• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कमला नदीमा अनौठौ भूत मेला, भक्तजनहरूको घुइँचो

  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ज्नकपुरधाम । यस वर्ष पनि कार्तिक शुक्ल पूर्णिमाका दिन कमला नदीमा भूत मेला लागेको छ । धार्मिक र ऐतिहासिक नदी कमलामा नुहाएपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथै हजारौ संख्यामा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।

    शुक्रबार बिहान २ बजेदेखि नै श्रद्धालु भक्तजनहरु चिसो मौसमको प्रवाह नै नगरी कमला नदीको धार ९पानी०मा डुबल्की ९नुहाउनु० लगाइरहेका छन् । कतिपय कार्तिक पूर्णिमाको पूर्वसन्ध्यामा बिहीबार नै कमला नदीको तटमा पुगेर राति बास बसेका थिए । शुक्रबार बिहान कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ उनीहरू घर फर्केका छन् ।

    मेलामा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर, जयनगरलगायतका स्थानबाट ठूलो संख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन्। धामीझाँक्री बन्ने विश्वासका साथ उनीहरू देवता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको वरदान दिने तथा धामी विद्यामा पक्का हुने जनविश्वास छ । पेहे‌लो धोतीमा पुरुष र पहे‌लो सारी लगाएका सिकारु धामीझाँक्रीहरूले माटो फाडोमा आगो अर्घ्य लिई देवीदेवतालाई चर्को स्वरमा बोलाउने गर्छन् ।

    पापकी छय, धर्मकी जयलगायतका नारा लगाई नयाँ सिकारु धामीझाँक्रीहरू पानीमा डुबल्की लगाइरहँदा बाहिर छेउछाउमा पहिलादेखि नै तान्त्रिक विद्यामा सिद्ध भएका धामी तथा उनका सहयोगीले झाल, ढोल, मालद बजाउँदै महराई ९लोकगीत० गराइरहेका हुन्छन् ।

    कमलामा स्नान गरेपछि घर फर्कने वेलामा भक्तजनहरूले जनकपुरधामस्थित गंगासागरको पानीसमेत लिएर घर जाने परम्परा छ । वरिष्ठ साहित्यकार डा।राजेन्द्र बिमलले कमला नदीमा स्नान गर्नु मिथिलाको पुरानो परम्परा रहेको बताए ।

    सीतायण महाकाव्यमा कमलालाई पवित्र नदीको रूपमा वर्णन गरिएको उल्लेख गर्दै वरिष्ठ साहित्यकार बिमलले भने, ‘कमला नदीमा स्नान गर्दा तान्त्रिक विद्या सिद्ध हुने कुरा हिन्दु धर्मको कुनै पनि पुस्तकमा उल्लेख त छैन । तर जानकी मन्दिरमा पहिला महन्थ सुरकिशोर दासले नयाँ जनकपुर खोजी गरेपछि मात्रै कमलामा स्नान गर्ने परम्परा सुरु भएको हो ।’

    मधेशको सभामुखमा दुई जनाको उम्मेदवारी, आज मतदान हुदै
    मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै
    मधेशको सरकार गठनविरुद्धको रिटको सुनुवाई आज हुदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.