• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लाप्राक : भुकम्पपछि पर्यटकले रुचाएकाे नयाँ गन्तव्य

  •   बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गोरखा । १२ वैशाख २०७२ काे भुकम्पपछि चर्चामा आएको उत्तरी गोरखाको लाप्राक गाउँले पर्यटन व्यवसायमा फड्को मार्न थालेको छ ।  भुकम्पपछि एकीकृत नमूना बस्ती बनेसँगै धार्चे गाउँपालिका वडा नम्वर ४ गुप्सीपाखाकाे हाेमस्टे अहिले पर्यटकहरूको राेजाइमा पर्न थालेकाे छ ।

    काेराेना संक्रमण दरमा कमी आएसँगै यहाँकाे पर्यटन व्यवसायले गति लिन थालेकाे छ । ‘कोरोनाका कारण लामो समयसम्म थलिएको पर्यटन व्यवसाय अहिले सामान्य अवस्थामा पुग्न थालेकाे छ,’ वडाध्यक्ष राज गुरूङले भने, ‘यहाँको पर्यटन प्रवर्द्धन गरी स्थानीयबासीलाई रोजगारी सिर्जना गर्दै पर्यटनमार्फत ग्रामीण क्षेत्रको आर्थिक विकास गर्ने उद्देश्यले होमस्टे संचालनमा ल्याएका हौँ ।’ भुकम्पपछि सरकारले लाप्राकको पुरानो गाउँलाई अति जोखिम क्षेत्र धोषणा गर्याे । पुरानो गाउँभन्दा करिब दुई किलोमिटर माथि रहेको गुप्सीपाखामा एनआरएनएले पाँच सय ७३ घर बनाइ दिएका थिए ।

    करिब २८ सय सय मिटर उचाइमा बुद्ध, गणेश र मनास्लु हिमालको काखमा रहेको लाप्राक गाउँमा गुरुङ र दलित समुदायको बाहुल्यता छ । २०७२ सालको भूकम्प अघिसम्म टाढैबाट झट्ट हेर्दा प्राकृतिक सौन्दर्यको बीचमा ढुंगाकाे छानो, ढुंगाकै गारो लगाएका एकनासे करिब ६ सय घरधुरी  एकै ठाउँ देखिन्थे । विशेषतः यहाँ गुरुङ समुदायको मौलिक कला संस्कृति हेर्न अधिकांश समय पर्यटकको आउजाउ बाक्लै हुन्थ्यो । पर्यटकीय गन्तव्यको रूपमा चिनिने यो गाउँको कलात्मक संस्कृति देखेर जो कोहीको मन लोभिन्थ्यो ।

    तर, भुकम्पपछि यस गाउँको पहिचान फेरिएको छ । अहिले लाप्राकमा अधिकांस मानिस विशेषत: नमुना बस्ती अवलोकनका लागि आउने गरेको वडाध्यक्ष बताउँछन् । ‘भुकम्पले पुरानो पहिचान गुम्यो, नयाँ पहिचान बनाइदियो । नयाँ पहिचान मतलव नमूना बस्तीमा आन्तरिक तथा वाह्य पर्यटक बढाउन होमस्टे संचालनमा ल्याउनुका साथै यसको प्रचारप्रसार गर्ने र विगतका इतिहास, साँस्कृतिलाई बचाउने गरी लागि परेका छौँ ,’ वडाध्यक्ष गुरुङ सुनाउँछन् ।

    अहिले स्थानीय दलवीर गुरुङ, सुनमाया गुरुङ, कोपिला गुरुङ, माया गुरुङ र हिममाया गुरुङले सामुदायीक होमस्टे संचालन ल्याएका छन् ।  दलवीर भन्छन्, ‘पाँच घरमा होमस्टे सन्चालनमा ल्याएका छौँ । अहिले हामीले एक रातमा ४० जना पाहुनालाई राख्न सक्छौँ ।’

    होमस्टेमा गाउँमै उत्पादन गरिएको फापरको रोटी, आलुबाट बन्ने विभिन्न परिकार, स्थानीय स्तरमा उत्पादन हुने च्याउ, कोदो, मकै, सिस्नु, सागसब्जी, लोकल कुखराको मासु र विभिन्न खानाका परिकार उपलब्ध हुन्छ ।

    कसरी पुग्ने लाप्राक ?

    गोरख बजारबाट बाह्रकिलो, छेवेटार, बालुवा, बारपाक हुँदै ६० किलोमिटर यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ । हाल लाप्राकसम्म जाने  सडक कच्ची छ । गाउँपालिकाले सडक स्तरउन्नतीको लागि काम गरिरहेको छ । ‘लाप्राकसम्म आउने सडक ग्रावेल गर्न पहल भइरहेको छ । त्यसपछि नमूना बस्तीका दुई सय घरमा होमस्टे संचालन गर्ने हाम्रो तयारी छ,’ वडाध्यक्ष भन्छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.