• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

शारीरिक व्यायाम मात्र होइन योग

  •   सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । अचेल सामान्यतया मानिसहरूले योग भनेको शारिरिक व्यायाम हो भनेर गलत रूपमा बुझेका छन्— योग शारीरिक व्यायाम होइन । “योग” को शाब्दिक अर्थ “मिलन” वा “एक हुनु” हो । अहिले हामीमाझ आधुनिक विज्ञानले यो सम्पूर्ण अस्तित्व एउटै ऊर्जा हो भनेर प्रमाणित गरिसकेको छ, तर तपाईं भने यसलाई त्यस रूपमा अनुभव गरिरहनु भएको छैन । यदि तपाईंले आफ्नो छुट्टै अस्तित्व छ भन्ने भ्रमको जालोलाई हटाउन सक्नुभयो अनि आफूलाई अस्तित्वको एउटा अंशको रूपमा अनुभव गर्न सक्नुभयो भने, त्यही योग हो । तपाईंलाई त्यो अनुभवसम्म पुऱ्याउनको निम्ति थुप्रै तरिकाहरू छन् । आसनहरू तीमध्ये एउटा विधि हो ।

    यसका अरू थुप्रै आयामहरू छन्, तर हामी यसलाई सरल तरिकामा यसरी व्यक्त गर्न सक्छौँ: यदि तपाईंले आफूलाई ध्यान दिनुभयो भने, यो थाहा पाउनुहुनेछ कि तपाईं रिसाएको बेला एउटा तरिकाले बस्नुहुन्छ, जबकि खुसी भएको बेला अर्को तरिकाले बस्नुहुन्छ । यदि तपाईं उदास हुनुहुन्छ भने, अर्कै तरिकाले बस्नुहुन्छ । तपाईंको चेतना, मन वा भावनाको अवस्था जस्तो हुन्छ, सोहीअनुसार तपाईंको शरीर बेग्लाबेग्लै आसनहरूमा रहन्छ । यसको ठीक विपरित पाटो भनेको योग–आसनको विज्ञान हो । यदि तपाईंले सचेतनपूर्वक आफ्नो शरीरलाई विभिन्न आसनहरूमा लैजानुभयो भने, तपाईं आफ्नो चेतनालाई माथि उठाउन सक्नुहुन्छ । यो शरीरले कसरी काम गर्छ भनेर बुझ्नु, एउटा निश्चित वातावरण सृजना गर्नु तथा आफ्नो शरीरको प्रयोग गरेर ऊर्जालाई निश्चित दिशामा अगाडी बढाउनु नै आसनहरूको ध्येय हो ।

    योग भनेको व्यक्तिपरक तकनिकी हो; यो वस्तुपरक होइन । चाहे कोही ढाड दुख्ने समस्याबाट छुटकारा पाउनको लागि आऊन् वा रहस्यमय आयामहरूलाई गहिराइमा खोज गर्न आऊन्, हामी उनीहरूलाई एउटै अभ्यास सिकाउँछौँ, किनकि त्यसलाई अवलम्बन गर्ने शैलीमा हुने परिवर्तनले नै त्यही उपकरण भिन्न मानिसहरूका निम्ति भिन्न रूपमा प्रस्तुत हुन्छ ।

    तसर्थ, जब तपाईंको हातमा केही यस्तो कुरा सुम्पिइन्छ, जुन तपाईंले अहिले बुझ्न सक्नेभन्दा निकै बढी गहन र गूढ छ, तब तपाईंले आफूलाई निश्चित अवस्थामा राख्नु अत्यन्तै अपरिहार्य छ— आफू स्वयंभन्दा आफ्नो अगाडि बसिरहेको व्यक्ति बढी महत्त्वपूर्ण हुनुपर्छ । यसलाई उपासना भनिन्छ । उपासना अर्थात् तपाईं मुख्य आसनमा बसिरहनु भएको हुँदैन; अब आफ्नो जीवनमा तपाईं आफूभित्र उप–आसनमा बस्न रोज्नुहुन्छ । जो व्यक्तिले योग सिकाउन चाहन्छन्, उनको निम्ति सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफूलाई गाैण बनाउनु हो— त्यहाँ उपस्थित हुने, तर आफूलाई गौण राख्ने । यदि तपाईंले यति गर्न सक्नुभयो भने, तपाईंको बुझाइ र अनुभवभन्दा पर रहेका आयामहरू खुल्न थाल्नेछन् । अनि, यो तपाईंको निम्ति सबैभन्दा ठूलो आशीर्वाद हुनेछ, किनभने यदि तपाईंले स्वयंभन्दा निकै माथि रहेको कुरा आफूमा हुन दिन सक्नुभयो भने, मनुष्यको लागि त्यो नै सबैभन्दा विशाल कुरा हो ।

    योग एकदमै प्रतिबद्ध र सुरक्षित वातावरणमा गरिनुपर्छ, किनभने यो जीवन रूपान्तरणको निम्ति उल्लेखनीय साधन हो । यदि कुनै कुरामा रूपान्तरण गर्ने शक्ति हुन्छ भने, त्यसलाई जथाभावी प्रयोग गरिएमा त्यसले क्षति समेत पुऱ्याउन सक्दछ ।

    तथापि, मानिसहरूले उप–योगको अभ्यास गर्न सक्छन्, जसले शारीरिक र मानसिक लाभ प्रदान गर्छ, तर आध्यात्मिक आयामलाई भने छुँदैन । उप–योगको लागि योगमा जस्तो प्रतिबद्धता चाहिँदैन, साथै यसमा अलिकति यताउता भयो भनेपनि, यसले नकरात्मक असर गर्दैन, किनभने यो यति सरल छ कि तपाईं यसलाई जथाभावी गर्नै सक्नुहुन्न !

