• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रासायनिक मलको प्रयोग घटाउन प्रांगारिक मल

  •   शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा ।  रासायनिक मल प्रयोगले मानवीय स्वास्थ्य र प्रकृतिमा पर्ने असर घटाउन झापाको एक कृषि सहकारीले प्रांगरिक मल बनाउँदै आएको छ । कमल-२ स्थित आईपीएम कृषि सहकारी संस्थाले आफैँ प्रांगरिक मल उत्पादन गरेर कृषकलाई अनुदानमा वितरण गर्दै आएको छ ।

    किसानलाई मात्र सदस्य बनाएको आईपीएममा ४०० कृषक सेयर सदस्य छन् । ती कृषकलाई बर्सेनि प्रांगरिक मल बनाएर सहकारीले बिक्री वितरण गर्दै आएको छ । गाईको गोबर, वनको माटो, पिना, हड्डीको धुलो, गाईको गहुँत लगाएर यो मल बनाइने गरिएको आईपीएम कृषि सहकारी संस्थाकाहरू अध्यक्ष यामबहादुर राईले बताए । चार वर्षअघिबाट मलको उत्पादन सहकारीले सुरु गरेको उनले बताए ।

    त्यसयता मलको माग बढ्दै गएको छ । सहकारीमा आवद्ध कृषकलाई यो मल दुई सय ५० रुपैयाँ प्रति बोरा पर्छ । सहकारीमा आवद्ध नभएकालाई भने प्रति बोरा ४०० दरले वितरण गरिँदै आएको अध्यक्ष राईले बताए । ‘यो मललाई प्रति बोरा १२५ रुपैयाँ लागत लाग्छ । बाहिर ४०० प्रति बोरामा वितरण गर्ने यो मल हाम्रो सहकारीमा अवद्ध कृषकलाई भने अनुदानमा २५० मा उपलब्ध गराउँछौँ’, उनले भने, ‘यसको माग अत्याधिक छ । हामीलाई माग धान्न नै मुस्किल हुने गरेको छ । वर्षमा तीन पटकभन्दा धेरै मल बनाउँछौँ । एक पटकमा ४०० बोरासम्म बनाउन सकिन्छ ।’

    यो मल उत्पादनक लागि ३५ दिन लाग्छ । मल उत्पादनले रासायनिक मल विस्थापनसँगै स्थानीयलाई रोजगारी पनि दिएको अध्यक्ष राई बताउँछन् । ‘रासायनिक मलले विस्तारै माटोको उत्पादन क्षमता घटाउँदै गएको छ । मानव स्वस्थ्य र प्रकृतिमा पनि गम्भीर असर पुर्‍याउँछ । त्यसलाई विस्थापन गर्न हामीले मल उत्पादन थालेका हौँ’,  उनले भने, ‘अहिले आलु, टमाटर, सागसब्जीलगायतमा यो मलको प्रयोग बढ्दै गएको छ । अरू बालीमा पुर्‍याउन सकेका छैनौँ । विस्तारै हाम्रो कृषकले प्रांगारिक मल मात्र प्रयोग गर्ने मनाउँछौँ । मल बनाउँदा स्थानीयले रोजगारी पनि पाएका छन् । उनीहरूलाई तालिम दिएका छौँ । वार्षिक १० जनाभन्दा धेरैले निरन्तर रोजगारी पाएका छन् । गाउँ घरमा खेर जाने कुहिने वस्तु मलमा प्रयोग भएको छ ।’

    प्रांगारिक मल लगाउन थालेपछि उत्पादन भएको आलु र तरकारीको स्वादमा नै फरक परेको स्थानीय कृषक जानुका मगर बताउँछिन् । रासायनिक मलले स्वास्थ्यमा असर गर्ने जानकारी पाएपछि आफूले पनि चार वर्षयता निरन्तर प्रांगारिक मलको प्रयोग गर्दै आएको उनको भनाइ छ । ‘रासायनिक मल लगाउँदा उत्पादन धेरै भएको जस्तो लाग्छ । तर, रासायनिक मलले हाम्रो जीवन सक्दै रहेछ । रासायनिक मल लगाएर उत्पादन भएको सागशब्जी र आलुमा आकाश जमिनको फरक छ । यसको स्वाद नै मीठो हुँदैन’. उनी भन्छिन्, ‘तर, प्रांगारिक मल लगाएपछि स्वाद पनि मीठो हुन थालेको छ । सागसब्जी पनि छिट्टो पाक्छ ।’

    रासायनिक मलका लागि कृषकले घन्टौँ लाइन बस्नुपर्ने बाध्यता छ । नेपालमा नपाए जोखिम मोलेर भारतबाट खुला नाकाको प्रयोग गर्नुपर्ने बाध्यता छ । प्रांगारिक मलले यो सबै समस्याको समाधान क्रमशः गर्दै आएको कमल-२ की कृषक सीतादेवी कट्टेलले बताइन् । ‘रासायनिक मल लगाउँदा साह्रै गाह्रो पर्छ । भनेको बेलामा मल पाउँदैन । लाइन बस्नुपर्छ’, उनी भन्छिन्, ‘तर, प्रांगारिक मलमा त्यो छैन । सहकारीले आफैँ उत्पादन गर्ने हो । भनेको बेलामा मल पाइन्छ । तर, एकैपटक रासायनिक मल पनि हटाउन नहुने रहेछ । अहिले पहिलाको भन्दा आधा लगाउँदै आएका छौँ । क्रमशः यो मललाई पूरै हटाउँछौँ । प्रांगारिक मल नै लगाउँछौँ ।’

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.