• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

सिद्धि नदीदेखि हाँसपोखरीसम्म २९ किलोमिटरको पदमार्ग

  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । इलामको रोङ गाउँपालिकाले २९ किलोमिटरको पद मार्ग निर्माण गरेको छ । रोङ-६ को सिद्धि नदीदेखि रोङ-३ को हाँसपोखरीसम्म २९ किलोमिटरको पद मार्ग निर्माण भएको हो । यसको प्रारम्भिक संरचना निर्माणको काम सम्पन्न भएको रोङ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । करिब एक करोड ३० लाखको लागतमा निर्माण भएको पदमार्गले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने उनले बताए । पैदल यात्राको आकर्षण बढ्दै गएका कारण यो पदमार्ग निर्माण गरिएको उनले बताए । ‘यहाँका पर्यटकीय क्षेत्रसँग कसरी जोड्ने भन्ने योजना थिएन । पदमार्गले यहाँका पर्यटकीय क्षेत्रलाई जोड्छ,’ स्याङ्बोले भने, ‘पैदल यात्रा गरेर शरीरलाई स्वास्थ्य राख्नुपर्छ भन्ने विकास भइरहेको छ । पैदल यात्राको उपयुक्त माध्यमका लागि पनि यो पदमार्ग निर्माण गरेका हौँ ।’

    प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी दिइएकालाई पनि पदमार्ग निर्माणका लागि खटाइएको प्रवक्ता स्याङ्बोले बताए । यस्तै, पदमार्ग निर्माणका लागि प्रदेश र केन्द्र सरकारले समेत बजेट दिएको उनले बताए । ‘इलाम पर्यटनका लागि देशमै चिनिएको जिल्ला हो । रोङ गाउँपालिकामा पनि पर्यटनको प्रचुर सम्भावना छ,’ उनले भने, ‘पद मार्गले यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्छ । त्यसकारण पनि हामीले पदमार्ग निर्माण गरेका हौँ ।’

    पदमार्ग सामुन्द्रिक सतहदेखि ४०० मिटर उचाइदेखि १८ सय मिटरसम्म रहेको उनले बताए । यो पदमार्गमा उचाइअनुसारका वनस्पतीको अवलोकन गर्न पाइने प्रवक्ता स्याङ्बोको भनाइ छ । झापादेखि नजिकको स्थानबाट पदमार्गको सुरु हुने भएकाले पर्यटक सहजै आउने उनको अनुमान छ । हाल पर्यटकको आगमन पनि भइरहेको उनले बताए । गाउँपालिकाको पञ्चवर्षीय योजनाअनुसार गत वर्षबाट पदमार्गको निर्माण सुरु भएको थियो । यसको संरचनात्मक विकास क्रमशः गर्दै लैजाने उनले बताए । वडाध्यक्ष स्याङ्बोका अनुसार पदमार्ग उद्घाटनका लागि तयारी अवस्थामा रहेकाले केही दिनभित्र नै उद्घाटन गरिनेछ । पहिलो वर्ष पाँच हजार पर्यटक भित्र्याउने र दोस्रो वर्षदेखि क्रमशः दुई सय प्रतिशतले वृद्धि गर्ने योजना रहेको उनले बताए । पदमार्गमा पर्ने ऐतिहासि र पर्यटकीय दृष्टिकोणले महत्त्व रहेका १५ स्थानको प्रवर्द्धन गर्ने योजना रहेको उनले बताए । जसमा सूर्योदयको अवलोकन गर्नका लागि झण्डीडाँडाँको प्रवर्द्धनका लागि संरचना निर्माणको काम भइरहेको उनले बताए ।