    आजभोलि उपयोग शब्दलाई “काम लाग्ने” भन्ने अर्थमा प्रयोग गरिन्छ । तर, यसको वास्तविक अर्थ सहायक योग अर्थात पूर्व–योग हो । तपाईं यसलाई पाँच मिनेटमै सिक्न सक्नुहुन्छ, अनि जहाँसुकै यसको अभ्यास गर्न सक्नुहुन्छ । व्यापक रूपमा अधिकांश मानिसहरूमाझ योग पुऱ्याउनको लागि उप–योग सुरक्षित अभ्यास हो । जब मानिसहरूले उप–योग गरेर यसका फाइदाहरू अनुभव गर्छन्, तब उनीहरू स्वाभाविक रूपमा अझ गहिरो रूपमा योग सिक्न चाहनेछन्, र त्यसबेला नै मानिसहरूको जीवनमा योगको आगमन हुनु उचित हुनेछ ।

    कुनै पनि कुरा लोकप्रिय हुँदै जाँदा, त्यसलाई व्यवसायिक रूपमा प्रयोग गर्ने सम्भावना रहेको हुन्छ । हामीहरू त्यसबाट विचलित हुन जरूरी छैन । तर, के उनीहरूले सही तरिकाले सिकाइरहेका छन् ? त्यसमा प्रश्न उठाउन सकिन्छ । केहीले उचित तरिकाले सिकाइरहेका छन्, जबकि केहीले आफ्नै तरिकाले । योगलाई व्यवसायकि रूपमा प्रयोग गर्न खोजिएकोले नै यस्ता अनेक थरीका योगहरूको जन्म भएको हो । तर, सतही रूपमा मात्रै यसलाई बङ्गयाउँदै लगिएको छ । योगको मूल प्रकृतिमा कुनै पनि विचलन भएको छैन ।

    प्राचीन कालमा अध्यात्मिक अभियानहरूमा गुण नियन्त्रणको प्रक्रिया हुने गर्थ्यो । तर, ती कुराहरू लोप हुँदै गएका छन् । यहीकारण अहिले अनेक थरीका हास्यास्पद योगहरू जन्मिएका छन् । कुनै पनि अभ्यासको मूल्याङ्कन गर्नको लागि त्यसले तपाईंको निम्ति काम गरिरहेको छ वा छैन भनेर हेर्नुपर्ने हुन्छ । तपाईंलाई जे प्रदान गरिएको छ, त्यसलाई आफ्नो जीवनमा प्रयोग गरेर हेर्नुहोस्— यदि काम गरिरहेको छ भने जारी राख्नुहोस्, अन्यथा त्यसलाई छोडेर अर्को कुराको खोजी गर्नुहोस् ।

    योग भनेको बिहान–बेलुकी गरिने अभ्यास होइन । अवश्य पनि यसमा अभ्यास हुन्छ, तर अभ्यास मात्र सबैथोक होइन । तपाईंको जीबनको हरेक पाटोमा योग हुनुपर्छ— तपाईं जसरी हिँड्नुहुन्छ, जसरी श्वास फेर्नुहुन्छ, अरूसँग जसरी अन्तरक्रिया गर्नुहुन्छ, सबै पक्षहरू योगको प्रक्रिया बन्नुपर्छ । यसमा केही पनि छुट्नु हुँदैन ।

    वास्तवमा भन्नुपर्दा, योग तपाईंले गर्ने कुरा होइन; तपाईं स्वयं योगमा रहनुपर्छ । योग कुनै कार्य होइन; यो त गुण हो । यदि तपाईंले आफ्नो शरीर, मन, भावना र जीवन ऊर्जाहरूमाथि काम गरेर तिनलाई परिपक्व बनाउँदै लैजानुभयो भने, तपाईंभित्र एउटा विशेष गुणको उदय हुन्छ । त्यही योग हो । के अभ्यासहरूले त्यो गुण ल्याउन सहायता गर्छन् ? निश्चय पनि, तर हामी तपाईंलाई केही मिनेटको लागि गर्ने अभ्यासको रूपमा योग सिकाउँदैनौँ ।

    यदि तपाईंले बगैँचाको राम्रो हेरचाह गर्नुभयो भने, स्वतः फूलहरू फुल्नेछन् । त्यसैगरी, यतिखेर तपाईं जसलाई “म” भन्नुहुन्छ, त्यसको उचित हेरचाह गर्नुभयो भने, यो पनि प्रस्फुरित हुनेछ । यसको अर्थ के हो भने, शान्त रहनु, खुसी रहनु, आनन्दित रहनु जस्ता कुराहरू बाहिरी परिस्थितिहरूले निर्धारण हुने होइन— यो तपाईंबाटै निर्धारित भइरहेको हुन्छ । प्रत्येक व्यक्तिले आफ्नो लागि त्यति त गर्नैपर्छ ।

    -सदगुरुको प्रवचनमा आधारित

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.