• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

कसरी ल्याउन सकिन्छ जीवनमा वास्तविक शान्ति ?

  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । हामी मौनताको सागरमा नगइकन मनको गागर लिएर सागरलाई पिउन खोज्यौं। यसले गर्दा सबै मानिस भ्रममा भए, उनीहरु इमोसनल्ली असन्तुलित भए। उनीहरु फिजिकल्ली, मेन्टली, इन्टिलिजेन्ट्ली र स्प्रिचुअल्ली हार्मोनाइज्ड हुन सकेनन्, उनीहरु मेलोडाइज्ड हुन सकेनन्, सिन्क्रोनाइज्ड हुन सकेनन्। जीवन र जगतमा भएका रहस्य र प्याराडक्सहरुलाई यथार्थ रुपमा नबुझ्दाखेरि मानिस उद्वेलित हुने भयो, मानसिक रुपमा असन्तुलित हुने भयो।

    चाहे त्यो राष्ट्रको नाममा राष्ट्राध्यक्षहरु उद्वेलित भएको अवस्था होस्, चाहे धार्मिक गुरुहरु धर्मलाई लिएर उद्विग्न भएको अवस्था होस्, चाहे जातीयता र सम्प्रदायतालाई लिएर मानिसहरु उद्विग्न भएको अवस्था होस्, चाहे भाषालाई लिएर भएको उद्विग्नता होस्, चाहे वैज्ञानिकहरु आफ्नो विधाका लागि लडाइँ गरिरहेको अवस्था होस्, विचारको मेकानिज्मलाई सही तरिकाले नबुझ्दाखेरि मानिसहरुभित्र यी सबै कुराहरु भइरहेका छन्। मानिसहरुमा उद्विग्नता, नैराग्यतालगायत विभिन्न समस्या भएका छन्। मानिसमा डिप्रेसन, एन्जाइटी, हाइपर टेन्सन, ब्रेन ह्याम्रेज हुनेलगायत विभिन्न मानसिक समस्या देखिएको छ।

    विचार प्रक्रियाको नेचुरल स्थितिलाई एब्जर्भ र अब्जर्भ गर्न नसक्दा यी सबै कुराहरु भइरहेका छन्। यसरी एब्जर्भ र अब्जर्भ गर्नका लागि हामीलाई साधना चाहियो, मौनता चाहियो, त्यसपछि रिलेटिभ वातावरण चाहियो। अहिले अफगानिस्तानमा कोही पनि मानिस ध्यान गर्न सक्दैन, त्यहाँ बमबारी भइरहेको छ। एउटा बम खस्दाखेरि त्यहाँ हजारौंहजार सेल्यिसको ताप पैदा हुन्छ। तिहारमा पट्का पड्काउँदा सानासाना बच्चाहरुलाई असर पर्छ, चराचुरुंगीलाई असर पर्छ, अस्पतालको वरिपरि बसेको बिरामीलाई असर पर्छ।

    यी सामान्य पट्का पड्किँदा खेरि त मानिस यति धेरै झस्किन्छन् भने यति धेरै बमहरु बनेका छन्, यस्ता ठूला हतियारहरु छन्, यी सबै हाम्रो विचारले निर्माण गरेका हौं। मान्छेको मनोविज्ञानलाई यस्ता युद्ध र ध्वंसले असर पार्छ, जसलाई पोस्ट ट्रम्याटिक इफेक्ट भन्ने गरिन्छ। अहिले अमेरिका र युरोपमा दैनिक दर्जनौं संख्यामा सैनिकहरुले आत्महत्या गरिरहेका समाचार पढ्न पाइन्छ। बमको आवाजमा अभ्यस्त भएर युद्ध लड्न गएका मानिसहरु पनि मानसिक रुपमा विचलित भएको अवस्था छ। त्यसले गर्दा खेरि आज हामीले प्रकृतिलाई जस्तो व्यवहार गरिरहेका छौं, जलवायु परिवर्तनले जुन खालको असर सिर्जना गरेको छ, मानिसका विचारहरुलाई विवेकपूर्ण तरिकाले प्रयोग नगर्दाखेरि हामीले निर्माण गरेको आर्टिफिसियल दुनियाँले ठूलो असर पारेको छ।