    स्थानीय उत्पादनको प्रवद्र्धन र रोजगारी  

    पदमार्ग रोङ गाउँपालिकाको वडा नम्बर ३ र ६ सँगै सूर्योदय नगरपालिका र झापाको मेचीनगर नगरपालिकासम्म फैलिएको छ । पदमार्गको विकासपछि ग्रामिण रोङको स्थानीय उत्पादनको प्रवर्द्धन र स्थानीयले रोजगारी पाउने प्रवक्ता स्याङ्बो बताउँछन् । उनका अनुसार पदमार्गको विभिन्न पाँच ठाउँमा होमस्टे सञ्चालनको तयारी भइरहेको छ । रम्यब्याङ, सलकपुर, जौबारी, मजुवा र पाटापुरमा होमस्टे सञ्चालन गरेर स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन गर्ने तयारी रहेको स्याङ्बोले बताए ।

    जसमध्ये रम्ब्याङ र सलकपुरमा क्यारितास नेपालको सहयोगमा होमस्टे सञ्चालन भइरहेको उनले बताए । बाँकी स्थानमा पनि पदमार्ग सञ्चालनसँगै सुरु हुने उनले बताए । ‘यसले स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन पनि हुन्छ । जसबाट कृषकले गाउँमै राम्रो आम्दानी गर्नसक्छन्,’ उनले भने,‘होमस्टेले रोजगारीको पनि सृजना गर्छ । जसका कारण स्थानीयको जीविकोपार्जनमा केही सहयोग पुग्छ ।’

    लालीगुँरासको संरक्षण 

    लालीगुँरास नेपालको राष्ट्रिय फूल हो । पदमार्गसँगै लालीगुँरासको संरक्षणमा पनि रोङ गाउँपालिका लागि परेको छ ।  पदमार्गको आसपास नेपाली सेनाको सहयोगमा २५ हजार लालीगुँरासको बिरुवा रोपिएको वडाध्यक्ष स्याङ्बोले बताए । ‘एक लाख बिरुवा रोप्ने लक्ष्य हो । तर, अहिलेसम्म २५ हजार मात्र पुगेको छ ।

    झापाबाट नजिकैको स्थान लालीगुँरासको संरक्षण र पर्यटकका लागि आकर्षण हुन्छ भनेर रोपेका हौँ,’ उनले भने, ‘यसले गर्दा लालीगुँरास हेर्न टाडा जानुपर्ने बाध्यता हट्छ ।’ लालीगुँराससँगै यहाँ विभिन्न प्रजातिका जडीबुट्टी र वनस्पती रहने उनले बताए । जसले गर्दा अभिभावक, विद्यललयले वनस्पती विज्ञानको अध्ययन भ्रमणका लागि पनि उपयुक्त अध्यक्ष स्याङ्बोले बताए ।

    साइक्लिङ ट्र्याक 

    पदमार्गसँगै साइक्लिङका लागि पनि विकास गरिएको वडाध्यक्ष स्याङ्बोले बताए । उनका अनुसार साइक्लिङ ट्र्याक पनि सुरु खुला भएको छ । अहिले पनि साइक्लिङ भइरहेको उनले बताए । यो साइक्लिङ ट्र्याक विभिन्न साइक्लिङ प्रतियोगिताका लागि पनि उपयुक्त भएकाले प्रतियोगिताका लागि भाडामा दिन सकिने उनले बताए । उनले यसवर्ष साइक्लिङ रेस पनि गराउने बताए । ‘यसलाई साइक्लिङका लागि पनि विकास गरेका छौँ । यो वर्ष माउन्टेन बाइकको प्रतियोगिता पनि गराउँदैछौँ । जसका लागि माउन्टेन बाइकर राकेश मानन्धरसहितको टोली आएर भौगोलिक अवस्थालगायतको अनुसन्धान गरेर फर्कनुभएको छ,’ स्याङ्बोले भने, ‘उहाँका अनुसार यसमा केही सुधार गर्न सकियो भने नेपालकै उत्कृष्ट साइक्लिङ रेस गराउन सक्ने ट्र्याक हुन सक्छ भन्नुभएको छ । यहाँ विभिन्न कम्पनीहरूले ट्र्याक भाडामा लिएर प्रतियोगिता गराउन सक्ने प्रतिक्रिया दिनुभएको छ ।’

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.