• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

एमाले अधिवेशन : आठमध्ये एक स्थानीय तहमा मात्रै निर्वाचन, अधिकांशमा युवा नेतृत्व

  •   शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पाँचथर ।  पाँचथरका आठमध्ये एक स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिमा नेतृत्व चयन गर्दै एमालेको स्थानीय तह अधिवेशन सम्पन्न भएको छ । एमालेले देशव्यापी एकै प६क पालिका अधिवेशन कात्तिक दोस्रो सातामा सक्ने जनाए पनि बाढी र पहिरो प्रकोपका कारण पाँचथरमा हुन सकेको थिएन । एमाले पाँचथरले गत मंगलबारदेखि स्थानीय तहको अधिवेशन थालेर आज सम्पन्न गरेको हो । जसमध्ये एक स्थानीय तहको नेतृत्व चयनमा मात्रै मतदान भएको छ । बाँकी सबै स्थानीय तहमा सहमतिमा नयाँ नेतृत्व चयन भएको एमाले पाँचथर जिल्ला कमिटीका उपसचिव नरबहादुर गुरुङले जानकारी दिए ।

    एमालेले कुम्मायक गाउँपालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । गाउँपालिका कमिटीको अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि आयोजक कमिटीका अध्यक्ष मेघराज निरौला र कुम्मायक गाउँपालिका–४ का वडाध्यक्ष पूर्णकुमार खड्काबीच चुनावी प्रतिस्पर्धा गरेको थियो । गाउँपालिका कमिटीको अधिवेशनमा भाग लिएका एक सय २० जना प्रतिनिधि मतदानमा सहभागी थिए । मतदानमा निरौला ९७ मत ल्याई विजयी भएका छन् भने खड्काले २३ मत प्राप्त गरेका छन् । अध्यक्ष बाहेकका पदाधिकारीमा भने सहमति भएको छ । जसअनुसार गाउँपालिका कमिटीको उपाध्यक्षमा रिजवन सम्बाहाम्फे, सचिवमा रुपेश शेर्मा र उपसचिवद्वयमा छवीकुमारी ढकाल र इन्द्र चेम्जोङ निर्वाचित भएका छन् ।

    फिदिममा एमालेले जलकुमार तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ नगर कमिटी चयन गरेको छ । बिहीबार सम्पन्न अधिवेशनबाट उक्त कमिटीको उपाध्यक्षमा हेमबहादुर फागो, सचिवमा दीपेन्द्र तुम्बापो र उपसचिवद्वयमा दीपेन्द्र थापा मगर र सुमन चापागाइँ छन् । एमाले स्थायी कमिटीका सदस्य समेत रहेका संविधानसभाका अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन भएको थियो ।

    हिलिहाङ गाउँपालिकामा मदन गौतमको अध्यक्षतामा एमालेको ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ । उक्त कमिटीको उपाध्यक्षमा दीपक सुहाङ, सचिवमा भीमप्रसाद हेम्ब्या र उपसचिवद्वयमा शिवप्रसाद दंगाल र वीरेन्द्र मंग्राती छन् । यस्तै, फालेलुङ गाउँपालिकामा नन्दकुमार आङ्थुपोको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको एमाले पाँचथरका उपसचिव गुरुङले जानकारी दिए । उक्त कमिटीको उपाध्यक्षमा हरिप्रसाद चौहान, सचिवमा पुष्प तिम्सिना र उपसचिवद्वयमा पनिता राई र मानबहादुर खड्का छन् ।

    फाल्गुनन्द गाउँपालिकामा एमालेले विनोद आङदेम्बेको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा पूर्णकुमार नेम्वाङ, सचिवमा सन्दीपविक्रम नेम्वाङ र उपसचिवमा विकास चेम्जोङ छन् । एमालेले तुम्बेवा गाउँपालिकामा डिल्लीराम बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा तेजचन्द्र सम्बाहाम्फे, सचिवमा कमल थापा र उपसचिवद्वयमा इन्द्रकुमार कुरुम्बाङ र गणेश सम्बाहाम्फे चयन भएका छन् ।

    मिक्लाजुङ गाउँपालिकामा फणिन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा एमालेको ४८ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ । बिहीबार राति सम्पन्न बन्दसत्रबाट मिक्लाजुङ–६ का वडाध्यक्ष घिमिरेको अध्यक्षतामा सहमतिमा नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा सन्दीप राई, सचिवमा दिनेश खनाल र उपसचिवद्वयमा नरेन्द्र फियाक र मणि थेगिम छन् ।

    याङवरक गाउँपालिकामा सन्तप्रसाद बेघाको अध्यक्षतामा एमालेको ५१ सदस्यीय गाउँपालिका कमिटी चयन भएको छ । शुक्रबार बिहान सम्पन्न अधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन भएको एमाले पाँचथरका सचिवालय सदस्य एवं याङवरक गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा रामकुमार योङहाङ, सचिवमा डिल्ली सुवेदी र उपसचिवमा वुद्धिप्रसाद सेलिङ (अनिष) र नरबहादुर खड्का निर्वाचित भएका छन् ।

    एमालेले स्थानीय तहको नेतृत्वका अधिकांश पदमा युवालाई स्थान दिएको छ । अहिले पाँचथरमा एमालेको एक सय ९५ सदस्यीय जिल्ला कमिटी छ । तर, नवनिर्वाचित गाउँ तथा नगर कमिटीका अधिकांश पदाधिकारी उक्त जिल्ला कमिटीका सदस्यहरू हुन् । एक मात्रै संघीय निर्वाचन क्षेत्र भएकाले आगामी अधिवेशनबाट जिल्ला कमिटी ६५ सदस्यीय हुने भएपछि युवाहरू गाउँ तथा नगरपालिकाको कार्यकारी जिम्मेवारीमा झरेका हुन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.