    भौतिक तत्वले बनेको जुन पिण्ड र ब्रम्हाण्ड जुन छ नि, त्यसलाई मानिसको विचार र व्यवहार दुःखित बनाइरहेको छ। त्यही भएर हाम्रो कलेक्टीभ अनकन्सस लेभल अफ माइन्डलाई बुझ्नुपर्ने हुन्छ। हामी अत्यन्त सनातनी र इटरनल भाषाको कुरा गरिरहेका छौं हामी। विचार जसलाई ‘थट’ पनि भनिन्छ, ‘थट प्रोसेस’ भनेको माइन्ड हो। नेगेटिभ थट प्रोसेस हुनेबित्तिकै ब्रेनलाई नेगेटिभ वेभ दिने भयो, साइन्सले बिटा, अल्फा, थिटा र गामा वेभको बारेमा बोलिसकेको छ। ब्रेनमा एमआरआइ गर्दा, सिटी स्क्यान गर्दा कस्तो वेभ आउँछ? यसको रेन्जले कस्तो प्रभाव गरिरहेको छ? यसलाई हेर्न सकिन्छ।

    सामान्य एक्सरे गर्दा नै शरीरभित्रको धेरै कुराहरु अब्जर्भ गर्न सकिने अवस्थामा छौं हामी। हाम्रो थट प्रोसेसले नै हाम्रो सम्पूर्ण शरीर, मन, विचार, ब्रेन, व्यक्तित्व, व्यक्ति, परिवार, समाज, राष्ट्र, अन्तर्राष्ट्र र युनिभर्सलाई नै यसले प्रभाव पार्छ किनभने हाम्रो वास्तविक स्रोत त इटरनल छ। हामी जानौं वा नजानौं, मानौं वा नमानौं, अनुसन्धान गरौं वा नगरौं, हाम्रो रियालिटी त इटरनल छ, सनातन छ अनि भास्ट छ। ऋनि त्यो भास्ट इटरनिटीभित्र नेगेटीभ थट उत्पन्न भयो भने त्यसले हाम्रो सम्पूर्ण जीवन र जगतलाई नै प्रभाव पार्छ। हामीले विकास भन्ने शब्द जेनेरेट ग¥यौं, त्यसो गर्दा हामीले कोइल, ओइल र फोसिल फ्युलहरुलाई प्रयोग गर्न सिक्यौं। हामीले विकास भन्ने थट ल्यायौं, ठूल्ठूला पुल बनाउनुपर्छ, सडक बनाउनुपर्छ, बिल्डिङ बनाउनुपर्छ, टनेल बनाउनुपर्छ, उद्योग खोल्नुपर्छ, आदि आदि। पहिले त हामीले विकासको आइडिया ल्यायौं, विकासको आइडियाले कति कुराहरु निर्माण ग¥यो, निर्माण गरेको संरचनाले कति कुराहरुलाई प्रभाव पा¥यो।

    अहिले जलवायु परिवर्तनका असर प्रत्यक्ष देखिन थालेको छ, कार्बन उत्सर्जन बढ्दो छ। हरित गृह उत्सर्जन भएको छ। आर्केटिक ओसन पग्लिन थालेको छ, समुद्रको सतह बढ्न थालेको छ। यी त सबै मानवबाट उत्पन्न भएका थटहरुलाई कार्यान्वयन गर्ने क्रममा गरेका गतिविधिले समग्र जीवन र जगतलाई प्रभाव पार्ने भए। यो अत्यन्त गहिरो पक्ष हो। यो यति विशाल छ कि जति चर्चा गरे पनि जति शब्दमा ल्याए पनि कहिल्यै सकिँदैन, यसको अन्त्य छैन। यो कुरालाई हामीले अलि सामान्यीकरण गरेर मानिसलाई जन्म के हो, जीवन के हो, मृत्यु के हो, जीवन र जगतसँगको हाम्रो प्राकृतिक नियम के हो? प्राकृतिक नियमभन्दा बाहिर गएर हामीले आर्टिफिसियल इन्टिलिजेन्सको जुन कुराहरु हामीले गरिरहेका छौं, आज हामीले साइन्स एन्ड टेक्नोलोजीको कुराहरु गरिरहेका छौं, हाइपरसोनिक बमहरुको कुरा गरिरहेका छौं, अनम्यान ड्रोन र प्लेनका कुराहरु गरिरहेका छौं, मार्समा बस्ती बसाउने कुराहरु गरिरहेका छौं।

