• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

‘ट्राभल डकुमेन्ट’ बनाउन भुटानी शरणार्थीसँग सात लाखको बार्गेनिङ

  •   मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा ।  भुटानी शरणार्थी प्रतिनिधिले शरणार्थीको ट्राभल डकुमेन्ट बनाउन सिफारिस दिन सात लाख रुपैयाँ बार्गेनिङ गरेको पाइएकाे छ । भुटानी शरणार्थी शिविर बेलडाँगीको शिविर निरीक्षण टिमका संयोजक प्रेमकुमार भट्टराईले निःशुल्क बन्ने सिफारिसका लागि सात लाखको बार्गेनिङ गरेको अडियो रेकर्ड फेला परेको हो ।

    पुनर्वास भएर अमेरिका पुगेकी भुटानी शरणार्थी लोकमाया अधिकारीसँग उनका बुबाआमाको ‘ट्राभल डकुमेन्ट’ बनाउन भट्टराईले सात लाख रुपैयाँ माग गरेका हुन् । उनका ८७ वर्षीय बुवा डिल्लीराम अधिकारी र ८० वर्षीया आमा नरमाया शिविरमा एक्लै छन् । उनीहरूलाई शिविरमा बस्दा खाना खुवाएर दिनेसमेत काेही नभएपछि लोकमायाले ‘स्पोन्सर’मा अमेरिका लैजाने तयारी गरेकी थिइन् । स्पोन्सरका लागि सम्पूर्ण तयारी सकिए पनि ‘ट्राभल डकुमेन्ट’ बन्न सकेको छैन । ट्राभल डकुमेन्टका लागि शिविर सुपरीवेक्षकले सिफारिस दिनुपर्छ । त्यो सिफारिस जिल्ला प्रशासन कार्यालय हुँदै गृह मन्त्रालयमा पुग्छ । गृहले राहदानी विभाग ट्राभल डकुमेन्टका लागि सिफारिस पठाउँछ । गृहसम्म जाँदा एक रुपैयाँ पनि पैसा नलाग्ने गृह मन्त्रालयले जनाएको छ ।

    भुटानी शरणार्थी शिविरमा सुरेन्द्रराज दाहाल सुपरीवेक्षक छन् । प्राप्त अडियोमा भट्टराईले लोकमायासँग गरेको संवादमा दाहालले नै अह्राएर बार्गेनिङ गरेको प्रष्ट हुन्छ ।  ‘उहाँ (शिविर सुपरीवेक्षक)मार्फत जोडिएर उसले भने जति रकम दिनसक्ने भए काम गर्ने जिम्मा मेरो हो । डकुमेन्ट बनाएर घरसम्मै ल्याइदिन सक्छ । छ/सात लाख भयो भने काम गर्न सकिन्छ,’ लोकमायासँगको सम्पर्कमा भट्टराईले भनेका छन् । भट्टराईले सम्पर्क गरेलगत्तै शिविर सुपरीवेक्षक दाहालले लोकमायालाई सम्पर्क गर्दै भट्टराईले पठाएको म्यासेज हेर्न आग्रह गरेको अडियो न्युज कारखानालाई प्राप्त भएको छ । त्यसपछि म्यासेज हेर्दा भट्टराईले पैसा जम्मा गर्न खाता नम्बरसहितको सुकमाया सुब्बाको नाममा रहेको सिद्धार्थ बैंकको चेक पठाएको लोकमाया बताउँछिन् । सुकुमाया प्रेमकुमारको श्रीमती हुन् ।

    वृद्ध बुबाआमालाई हेरचाहका लागि लैजान खोज्दा ‘ट्राभल डकुमेन्ट’ बनाउन सात लाख मागेको लोकमायाले आरोप लगाइन् । अमेरिकामा रहेकी उनले टेलिफोन सम्पर्कमा सात लाख बुझाउन नसक्दा बुवाआमालाई लैजान नसकिएको गुनासो गरिन् । ‘बुवाआमा वृद्ध हुनुहुन्छ । बिरामी हुनुहुन्छ । खाना बनाएर खान पनि सक्नुहुन्न । खाना पकाएर दिने पनि छैनन् । सँगै ल्याउँ भनेर प्रोसेस अघि सारेको ट्राभल डकुमेन्ट सिफारिसका लागि सात लाख माग्नुहुन्छ,’ उनले टेलिफोन सम्पर्कमा भनिन्, ‘हामीसँग सात लाख कहाँबाट हुन्छ ? शरणार्थी भएर गएका हामीलाई खान पनि धौ-धौ हुन्छ । घर भाडा तिर्न खान नै मुस्किल हुन्छ । कहाँबाट ल्याउने त्यत्रो पैसा ।’

    शिविर सुपरीवेक्षक दाहालले यसअघि पनि भुटानी शरणार्थीलाई विभिन्न बहानामा दुःख दिएको शरणार्थीले गुनासो गर्दै आएका छन् । यद्यपि दाहालले भने अधिकारी दम्पतीलाई दातृ निकाय युएनएचसीआरले अस्वीकार गरेकाले ट्राभल डकुमेन्टका लागि सिफारिस गर्न नमिल्ने बताए । उनले कसैसँग पैसाको बार्गेनिङ नगरेको दाबी गरे । यद्यपि शिविर निरीक्षण टोली संयोजक भट्टराईले भने पैसाको बार्गेनिङ गरेको स्वीकार गरे । पैसाको लोभ देखाएका कारण आफूले खाता नम्बरसमेत पठाएको बताए । ‘म आफैँ माग्दै गएको हैन । मलाई लोभ देखाइयो । आस देखाएपछि मात्र मैले काम गर्न खोजेको हुँ,’ उनी भन्छन्, ‘तर, पैसा पठाउनलाई मैले दबाब पनि दिएको छैन । किन ढिला गरेको पनि भनेको छैन । मेरो लेभलबाट काम नहुने भएपछि मैले यो कामबाट हात झिकेको हुँ ।’ न्युज कारखाना

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.