• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नगरकोट सडकखण्ड आठ वर्षदेखि अलपत्र, सडकलाई लिएर एमाले र कांग्रेसबीच आरोप-प्रत्यारोप

  •   बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर ।  पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोट सडकखण्ड विगत आठ वर्षदेखि अलपत्र छ । संघीय सरकारको बजेटबाट सडकको स्तरोन्नतिका लागि आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनसँग  सम्झौता भएको थियो । तर सम्झौता भएको लामो समय समय बितिसक्दा पनि सडक निर्माणले गति लिन सकेको छैन ।

    सडक बन्न नसक्दा स्थानीय मात्रै नभई पर्यटकसमेत सास्ती भोगेर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलो र वर्षामा हिलो सहँदै आएका स्थानीयले सडक निर्माणका लागि सरोकारवाला निकायलाई झकझकाउन कहिले सडक बन्द त कहिले मन्त्रालयमा पत्राचार गर्दै आएका छन् । तर पछिल्लो समय सो सडकलाई राजनीतिक दृष्टिकोणबाट हेर्न थालिएको छ ।

    चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६  नगरकोट र ७ खरिपाटीमा पर्ने सडकखण्ड निर्माणको विषयलाई पछिल्लो समय नेपाली कांग्रेसका नेता र एमाले प्रतिनिधिले एकअर्कामा आरोप-प्रत्यारोप गर्न थालेका छन् । सडक निर्माणका लागि आर्थिक वर्ष २०७०-७१ मा सम्झौता भएको थियो । लामो समयसम्म सडक नबनेपछि कमलविनायक-नगरकोट सडक निर्माण दबाब समिति नै गठन गरिएको थियो । सोही समितिमार्फत सडक निर्माण  सम्पन्न गर्न दबाब दिइँदै आएको छ ।

    समितिका संयोजक राजकुमार लामिछानेले विरोध गर्दा ठेकेदार कम्पनीले केही काम गरेको जस्तै गर्ने र विस्तारै निर्माण कार्य नै अलपत्र छाडेर हिँड्ने प्रवृत्ति देखिएको बताए । ‘सडक निर्माण कार्य सम्पन्न हुन नसक्दा स्थानीय मात्रै नभई पर्यटक पनि प्रभावित भएका छन् । सडकको दयनीय अवस्थाले नगरकोट जाने पर्यटकको संख्यामा समेत कमी आएको छ’, उनले भने ।

    सडक निर्माण चाँडै सम्पन्न गर्न प्रदेश मन्त्री कृष्णलाल भँडेलले तीव्र रूपमा काम गर्न निर्देशन दिएका छन् । तर मन्त्रालय वा विभागले केही चासो देखाएर सडकको निर्माण कार्य तीव्र गरे पनि काममा ढिलासुस्ती भएको स्थानीयको आरोप छ ।

    करिब १५ किलोमिटर रहेको सडकखण्ड फराकिलो बनाउन सडक भत्काइएको थियो । सोहीअनुरूप दुई लेन अर्थात् सात मिटर हुने गरी सडकको कालोपत्रे भइरहेको छ । एक  क्षेत्रको नौ किलोमिटर सडक कालोपत्रे भए पनि अझै चार किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । अबको दुई महिनाभित्र सडक निर्माण कार्य भइसक्ने दाबी निर्माण कम्पनीको छ ।

    भक्तपुर-नगरकोट सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले एक-दुई महिनाभित्र निर्माण सम्पन्न गर्नक आवश्यक जनशक्ति, उपकरण र निर्माण सामग्री पर्याप्त हुनुपर्ने ले बताए ।

    एमाले र कांग्रेसबीच आरोप-प्रत्यारोप 

    लामो समयदेखि बेवारिसे बन्दै आएको सडक निर्माणका विषयमा हाल एमाले र कांग्रेसका जनप्रतिनिधिबीच आरोप-प्रत्यारोप चलेको छ ।  बागमती प्रदेशका भौतिकमन्त्री कृष्णलाल भँडेलले एमालेका नेता वा प्रतिनिधिका कारण नगरकोट क्षेत्रको सडक बन्न नसकेको आरोप लगाएका छन् । तर एमाले प्रतिनिधिले भने सडक विकासमा कुनै राजनीति नभएको भन्दै मन्त्री भँडेलकाे आराेपकाे खण्डन गरेकाे छ ।

    एमाले चाँगुनारायण नगर कमिटीका अध्यक्ष रामप्रसाद तिमल्सिनाले मन्त्री भँडेलले आफ्नो पार्टीविरुद्ध झुटाे आरोप र स्तरहीन गालीगलौज गरेको आरोप लगाएका  छन् । ‘नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी, शान्तिपूर्ण जनक्रान्तिको सम्बाहक, संविधान निर्माणको निर्णायक शक्ति, राष्ट्रियता, जनजीविका र सामाजिक न्यायका लागि सञ्चालित आन्दोलनको मुख्य परिचालक शक्ति हुनुको नाताले एमाले चाँगुनारायण नगर कमिटी सधै जनतासँगै हातेमालो गर्दै समृद्ध चाँगुनारायण निर्माणमा हरपल क्रियाशील छ’, एमाले विज्ञप्तिमा उल्लेख छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.