• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कैलाली क्षेत्रनम्बर-२ मा भीम रावल पक्षद्वारा समानान्तर प्रतिनिधि छनौट

  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी । कैलाली क्षेत्रनम्बर-२ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपीशर्मा ओली पक्षको विवाद सतहमा आएको छ । मंगलबार कैलाली क्षेत्र नम्बर-२ मा एमालेले महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । तर, भीम रावल पक्षले भने मंगलबार भएको छनौटलाई नमान्ने भन्दै बुधबार छुट्टै महाधिवेशन प्रतिनिधि छनौट गरेको छ ।

    भीम रावल निकटका झपट रावलको निर्वाचन क्षेत्र रहेको क्षेत्र नम्बर २ मा रावल निकटहरूले समानान्तर महाधिवेशन प्रतिनिधि छनौट गरेका हुन् । उनीहरूले यज्ञराज ढुंगाना, मनोज खड्का, सूर्य बहादुर थापा, वीरेन्द्र रावल, भीम कुँवर, रूप रावल, गंगा थापा, वसुन्धरा भण्डारी र ममता रावललाई महाधिवेशन प्रतिनिधि तोकेका छन् ।

    कैलाली क्षेत्र नम्बर–२ बाटै मंगलबार एमालेको ओली समूहले रतन थापा, डेजि पाण्डे, दलबहादुर विष्ट, नरबहादुर खड्का, कमला ओली, टिका थापा, पदम साउँद, गजेन्द्र स्वाँर धरमबहादुर थापा मगरलाई पनि महाधिवेशन प्रतिनिधि छनौट गरेको थियो ।

    रावल निकट एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा महाधिवेशनका प्रत्याशी महादेव बजगाईंले बुधबार बोलाएको भेलाले सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेको बताएका छन् । मंसिर १०–१२ गतेसम्म चितवनमा हुन गइरहेको १०‍औं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नम्बर २ बाट ६ पुरुष र तीन महिला गरी जम्मा नौ जना प्रतिनिधि छनोट गरिएको बजगाईंले बताए ।

    उनले मंगलबार एमाले पार्टीले नभई रतन थापाले कम्पनी चलाएझैँ चलाएको भन्दै मंगलबारको भेला आधिकारिक नभएको दाबीसमेत गरेका छन् । ‘पार्टीको पद्धति अनुसार नभई मंगलबार एकलौटी ढंगले होटेलको कोठामा बसेर आफ्नालाई टिका लगाउँदै महाधिवेशन प्रतिनिधि छानिएको नाटक गरिएको थियो,’ उनले भने,‘हामीलाई त्यो मान्य हुँदैन । पार्टीका सबै संगठित सदस्यको बैठक बसाएर हामीले बुधबार महाधिवेशन प्रतिनिधि छानेका छौं ।’ उनले बुधबारको बैठकमा क्षेत्रनम्बर दुईका बहुमत संगठित सदस्यको सहभागिता रहेको दाबी गरे ।

    मंगलबार भएको प्रतिनिधि छनौट पार्टीको नभई गुटको आयोजनामा भएको उनी बताउँछन् । ‘मंगलबार एउटा गुटले केही मानिसलाई टिपेर महाधिवेशन प्रतिनिधि हो भन्दै हल्ला चलाएछन्,’ बजगाईंले भने,‘त्यो भ्रम छर्ने काम मात्रै हो, क्षेत्र नम्बर दुईमा पार्टीको भेला भएको छैन, बुधबार मात्रै हामीले महाधिवेशन प्रतिनिधि छनौट गर्दै छौं ।’

    महाधिवेशनका लागि प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउँदै अर्को पक्षले भेला बोलाएपछि एमाले कैलालीका अध्यक्षसमेत रहेका क्षेत्रनम्बर–२ का महाधिवेशन प्रतिनिधि रतन थापाले कारबाहीको चेतावनी दिएका छन् । पार्टी विरोधी गतिविधिमा संलग्न भए कारबाही गर्ने चेतावनी दिएका हुन् ।

    एमाले कैलालीका अध्यक्ष थापाले भने मंगलबार गरिएको प्रतिनिधि छनौट पार्टीको आधिकारिक भएको बताए । उनले पार्टीको आधिकारिक भेलाले मंगलबार ९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको बताए । उनले पार्टीका विरुद्ध गतिविधि गरेमा कारबाही गर्ने चेतावनीसमेत  दिएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले भनेका छन्, ‘नेकपा एमाले लम्किमा कुनै किसिमको कार्यक्रम नरहेको हुँदा कहीँ कतै भ्रममा नपरी पार्टीको आधिकारिक आयोजना गरिएका कार्यक्रम बाहेकका अन्य जुनसुकै अनधिकृत नाममा गरिएका कार्यक्रम व्यक्तिका निजी कार्यक्रम हुन् । पार्टी जीवनमा यिनको कुनै औचित्य र स्थान छैन । तिनलाई पार्टीले कार्यक्रमको प्रकृति र उद्देश्य हेरि उचित कारबाहीको विषय बनाउने छ ।’ त्यस्ता कार्यक्रममा सहभागी नहुन उनले पार्टी कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

    नेकपा एमालेका अध्यक्ष थापाले एमालेका सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनौट भइसकेको बताए । पार्टीको आधिकारिक संगठनले विधिवत् छलफल गरी महाधिवेशन प्रतिनिधि चयन गरिएको उनले बताए । तर, बुधबार कैलालीको लम्कीमा आयोजित गुटको भेलालाई भने मान्यता नदिइने उनले बताए ।

    ‘गुट रहित एमालेलाई जबरजस्ती गुट छ भन्ने देखाउन केही व्यक्तिले यस्ता क्रियाकलाप गरिरहेका छन्,’ उनले भने, ‘त्यो राम्रो हैन, संस्थागत निर्णय बेगर गरिएका कुनै पनि क्रियाकलाप मान्य हुनेवाला छैनन् ।’

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.