• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

खाेटाङमा कांग्रेस क्षेत्रीय अधिवेशन : गगनदेखि शेरबहादुर देउवाकाे प्यानल

  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । नेपाली कांग्रेस खोटाङको क्षेत्रीय कार्यसमिति (प्रदेश क र ख) को अधिवेशनमा चार वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । शुक्रबार आज हुने क्षेत्रीय कार्यसमितिको अधिवेशनका लागि चुनावी दौडमा सभापति एव‍ं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक काेइराला र नेताहरू कृष्णप्रसाद सिटौला/गगन थापा निकट चार प्यानल चुनावी मैदान छन् । जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रवीप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई आकांक्षी देखिए पनि उनीहरुले एक/एक वटा क्षेत्रमा मात्र आफ्ना उम्मेदवार उभ्याएका छन् ।

    जिल्ला सभापतिको दौडमा रहेका पूर्वराज्यमन्त्री सर्वधन र महासमिति सदस्य रवीप्रकाश केन्द्रमा सभापति देउवासँग नजिक मानिन्छन् । पूर्वसभापति विष्णुकुमार पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र सिटौला/गगन थापासँग नजिक मानिन्छन् । सर्वधनको टीमले कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क) मा भक्तजङ राईलाई सभापतिमा उठाएको छ । उपसभापतिमा दिलिपराजा गिरी र उद्धव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राईलाई उम्मेदवार बनाएको छ ।

    कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको टीमबाट क्षेत्रीय कार्य समिति (प्रदेश क) को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल प्रतिस्पर्धामा छन् । जिल्ला सभापतिका अर्का उम्मेदवार विष्णुकुमारको टिमबाट क्षेत्रीयकार्य समिति (प्रदेश ख) को सभापतिमा दिनेश घिमिरे, उपसभापतिमा महेन्द्र राई र रमाहाङ राई, सचिवमा समराज राई र प्रविण राई, सहसचिवमा कमल प्रधान र राजकुमार बस्नेत अघि सरेका छन् ।

    भूपेन्द्रको प्यानलबाट क्षेत्रीय कार्यसमिति (प्रदेश ख) को सभापतिमा चण्डिकुमार राई, उपसभापतिमा हरिबहादुर खड्का र रामचन्द्र केसी, सचिवमा बलराम राई र मोहन कटवाल, सहसचिवमा मणिराज खत्री र शिव राई उम्मेदवार बनेका छन् । जिल्ला सभापतिमा पौडेल र कोइरालाको एलायन्स भएको छ। त्यही एलायन्सले मात्र दुबै क्षेत्रमा उम्मेदवार अघि सारेको छ । सर्वधनले क्षेत्रीय कार्य समिति (प्रदेश ख) मा आफ्नो छुट्टै टिम बनाएका छैनन् । भूपेन्द्रले क्षेत्रीय कार्य समिति (प्रदेश क) मा आफ्नो प्यानल बनाएका छैनन् ।

    क्षेत्रीय कार्यसमिति (प्रदेश ख) मा देउवा, पौडेल र कोइरालाको सहकार्य भएको स्राेत बताउँछ । यसो हुँदा (प्रदेश ख) मा भूपेन्द्र एक्लैले अन्य प्यानलसँग भिड्नुपर्ने देखिएको छ । (प्रदेश क) मा आफ्नो छुट्टै उम्मेदवार नउठाएका भूपेन्द्रको टिमले सर्वधनको टिमलाई सहयोग गर्ने सम्भावना छ । केन्द्रमा देउवा निकट भए पनि जिल्लामा सर्वधन र रवीप्रकाशको दूरी टाढा छ । क्षेत्रीय कार्यसमिति (प्रदेश क) को अधिवेशन हलेसीमा र क्षेत्रीय कार्यसमिति (प्रदेश ख) को अधिवेशन सिमपानीमा हुँदैछ ।

    क्षेत्रीय कार्य समितिको अधिवेशनले सात पदाधिकारी र १६ प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्ने कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए । क्षेत्रीय अधिवेशनमा ७/७ सय क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने कांग्रेसले जनाएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.