चितवन । चितवनमा आज १७ जना कोरोनामुक्त भएका छन् । यस सँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार १३९ पुगेको छ । त्यस्तै, आज थप ११ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार चितवनमा पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट ७ र एन्टिजेन परिक्षणबाट ४ जना गरी ११ जनामा कोरोना पुष्टि भएको हो ।
यस सँगै जिल्लाभर संक्रमितको संख्या २६ हजार ८०८ पुगेको छ । आज जिल्लाभर सक्रिय संक्रमित २४१ जना रहेका छन् । उनीहरुमध्ये २३० जना होम आइसोलेसनमा छन् भने ११ जना अस्पतालमा रहेका छन् ।