    अति गज्जबको कुरा आर्टिफिसियल इन्टिलिजेन्स र साइन्स एन्ड टेक्नोलोजीमा हामी गरिरहेका छौं। आर्टिफिसियल इन्टिलिजेन्सलाई रकेट साइन्स र बायो साइन्सले सपोर्ट गरिरहेको छ। आर्टिफिसियल इन्टिलिजिेन्सलाई नर्मल तरिकाले प्रयोग गरिरहेका छौं, यो त ठिकै छ। ज्ब साइन्स रकेट साइन्स र बायो साइन्स भएर जब आउँछ नि हामी कहाँ पुग्दैछौं? हामीले मानिसको चेतनालाई साँच्चै विकास गरेनौं भने, मान्छेको आत्मालाई साँच्चै जागृत गरेनौं भने, यदि मान्छेलाई साँच्चै ग्लोबल सिटिजनको रुपमा विकास गरेनौं भने, थट प्रोसेसको सीमाभित्र त्यहाँ उत्पन्न भएका नेगेटीभ विचारले युद्घ गर्दै जाने हो भने विकराल अवस्था आउँछ।

    सामाजिक युद्घ, राजनीतिक युद्घ, आर्थिक युद्घ, जातीय युद्घ आदि सबै थट प्रोसेस हुन्। हामीले थट प्रोसेसलाई सही तरिकाले नबुझ्दा खेरि संसारका अधिकांश समस्या निम्तिएका हुन्। एटम बम त रबर्ट जे ओपनआइमरको एउटा थट हो, अल्बर्ट आइन्सटाइनको थट हो, एटम बम कसरी बनाउने? युरेनियम, प्लुटुनियमलाई कसरी प्रोसेसिङ गर्ने ? त्यसलाई कसरी बमको रुपमा रुपान्तरण गर्ने? यो त पहिले आइडिया हो नि, थट हो नि! आइडिया र थटले हामीले जुन संसार हामीले निर्माण गरिरहेका छौं, आइफल टावर बनाउने त आइडिया हो नि!

    त्यसले गर्दा हामीले यो थट अनि माइन्डको प्रोसेसलाई जबसम्म कन्ससनेस र मौनताबाट सञ्चालन गर्न सक्दैनौं, तबसम्म विचार हाम्रो शत्रु बन्छ। विचारलाई मानिसले जबसम्म मित्र बनाउन सक्दैन, तबसमम्म मानसिक, इमोसनल र ग्लोबल रुपमै समस्या आउँछ। त्यसैले हामीले व्यक्ति, परिवार, राष्ट्र, अन्तर्राष्ट्रिय मात्र नभएर ब्रम्हाण्ड र अन्तरिक्षको शान्तिको कुरा गर्नु छ।

    यदि पृथ्वीमा बसेको मानिसले यो गहिराइलाई बुझ्न सकेन भने यो उचाइलाई बुझ्न सकेन भने हामी मासमा गएर पनि अशान्ति मच्चाउँछौं, त्यही युद्घ गर्छौ अनि जुपिटर र भेनसमा गएर पनि अशान्तिकै काम गर्छौ। त्यही भएर थट प्रोसेसलाई समग्रमा नबुझीकन हामीले वास्तविक शान्ति स्थापना गर्न सक्दैनौं। (योगगुरु ब्रह्मश्री मित्रसँग गरिएको कुराकानीमा आधारित)

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.