• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अनि जितबहादुरलाई अकबरे खुर्सानी टर्राे लाग्याे . . .

  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गोरखा ।  सेतै फुलेका कपाल, चाउरी पर्न सुरसार गरिसकेका गाला । कपाल सेतै फुले पनि गालामा मुजा पर्न थालिसके पनि उनकाे शरीरले भने आराम पाएका छैनन् । उनी अर्थात गाेरखा गाउँपालिका-४ फुजेलका ५४ वर्षीय जितबहादुर भट्ट ।

    उनी अचेल बिहान उज्यालाे भएदेखि साँझैसम्म खुर्सानी बारी मै हुन्छन् । व्यवसायीक रुपमा खुर्सानी खेती गरेका उनले सोचेजति आम्दानी गर्न नसकेपछि निराश बनेका छन् । तर पनि लगानी निकै भइसकेकाले उनी विकल्प बारे साेच्न पनि सक्दैनन् ।  भट्ट भुतपूर्व सैनिक हुन् । २०५६ सालमा नेपाली सेनाबाट निवृत्त भएपछि उनको बसोबास गोरखा नगरपालिका- १३ देउराली रामशाह टोलमा भयो ।

    सेनाबाट निवृत्त भएपछि उनलाई सामाजिक काममा लाग्न मन लाग्यो । रामशाह टोल सुधार समितिको दुई कार्यकाल अध्यक्ष पनि भए । गोरखाकै मझुवामा रहेको गोरखकाली रबर उद्योग बचाउ समितिमा ६ वर्षसम्म संयोजक भएर स्थानीयको प्रतिनिधित्व गरे । रिर्टायर जीवनपछि सामाजिक काममा सक्रिय रहेका भट्टले व्यपार पनि सँगसँगै गर्दै थिए । ‘डेरीको व्यबसाय थियो । २०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीले व्यपार खस्कियो । केही लगानी डुब्यो’, उनी भन्छन् ।

    भूकम्प र नाकाबन्दीले व्यापारबाट पनि घाटा व्यहोरेका उनले त्यसपछि कृषक बन्ने सोच बनाए । अनि २०७४ सालमा पैतृक थलो फुजेल फर्किए । व्यापारबाट असफल भएका भट्टले सुरुमा बाख्रा पाले । ‘म गाउँ फर्किएपछि कालिका कृषक समूहले संचालन गरेको बाख्रा फार्म  किनेँ । त्यो पहिले व्यवस्थित रुपमा चल्न सकेको थिएन’, उनले भने ।

    बाख्रापालनमा पनि करिब १४ लाख लगानी गरिसकेको उनी सुनाउँछन् । २२ वटा बाख्राबाट व्यवसाय थालेका उनको व्यवसाय फस्टाउँदै थियो । तर, एकै पटक ५३ वटा बाख्रा मर्याे ।  ‘बाख्रा पाल्न थालेको बर्षदिन नहुँदै एकै पटक ५३ वटा बाख्रा मरेपछि ठूलो आर्थिक क्षति व्यहोर्नु पर्याे, ’ उनी सुनाउँछन् ।

    बाख्रापालनमा पनि सोचे जस्तो नभएपछि उनले फेरि सोच बदले । व्यवसायीक खुर्सानी खेती सुरु गरे । अहिले उनले एक सय १७ रोपनी जग्गामा खुर्सानी खेती गरिरहेका छन् । आफ्नो पैतृक १६ रोपनी र भाडामा लिएको एक सय एक रोपनी जग्गामा उनको अकबरे खुर्सानी खेती छ । उनी भन्छन्, ‘अकबरे खुर्सानी खेतीको बारेमा धेरै अध्ययन गरेको छु । मेरो जानकारीमा भएसम्म नेपाल कै सबैभन्दा ठूलो अकबरे खुर्सानी खेती यही हो ।’

    अनि, जीतबहादुरले अकबरे खुर्सानीबाट टर्राे स्वाद पाए . . .

