• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सडकमा ड्रेन कभर नराख्दा यात्री नालीमा खस्ने डर

  •   आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । खोटाङको दिक्तेल बजारको सडक ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छन् । दिक्तेलको जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय अगाडिदेखि पुरानो बेसक्याम्पबीचमा ढलान गरेको निर्माण कम्पनी सूर्य विकास जेभी लहानले ड्रेन कभर नहाली छाड्दा आवतजावतका क्रममा नालीमा खस्ने त्रास बढेको हो ।

    विशेषगरी सडक किनारामा घर भएका बालबच्चा तथा विद्यालयबाट ओहोरदोहोर गर्ने विद्यार्थी नालीमा खस्ने त्रास बढेको स्थानीय व्यवसायी एवं जनता समाजवादीका नेता नैन कट्‌वालले बताए । नालीको प्वाल ढाक्ने ढकनी नहुँदा बजारमा ओहोरदोहोर गर्ने कतिपय गाडी र माेटरसाइकल नालीमा फसिकेका छन् । ड्रेन होलमा फसेका गाडीलाई धकेलेर निकाल्ने गरिएको छ ।

    जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालयको गेट अगाडिदेखि नेपाल टेलीकमको कार्यालयसम्मको बजार सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले डिभिजन कार्यालय अगाडिदेखि बेस क्याम्पसम्मको खण्डमा २२ असोज राति ढलान सकेको थियो । रातारात ढलान गरेको निर्माण कम्पनीले सडकको विभिन्न ठाउँमा बनाइएका ड्रेनको प्वाल भने ढनकी नराखी छाडेको हो । नाली जाम भएका बेला सरसफाइका लागि बनाइएको प्वाल नछोपिँदा सडकमै धराप बनेको स्थानीयको गुनासो छ ।

    सडक ढलानमै लापरबाही दिक्तेल बजारको जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय अगाडिकै सडक ढलानका क्रममा निर्माण कम्पनीले स्टिमेटविपरीत रड राखेर ढलान गरेको पाइएको थियो । बजारको सडक ढलानका लागि सडकको चौडाईमा (सडकको दुई किनारा जोड्ने) १२ एमएमको रड १०/१० सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने स्टिमेट छ । लम्बाई तेर्सो १० एमएमको रड १५/१५ सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने स्टिमेटमा उल्लेख छ । तर, निर्माण कम्पनीले मनपर्दो तरिकाले रड बाँधेर त्यसैमाथि ढलान गरिरहेको पाइएको थियो ।

    १०/१० सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने रडलाई १८/२० सेन्टिमिटर र १५ सेन्टिमिटरको दूरीमा कस्नुपर्ने रडलाई २५/३० सेन्टिमिटरको दुरीमा कसेर ढलान गरिएको स्थानीय एवं तरुण दलका जिल्ला उपाध्यक्ष सञ्जयकुमार राईले बताए । अर्कातर्फ बजार सडक ढलानका क्रममा गिटीमाथि रडको जाली उचालेर ढलान गर्नुपर्नेमा रडको जाली नउचाली ढलान गरिएको छ । यस्तै, ढलानका क्रममा ठूलो आकारको गिटी प्रयोग गरेको स्थानीय बताउँछन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.