• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जलवायु सहकार्य सशक्त बनाउन चीन र अमेरिकाबीच आश्चर्यजनक सहमति

  •   बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लन्डन । चीन र अमेरिकाले जलवायु सहकार्यलाई सशक्त बनाउन आश्चर्यजनक सहमति जनाएका छन् । बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन– कोप २६ को अवसरमा यी दुई देशले आगामी दशक जलवायु सहकार्यलाई थप सशक्त  बनाउने प्रतिबद्धता जनाएका हुन् ।

    जलवायु परिवर्तनका नकरात्मक असरलाई न्यून गर्ने बाचासहित दुबै देशहरुले एउटा संयुक्त घोषणा सार्वजनिक गरेका छन् । दुई देशको पछिल्लो कदमलाई एउटा ‘दुर्लभ  घटना’ को संज्ञा दिइएको छ ।
    जलवायु परिवर्तनसम्बन्धी सन् २०१५ को पेरिस सम्झौताअनुसार विश्व तापमान १ दशमलब ५ डिग्री सेल्सियसमा झार्ने लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता जनाउदै सहकार्य गर्ने दुबै देशले जनाएका छन् ।

    लक्ष्य प्राप्तिका लागि देखिएको खाडल पुर्नसमेत दुबै देशहरुले आह्वान गरेका छन् । विश्व तापमानलाई १ दशमलब ५ डिग्री सेल्सियमा सीमित पार्न सकेमा जलवायु परिवर्तनको नकरात्मक असरबाट जोगिन सकिने वैज्ञानिकहरुले बताउँदै आएका छन् । सन् २०१५ मा सम्पन्न पेरिस सम्झौतामा अधिकांश देशले सन् २०५० सम्ममा विश्वको तापलाई १ दशमलब ५ डिग्री सेल्सियस तापक्रममा सीमित पारेर कार्बन उत्सर्जन कटौतीमा योगदान दिने बताएका थिए ।

    जारी सम्मेलनमा चीनका प्रतिनिधि तथा प्रमुख वार्ताकार साई जेनहुवाले जलवायु परिवर्तनका विषयमा चीन र अमेरिकाबीच धेरै पटक वार्ता भएको जानाकारी दिए ।  संयुक्त कदमका लागि दुई देशले पछिल्लो १० महिनामा ३० भन्दाबढी भर्चुअल बैठक आयोजना गरेको उनले बताए ।

    मिथेनलगायत काबर्नयुक्त ग्यास उत्सर्जनमा कमी गर्न दुई देशबीच विभिन्न विषयमा सहमति भएको उनले बताए ।

    कार्बन उत्सजर्नको मुख्य कारक मानिएको मिथेन सिमित गर्न यसै साता गरिएको सम्झौतामा सहभागी हुन चीनले अस्वीकार गरेको थियो । सम्झौतामा करिव १०० देशले हस्ताक्षर गरेका थिए । सम्झौताबाट भारत पनि पन्छिएको थियो । मिथेन समस्या समाधान गर्न चीनले राष्ट्रिय योजना विकास गर्ने थप प्रतिबद्धता जनाएको छ ।

    अमेरिकी प्रतिनिधि जोन केरीले जलवायु परिवर्तनसम्बन्धी सहकार्यका विषयमा अमेरिका र चीनबीच कुनै मतदभेद नभएको बताए । हरेक कदम अर्थपूर्ण हुने र दुबै देश जलवायु परिवर्तनलाई न्यून गर्ने लामो यात्रामा सहकार्य गरेको उनले बताए । एजेन्सी

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.