• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भ्रुण हत्याले ‘महँगिँदै’ मधेसका महिला

  •   मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सप्तरी । तराई मधेसमा छोरीको संख्या पहिलेको तुल्नामा न्यून हुदै गएको छ। तराई मधेसमा बसोबास गर्ने मधेसी बाहुन, यादव, देव, कायस्थ, राजपुत, साह, दासलगायत अधिकांश जातमा पाँच वर्ष अगाडिसम्म पनि दाईजो नलिएर छोरीको बिवाह हुन मुस्किल थियो । तर, पाँचको वर्षको बीचमै आश्चार्य लाग्ने गरी परिवर्तन आएको छ । राजविराज(६ की ६७ वर्षीय उर्मिला देवका अनुसार अहिले दाईजोविनै छोरीको विवाह गर्न सकिने अवस्था छ । बरू छोराको विवाह गर्न गार्हो हुन थालेको देवको अनुभव छ।

    (राजविराज नगरपालिका(२ की ६५ वर्षीया अम्बिका देवका अनुसार पहिले पहिले शिक्षित, सक्षम, आत्मनिर्भर छोरी भए पनि केटी पक्षले नै गएर दाईजोसहित प्रस्ताव गर्नुपर्ने बाध्यता थियोे । तर, पनि प्रस्ताव स्वीकार गराउँन सजिलो थिएन् । किन भने केटीवालाको ओइरो लाग्थ्यो । दाइजोसहित केटी छानेर केटापक्षले विवाह गर्न पाउँथे।छोरीकावलाहरू सबैको मुखमा हुन्थ्यो, ुमेरी छोरीको लागि एउटा केटा खोज्नु न १ु तर, अहिले त्यस्तो नरहेको राजविराज(५ की ४५ वर्षीया सुनिता देवले बताईन् । उनले भनिन्,झअहिले मेरी छोरीको लागि केटा खोजी दिनु न भन्ने पर्दैन । मेरो छोराको लागि संक्षम केटी खोजिदिनु, दाईजो नलिई विवाह गर्छु भन्ने दिनप्रतिदिन बढ्दै गएको छ ।ु

    (राजविराज नगरपालिका(२ की कबिता झाले पनि दुई वर्षयता  एक दर्जन भन्दा बढी छिमेकी, चिनजान भएका आफन्तलगायतले छोराका लागि संक्षम केटी खोजिदिन आग्रह गरेको बताइन् । शिक्षित र संक्षम केटी पाएमा दाईजो नलिई विवाह गर्न शुरूमै प्रतिबद्ध रहेको झाको भनाइ छ। उनी थप्छन्, झहिजोआज मेरो छोरीको लागि केटा खोजिदिनुस् कसैले भन्दैनन् । सबैले छोराको लागि केटी खोजिदिनु भन्छन्।ञ

    (राजविराज(७ की सुनिता साहकी एक छोरा र चार छोरी छन् । छोरो जेठो हो र उनी ईन्जिनियर हुन् । छोरी बिएस्सी नर्सिङ पढेकी छिन्। माईली छोरी इन्जिनियरिङ अन्तिम वर्षमा छिन् । साइली आईएस्सी गर्दैछिन् । कान्छी भर्खरै स्कूल पढ्दैछिन् । एउटा छोरोपछि लगातार चार छोरी जन्मिदा उनीहरूको विवाह कसरी गर्ने कहाँबाट दाईजो ल्याउने रु भनेर उनी पहिला निकै चिन्तित हुन्थिन् । उनले भनिन,झअहिले ठीक उल्टो भएको छ । छोराको विवाह गर्नु पर्ने दाईजो नलिई विवाह गर्न तयार भए पनि बुहारी भेट्न गार्‍हो भएको छ।ञ बरू जेठी र माहिली छोरीसँग दाईजो नलिई विवाह गर्ने प्रस्तावहरू धमाधम आउन थालेको साहले बताइन ।

    केही समयअघिसम्म मधेसी समुदायमा छोरीको विवाहलाई लिएर अभिभावकहरू निकै चिन्तित हुने गर्थे । विवाह गर्ने उमेर भएकी छोरीका अभिभावकको मुखैमा हुन्थ्यो, ‘मेरी छोरीको लागि एउटा केटा खोज्नु न ।’ तर, अहिले समय बदलिएको छ । अब छोरीका बाबुहरू केटा खोज्नु न भन्दैनन् । अचेल त छोराका बाबुहरू नै मेरो छोराका लागि कोही योग्य केटी भए भन्नुहोला है भन्छन् । उनीहरू दाइजो नलिइकनै विवाह गर्न समेत राजी हुन थालेका छन् ।

