• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

एक चिम्टी बेसारले स्वास्थ्यमा आमूल परिवर्तन ल्याउन सक्छ

  •   सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । हामी आफ्नो भान्साघरमा नियमित बेसारको प्रयोग गर्ने गर्छाैँ । एक चिम्टी बेसारले समेत हाम्रो स्वास्थ्यमा अभूतपूर्व लाभ पुऱ्याउँछ । रगत सफा गर्ने, रुघा–खोकी निको गर्ने अनि क्यान्सरमा समेत मद्दत गर्नुका साथै योगको अभ्यासमा पनि सहयोग गर्न सक्छ ।

    १. शरीरको शुद्धिकरणको लागि
    बेसारले तपाईंको रगतलाई सफा गर्दछ, साथै तपाईंका उर्जाहरूलाई निर्मल बनाउँछ । बेसारले तपाईंको शरीरमा मात्रै काम गर्ने नभई तपाईंको उर्जा प्रणालीलाई समेत प्रभावित गर्दछ । यसले शरीर, रगत र उर्जा प्रणालीलाई शुद्ध गर्दछ । शरीरलाई बाहिरबाट शुद्ध गर्नको लागि एक बाल्टी पानीमा एक चिम्टी बेसार हाल्नुहोस् र यो पानीले नुहाउनुहोस्— तपाईंले यो देख्नुहुनेछ कि तपाईंको शरीर जीवन्त र चम्किलो हुनेछ।

    २. रुघा, खोकी र चिसोबाट बच्नको लागि
    यदि तपाईंलाई चिसो सम्बन्धी रोगहरू छन् अनि हरेक बिहान नाक बन्द भइरहन्छ भने, तपाईंले नीम, कालो मरिच, मह र बेसारको सेवन गर्नुपर्छ । यसबाट निकै फाइदा हुन्छ । १०-१२ वटा कालो मरिच पिस्नुहोस् अनि यसलाई दुई चम्चा महमा रातभरि (लगभग ८ देखि १२ घण्टा) भिजाएर राख्नुहोस् । बिहान उठेर खाली पेटमा मह खानुहोस् र कालो मरिच चपाउनुहोस् । महमा बेसार मिसाउँदा अझ राम्रो हुन्छ । यदि तपाईंले सबै डेरी पदार्थहरूको सेवन बन्द गर्नुभयो भने, कफको समस्या आफैँ ठिक हुनेछ ।

    ३.  क्यान्सर प्रतिरोधक गुण हुन्छ
    क्यान्सर आफैँमा कुनै रोग होइन । वास्तविकता के हो भने, तपाईंको शरीरले स्वयं तपाईं विरूद्ध काम गर्ने थालेको हो; शरीरका केही कोषिकाहरूले तपाईं विरूद्ध काम गर्न थाल्छन् । त्यसैले, समय-समयमा शरीरलाई शुद्ध गर्नाले क्यान्सरबाट बच्न सकिन्छ । खाली पेटमा बेसारको सेवन गर्नाले शरीरको शुद्धिकरणमा निकै प्रभावशाली रूपमा काम गर्दछ । यदि क्यान्सर लागिसकेको छ भने, त्यसबेला यो प्रभावशाली नहुन सक्दछ । तर, अरू बेला हरेक बिहान सबैभन्दा पहिले खाली पेटमा बेसार र नीमको डल्लो (काफलको गेडा जत्रो) खानाले शरीरलाई एकदमै राम्रोसँग सफा गर्दछ, साथै तपाईंको शरीरमा हुने क्यान्सरका कोषिकाहरू हटाउँछ ।