    व्यापार र बाख्रापालनबाट घाटा व्यहोरेका उनले खुर्सानी खेती सुरु गर्ने बेला सोच्थे, खुर्सानीको बजार राम्रो छ । व्यवसायीक खुर्सानी खेती गरेपछि पहिले व्यहोरेको घाटाको ऋण तिरौँला ।

    पिरो अकबरे खुर्सानीबाट मनग्य आम्दानीको गुलियो स्वाद लिने आशामा उनले एकै पटक एक सय १७ रोपनी जग्गामा ७५ हजार बिरुवा लगाए । २०७६ सालदेखि खुर्सानी खेती गर्ने चाँजोपाँजो मिलाएका उनले गत भदौबाट मात्रै उत्पादन सुरू गरे । तर, पिरो खुर्सानी बेचेर गुलियो आम्दानी लिने आशा गरेका उनले टर्राे स्वाद पाए । अर्थात् सोचे जति आम्दानी गर्न सकेनन् । ‘बेमौसमी वर्षातले धेरै ठूलो नोक्सानी भयो । ७५ हजार बिरुवा लगाउँदा २५ हजारभन्दा बढी पानीले खत्तम बनायो । यो बेलासम्म ३० लाख रुपैयाँको खुर्सानी बेच्ने लक्ष्य थियो तर जम्मा एक लाख ५० हजारको मात्रै बेचेँ, ’ उनी मौसमका कारण घाटा व्यहोरेको भन्दै दुखेसो पोख्छन् ।

    भट्ट आफू ऋणमा डुबे पनि उनले अहिले दैनिक १० जनासम्मलाई रोजगारी दिएका छन् । उनकोमा काम गर्न स्थानीय महिलाहरू दैनिक आउने गर्छन् । उनीहरूले दैनिक ६ सय रुपैयाँ पाउने भट्टले बताए । तर, सोचे जस्तो उत्पादन लिन नसक्दा ५१ लाख रुपैँया ऋण लागेकाे उनले बताए ।

    भन्छन्- सरकारको साथ पाए हरेश खान्नँ 

    एक पटक रोपेको खुुर्सानीको बोटले तीन वर्षसम्म उत्पादन दिने गर्छ । एक बर्षमा दुईदेखि चार पटकसम्म टिप्न मिल्छ । अहिलेसम्म उनले पाँच क्विटल मात्र खुर्सानी बिक्री गरेका छन् । बजारको भने समस्या छैन् । अहिले दुई सय २५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ । ‘वर्षातले बोट सखाप बनाएर यो सिजनमा उत्पादन भएन त्यसैले सधैँ यस्तै हुन्छ कि भन्ने डर भने लाग्छ,’ उनले भने ।

    उनको मनमा लगानी डुब्ने थाेरै डर भए पनि सँगसँगै अहिलेसम्म डुबेका सबै लगानी उठाउने आशा पनि छ । उनले यस क्षेत्रलाई खुर्सानीको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना पनि बनाइरहेका छन् । भन्छन्, ‘अहिलेसम्म मैले कही कतैबाट अनुदान, सहयोग लिएको छैन् । अब सरकारबाट केही सहयोग पाएँ भने यसलाई खुर्सानीको पकेट क्षेत्र बनाउँछु ।’

    खुर्सानी खेतीमा अनुदान पाउने आशामा वडा, पालिका, प्रदेश सरकार, ज्ञान केन्द्र, संघीय सरकारसम्म पुगिसके । तर, बाँझोबारी जोत्न दुई वर्षअघि कृषि ज्ञान केन्द्रले दिएको ८५ हजार बाहेक कुनै अनुदान पाएका छैनन् । सबै ऋण लिएर काम गरेपछि सोचेजस्ते उत्पादन नहुँदा समस्या परेको उनी बताउँछन् । सरकारले व्यवसायीक कृषि गर्नेलाई अनुदान दिने, मोडल फार्म घोषणा गर्ने, पुरस्कार दिने गर्छ । तर, सरकारले दिने गरेको सहुलियत भने सत्ता र शक्तिको आसेपासेले दुरुपयोग गर्दा वास्तविक किसानले नपाउने उनको गूनासो छ । ‘अहिले व्यवसाय सुरू गर्दा लागेको ऋण तिर्न सक्ने अवस्था छैन् । वडादेखि केन्द्र सरकारसम्म धाउँदा धाउँदा थाकिसकेँ । तर, अझै कतैबाट सहयोग पाईन्छ कि भन्ने आश छ,’ उनी भन्छन् ।

    अत्याधिक पिरो हुने हुँदा बजारमा अकबरे खुर्सानीको माग बढी छ ।  त्यसैले सरकारी निकायबाट सहयोग पाए यस व्यवसायलाई पकेट क्षेत्रको रुपमा विकास गरेर अघि बढ्ने उनको लक्ष्य छ । भन्छन्, ‘सरकारी निकायबाट पनि साथ सहयोग मिल्यो भने हरेस खान्नँ । खुर्सानीलाई यस क्षेत्रको पहिचान बनाउने गरी काम गर्छु ।’ न्युज कारखाना

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.