीनवटा योजनाका ३८ जना मजदुरको नाममा कीर्ते डोर हाजिरदेखि किर्ते बिल भरपाई बनाएर ठगी गरेकाे भेटिएकाे हाे ।

    आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकामा सञ्चालन गरिएको सो कार्यक्रममा वडा कार्यालयले ३८ जनालाई काममा लगाएको स्थानीय जीतबहादुर मगरले जानकारी दिए । काममा लगाइएका सबै मजदुरको कुमारी बैंक रामपुर शाखामा रकम जम्मा गरेको नगरपालिकाका रोजगार संयोजक विमला थापाले जानकारी दिए । सो वडाका मजदुरका लागि १९ लाख ६४ हजार ६०० रकम विनियोजन भए पनि १३ लाख २० हजार ६५३ रुपैया खर्च भएको संयोजक थापाले जानकारी दिईन् ।

    बेलका नगरपालिका- ४ ठोक्सिला कटारी खानेपानी योजना निर्माणको लागि १२ जनाले रोजगार पाएको नगरपालिकाको तथ्याङ्गमा उल्लेख छ ।

    बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले गलत काम गरेको प्रमाणित भए कर्मचारी, जनप्रतिनिधि वा समिति जो सुकै भए पनि सजायको भागिदार हुने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगारहरूलाई अनिवार्य रूपमा १०० दिन रोजगारी दिनुपर्ने व्यवस्था छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.