    ४. योग साधनामा लाभदायक
    तपाईंले यस धर्तीबाट जे–जति चीजहरू लिनुहुन्छ— तपाईंको शरीर समेत— त्यसमा केही जडता हुन्छ । त्यसैले, यसप्रति सचेत हुन र जडताको स्तरलाई सकेसम्म कम गर्नु निकै महत्त्वपूर्ण हुन्छ । तपाईंको साधनाले काम गरिरहेको छ वा छैन भनेर हेर्नको लागि तपाईं कति सुत्नुहुन्छ र कति सजक रहनुहुन्छ भन्ने कुरामा ध्यान दिइरहेका हुन्छौँ— यी दुवै कुराबाट तपाईंले कति जडता उत्पन्न गरिरहनु भएको छ भनेर थाहा हुन्छ । यदि तपाईंको शरीरले कोषिकाहरूमा एक निश्चित स्तरसम्म उर्जाहरूलाई प्रवेश गर्नबाट रोक्यो भने, शरीरमा जडता बढ्दछ । नीम र बेसारको मिश्रणले शरीरको कोषिकाहरूको संरचनालाई फैलाउँछ, जसकारण यसले सबै छिद्रहरूमा उर्जाहरूलाई प्रवेश गर्न दिन्छ । नीम र बेसारले यस काममा भौतिक रूपमा सहयोग गर्छन्, जबकि साधनाले यही काम सूक्ष्म रूपमा गर्दछ ।

    साधना अतिरिक्त अरू पदार्थहरू वा उद्दिपकहरू— जस्तै कि एक कप कडा कफी वा निकोटिन— बाट पनि आफ्नो शरीरमा भरपूर उर्जा सृजना गर्न सकिन्छ । तर, यसले कोषिकाहरूको संरचनालाई फैलाउँदैन अनि तपाईंको प्रणालीमा कोषिकाहरूको स्तरमा उर्जालाई प्रवेश गर्न दिँदैन । जसकारण, तपाईंको प्रणालीमा उर्जाहरू जम्मा हुन पाउँदैन— उर्जाहरूलाई लामो समयसम्म शरीरमा सम्हालेर राख्ने र आवश्यक परेको बेलामा प्रयोगमा ल्याउने सम्भावना समेत रहँदैन । जब उर्जाहरू सङ्ग्रहित हुन पाउँदैनन् र तुरुन्तै खर्च भइहाल्छन्, त्यसबेला यो निकै हानिकारक हुन सक्दछ । यसले तपाईंको शरीरलाई मात्रै नभई, तपाईंको दिमाग, तपाईंका क्रियाकलाप र गतिविधिलाई असर पुऱ्याउँछ, अनि तपाईंको सेरोफेरोको संसारलाई समेत असर गर्दछ । जब हामी आफ्नो शरीरमा उर्जा उत्पन्न गर्छाैँ, त्यसलाई यत्तिकै प्रस्फुटित हुन नदिएर उर्जाहरूलाई सञ्चय गर्नु अनि आवश्यक परेको बेला रोजाइ अनुसार खर्च गर्न सक्नु एकदमै महत्त्वपूर्ण छ ।

    मनतातो पानीमा अलिकति मह मिसाएर नीम र बेसारको डल्लो सेवन गर्नाले कोषिकाहरूको संरचनालाई अद्‌भुत रूपमा शुद्ध गर्नुका साथै विस्तार समेत गर्दछ, जसकारण कोषिकाहरूले उर्जालाई राम्रोसँग जम्मा गर्न सक्षम हुन्छन् । जब तपाईं साधना गर्नुहुन्छ, कोषिकाहरूमा हुने यो विस्तारले तपाईंको मांसपेशीहरूमा लचिलोपन ल्याउँछ । यही लचिलोपनले बिस्तारै–बिस्तारै तपाईंको प्रणालीलाई एउटा शक्तिशाली सम्भावनाको रूपमा स्थापित गर्दछ । तपाईंले यो अनुभव गर्न सक्नुहुन्छ— जब तपाईं विभिन्न आसनहरू गर्नुहुन्छ, शरीरमा अलग्गै किसिमको उर्जा प्रस्फुटन हुन्छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.