काठमाडौं । सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा। निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको छ ।
सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले बिहीबार अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्नेगरी निमित्त उपकुलपतिका हैसियतमा कामकाज गर्न डा थापालाई तोकेको मन्त्रालयका उपसचिव प्रकाश अधिकारीले जानकारी दिए ।








