पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये पूर्वी नवलपरासीका १८ जना र पर्वतका ३ जना रहेका छन् । उनीहरु सबै भारतबाट आएका हुन् । सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा छन् अहिले उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा। विनोद विन्दु शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ ।








