• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

शहीद लखनको कामकाजी भाषा मगर, थप ५ जनालाई शहीद घोषणा गर्न सिफरिस

  •   शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । गोरखाको शहीद लखन गाउँपालिकाले कामकाजी भाषाको रुपमा मगर भाषालाई चयन गरेको छ । मगरहरुको बाहुल्य बसोबास रहेको यो गाउँपालिकामा मुख्य कामकाजी भाषा नेपाली र दोस्रो भाषाको रुपमा मगर भाषा रोजिएको हो । शुक्रबार भएको कार्यपालिका बैठकले कामकाजी भाषा निर्णय गरेको हो ।

    राणा शासनविरुद्ध भएको जनविद्रोहमा बलिदानी दिने जुठ्या थापा मगर, अछामी मगर, जीतमान गुरुङ अजपसिंह थापामगर र विराज थापामगरलाई शहीद घोषणा गर्न सरकारसँग पालिकाले सिफारिस पठाएको छ ।

    यस्तै, कालु लम्साल, सन्त ज्ञानदिल दास, सुकदेव गुरुङ, सुपति गुरुङ र कुराल राना मगरलाई क्रान्तिकारी प्रजातान्त्रिक योद्धाको रुपमा सम्मान नेपाल सरकार र गण्डकी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिए ।

    प्रथम शहीद लखन थापाको सम्मानमा ढुंगागाडेदेखि बुंकोट हुँदै मनकामनादेखि आँबुखैरेनी जोड्ने सडकलाई लखन थापा मार्ग नामाकरण गर्ने निर्णय पालिकाले गरेको छ । यो सडक लखन गाउँपालिकाको मुख्य सडक हो । यसअघि २७ माघ २०७६ को कार्यपालिका बैठकले लखन थापा मगरलाई राष्ट्रिय विभूति र जयसिंह चुमी राना मगरलाई शहीद घोषणा गर्न सिफारिस गरेको गरेको थियो । सरकारले त्यसमा कुनै सम्बोधन गरेको भने छैन ।

    ‘लखन थापा गोरखा र गाउँपालिकाको मात्रै होइन । देशकै गहना हुन् । उनको सम्मानमा राज्यले कन्जुस्याईं गरिरहेको छ,’ पालिका अध्यक्ष रमेश थापाले भने, ‘पहिले कुनै संयन्त्र थिएन । अब पालिका भनेको छ, हामी खोज्छौं र सम्मानको वातावरण बनाउछौं ।’

    लखन थापाको स्मृतिमा पालिकाले २ फागुनमा सार्वजनिक विदा दिँदै आएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.