• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

१४ वर्ष दुबई बसेर फर्किएका भुवनसिंह लिम्बू च्याउ खेतीमा रमाउँदै

  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तेह्रथुम ।  वार्षिक रूपमा पाँच लाखभन्दा बढी युवाहरू रोजगारीका लागि पहिलो रोजाइ बन्छ विदेश । धेरै युवाहरू म्यानपावर कम्पनीले प्रतिबद्धता गरेविपरीत काम गर्न बाध्य बन्दै आएका छन् । गाउँमै केही व्यावसाय सञ्चालन गरी रोजगार बन्ने वातावरण नभइपछि विदेशिनु युवाहरूको बाध्यता नै बनेको छ ।

    वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवाहरू कोही दुःख पाएर फर्किन्छन् । विदेशबाट फर्केर यहीँ नेपालमा केही गर्छु भन्ने युवाहरूको संख्या कमै छ । गाउँमा नै केही गर्छु यहीँको माटोमा रमाउँछु भन्ने सोच भने कमैमा हुन्छ । तर, तेह्रथुम म्याङलुङ–५ आम्फुवाका भुवन सिंह लिम्बू भने गाउँमै रमाउन थालेका छन् ।

    वैदेशिक रोजगारबाट पीडा भोगेका लिम्बू अहिले लालिगुराँस नगरपालिका–९ लसुनेमा जापानिज सिताके च्याउ खेतीमा रमाउन थालेका हुन् । १० लाख लगानीमा उनले खेती सुरु गरेका हुन् । २०६१ सालमा नेपाल आर्मीमा भर्ना भएका उनी २०६६ सालमा जागिर छोडेर दुबई पुगेका थिए । १४ वर्ष दुबई बिताएका लिम्बूको जुन सोचले उनी विदेश गएका थिए, ती सोचहरू पूरा हुन सकेनन् ।

    ‘राम्रै कमाइ हुन्थ्यो, महिनामा एक लाखभन्दा बढी तलब पाउथेँ । तर, पराइको भूमिमा अरूको खटनमा काम गर्दा मनमा शान्ति मिलेन । त्यसैले गाउँमा परिवारसँगै व्यवसाय गर्ने सोचका साथ जापानिज सिताके च्याउ खेती रोजेका हुँ’, उनले बताए ।

    बजार राम्रो सम्भावना रहेको र थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिनै भएकाले पनि च्याउ खेती उनको रोजाइमा परेको बताउँछन । लिम्बूले फेदाप तिनजुरे किनोको सिताके च्याउ उद्योग दर्ता गरी च्याउ खेती गर्दै आएका छन् ।

    तीन रोपनी जग्गा वार्षिक ३५ हजार रुपैयाँमा भाडा लिई खेती गर्दै आएका हुन् ।  काठ स्टोर कोठा, च्याउ उत्पादन गर्ने ठाँउ र उत्पादनका लागि चाहिने कच्चा सामग्रीहरूलाई व्यवस्थापन गर्ने पहिलो चरणमा लगानी गरेका छन् ।

    स्थानीय स्तरमा नै च्याउ उत्पादनका लागि कटुस, पैयुँ र उत्तिसको काठ पाउने भएकाले पनि व्यवसाय सञ्चालनमा समस्या नरहेको उनी बताउँछन् । यो खेती सुरुवात मै उनले मासिक ६० देखि ७० हजार मासिक आम्दानी लिन थालेका छन् । यहाँ उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम म्याङलुङका साथै इटहरीको भाटभाटेनीमा निर्यात हुँदै आएको उनले जानकारी दिए ।

    लिम्बूले आफ्नो उद्योगमा युवाहरूलाई रोजगारसमेत दिन थालेका छन् । प्रतिकिलो ६०० रुपैयाँमा यहाँ उत्पादन भएको च्याउ बिक्री हुँदै आएको छ । ‘बजारमा माग बढ्दो छ, माग भएअनुसार उत्पादन गर्ने सकिएको छैन । लगानी थपेर अझ खेतीलाई विस्तार गर्ने सोचमा छु’, लिम्बूले भने ।

    खेतीको सुरुवाती चरणमै राम्रो आम्दानी लिएका लिम्बू यतिबेला आफ्नै उद्योगमा रमाइरहेका छन् । लगनशील भएर गाउँमै व्यावसायिक बन्ने हो भन्ने रोजगारको लागि भौँतारिनु नपर्ने गतिलो उदाहरण दिएका छन् लिम्बुले ।

     

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.