    मधेसमा यस्तो अवस्था आउनुको प्रमुख कारण हो लिंग पहिचानपछि गरिने भ्रुण हत्या । ‘छोराले वंश धान्ने’ अन्धविश्वासले मधेसका केही समुदायमा गर्भमा छोरी भए हत्या समेत गर्ने चलन रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । जसका कारण ती समुदायमा अहिले छोरीको संख्या निरन्तर घटिरहेको छ । भ्रुण हत्या गर्नेमा धेरैजसो शिक्षित र सचेत परिवार नै हुने गरेको उनीहरू बताउँछन् ।

    यस्ता परिवारमा पहिलो सन्तान छोरा भयो भने दोस्रो सन्तान छोरी स्वीकार्य हुन्छ । यस्तो अवस्थामा लिंग पहिचान पनि हुँदैन । तर, पहिलो सन्तान छोरी जन्मिएर दोस्रो सन्तान पनि छोरी हुँदैछ भन्ने थाहा भएपछि अधिकांशले भ्रुण हत्या गर्ने प्रवृत्ति रहेको स्रोतको भनाइ छ । तराई मधेसमा बसोबास गर्ने मधेसी बाहुन, यादव, देव, कायस्थ, राजपुत, साहलगायत जातमा पाँच वर्ष अगाडिको मात्रै कुरा गर्ने हो भने दाइँजो नलिएर छोरीको विवाह हुन्छ भन्ने कल्पना समेत गर्न सकिदैन थियो । शिक्षित, सक्षम, आत्मनिर्भर छोरी भए पनि केटी पक्षले नै गएर दाईजोसहित प्रस्ताव गर्नुपर्ने बाध्यता थियोे । तर, पनि प्रस्ताव स्वीकार गराउँन सजिलो थिएन । किनभने केटीवालाको ओईरो हुन्थ्यो । दाईजोसहित केटी छानेर केटापक्षले विवाह गर्न पाउँथे ।

    छोरीको संख्या कम भएपछि छोरी महत्व बढ्नु स्वभाविक भएको अधिकारकर्मी रमिता साहले बताइन् । तर, अझै पनि मधेसमा छोरा र छोरीबीत धेरै नै भेदभाव छ । छोरालाई एकदमै महत्व दिँदै आएकोले भ्रुण हत्याको चुनौति दिनप्रतिदिन बढ्दै गएको साह बताउँछिन् । यसप्रति व्यक्ति, परिवार, समाज तथा हरेक पक्ष गम्भीर हुनु जरुरी देखिन्छ ।

    यस्तै, नगरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भंसाली आगामी दिनमा छोराको विवाह गर्न केटी पाउन गार्हो हुने अवस्था आउन सक्ने बताउँछन् । छोरीको संख्या कम भएपछि उनीहरूको माग बढ्नु स्वभाविक भएको भंसालीको भनाइ छ।

    परिवार नियोजन संघ सप्तरी शाखाको तथ्यांकअनुसार सन २०२१ मा ६५, सन २०२० मा ५१ तथा सन २०१९ मा एक सय ३७ जना महिलाले सुरक्षित गर्भपतनको सेवा लिएका छन्। संघका शाखा प्रबन्धक विद्याकिशोर सिंहले सन् २०२० र २०२१ मा कोरोनाका कारण सेवाग्राही घटेको बताए। स्वास्थ्य कार्यालय सप्तरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा ७३, भदौमा ४६ र असोजमा २६  महिलाले सुरक्षित गर्भपतन गरेका छन् ।

    आर्थिक वर्ष २०७७/७८ मा ६ सय ५३ ,जना २०७६/७७ मा चार सय २५ जना र आर्थिक वर्ष २०७५/०७६ मा ६ सय पाँच जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए।

    यस्तो अवस्थामा मात्रै भ्रुण हत्या
    हाडनाता करणी, आमाको ज्यान जोखिममा पर्ने देखिए, अपांगता भएको बच्चा जन्मने अवस्था देखिए १२ सातासम्म गर्भपतन गर्न सक्ने कानुनी प्रावधान छ । गर्भपतन अस्पताल, परिवार नियोजन संघ, निजी क्लिनिकलगायतमा मात्रै गर्ने पाइने भए पनि अवैध रुपमा गरिने गर्भपतनको रेकर्ड समेत राख्ने नगरेको नाम नबताउने सर्तमा एक चिकित्सकले बताए ।

    पहिले पहिले लिंग पहिचान गरेर भ्रुण हत्या गर्न मिल्छ भन्ने बिषयमा अधिकांशलाई थाहा थिएन । धेरै स्रोतसाधन पनि थिएन । छोराको बाटो हेर्दाहेर्दौ जति छोरी जन्मिदा पनि स्वीकार्य हुन्थ्यो । न्युज कारखाना

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.