• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

छिन्ताङ हत्या काण्डको जिम्मा कांग्रेसले लिनुपर्छ : अध्यक्ष ओली

  •   सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा कांग्रेसमा गएसँगै २०३६ सालको छिन्ताङ हत्या काण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताएका छन् । धनकुटाको छिन्ताङमा नेकपा एमालेले आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुनिल थापा हाक्काहाक्की कांग्रेस भएको तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल देखाउने गर्ने अर्कै भएका कारणले भित्री कांग्रेस रहेको आरोप लगाए ।

    २०३६ सालको छिन्ताङ हत्या काण्डको आरोप सूर्यबहादुर थापाले गरेको त्यसको भाग लिएर सुनिल कांग्रेसमा प्रवेश गरेकाले त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने ओलीको तर्क छ । प्रचण्डसँग पार्टी एकता गरेका बेला तीन वर्ष पार्टी चल्न नपाएको बताउँदै अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रचण्ड र माधव नेपालले कांग्रेससँग मन्त्री मागेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूसँग मागेको भए प्रचण्डलाई १५ वटा मन्त्री दिन आफू तयार रहेको बताए ।

    सर्वोच्च अदालतमा भइरहेको विवादको विषयलाई लिएर अध्यक्ष ओलीले सरकारको कारणले न्यायलयमा विवाद बढेको बताए । उनले अहिले न्यायाधीश मुद्दा नहेरेको, वकिलले दादागिरी देखाएको आरोप लगाए । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर पुन: सरकारको नेतृत्वमा आउने बताउँदै आगामी निर्वाचनमा ५५ लाखभन्दा बढी मत कार्यकर्तालाई निर्देशन दिए । नेपाललाई १० वर्षमा संसारका धनी देशसरह बनाउने एमालेसँग क्षमता र कार्यदिशा रहेको बताउँदै अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर देशव्यापी रहेको दाबी गरे ।

    उनले प्रचण्ड र नेपाल आफ्नै बुद्धिले एक्लिँदै गएका र एक्ल्याउँदै जानुपर्ने बताए । फरक प्रसंगमा अध्यक्ष ओलीले शहीद र तिनका परिवारलाई जहिल्यै सम्मान गर्ने र तिनका सपना साकार गर्न लागि पर्ने बताए । शहीद स्मृति सभालाई सम्बोधन गर्न एमाले स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा पनि धनकुटाको छिन्ताङ आएका भए पनि समय अभावले बोल्न पाएका थिएनन् । कार्यक्रमलाई स्थायी कमिटी सदस्य शंकर पोख्रेलले सम्बोधन गरेका थिए ।

    अहिलेको सरकार स्वार्थहरूको गठबन्धन : पोख्रेल नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले अहिलेको सरकार स्वार्थहरूको गठबन्धन रहेको बताएका छन् । पोख्रेलले सर्वोच्च अदालतमा चलिरहेको विवादले सरकार के भन्ने प्रष्ट भएको बताएका हुन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोख्रेलले गठबन्धनका विरुद्ध जनता जाने बताएका छन् । उनले कम्युनिस्ट पार्टीमा नेता कार्यकर्ताका आधारमा केपी ओली नेता भएको बताउँदै एमाले जनतामा आधारित पार्टी निर्माण भएको र अझै सुदृढ हुने बताए ।

    पोख्रेलले माओवादी केन्द्रसँग एकता हुँदा पार्टीको संगठनात्मक जीवन खल्बलिएको बताउँदै अबको यात्रा दक्षिणपन्थी र अवसरवादका विरुद्ध हुने बताए । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले समाजवादको कुरा गरेर कांग्रेसको पाउमा चढाएको र प्रचण्डको नेतृत्वमा समाज विभाजन हुन खोजेको आरोप लगाए । उनले प्रचण्ड पार्टी एकताको बाधक बनेको बताउँदै एमाले जनतामा आधारित कार्यकर्ताहरूको पार्टी भनेर महाधिवेशनबाट सन्देश दिने बताए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.