• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग

  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । योग लोकप्रिय हुँदै जानुमा थुप्रै कारणहरू छन् । एउटा कुरा त यसले तपाईंलाई आफूबारे केही मूलभूत तथ्यहरूको बोध गराउँछ । तपाईंको शरीर एउटा ब्यारोमिटर (मापन गर्ने यन्त्र) जस्तै हो । यदि तपाईंले यसलाई हेर्ने तरिका जान्नुभयो भने, त्यसले तपाईंलाई आफ्नो बारेमा सबैथोक बताउनेछ । तपाईंले आफ्नो बारेमा सोच्ने काल्पनिक कुराहरू होइन, बरु ती कुराहरू जुन तपाईंको बारेमा सत्य हुन् । तपाईंको मन असाध्यै जाली हुन्छ । यसले हरेक दिन तपाईंलाई आफ्नो बारेमा फरक–फरक कुराहरू भनिरहन्छ । यदि तपाईंले आफ्नो शरीरलाई कसरी पढ्ने भनेर जान्नुभयो भने, यसले तपाईंलाई सबैथोक बताउनेछ, जस्तो ती वास्तवमा छन्— यहाँसम्म कि तपाईंको विगत, वर्तमान र भविष्य नै ! यसैकारण, मूलभूत योग शरीरबाटै शुरु हुन्छ ।

    बदलिँदो फेशनअनुरूप थुप्रै कुराहरू आउँछन् र जान्छन् । तर, योग हजारौँ वर्षदेखि जीवित रहेको छ अनि यसले आज पनि गति लिइरहेको छ । भलै, यसलाई एकदमै मौलिक रूपमा सञ्चार गरिने भएपनि, वा यहाँसम्म कि कैयौँ पटक विकृत रूपमा सिकाइने भए तापनि, यो अझै टिकिरहेको छ । योग एकमात्र यस्तो प्रणाली हो, जुन १५००० वर्षभन्दा बढी समयसम्म कुनै धर्मगुरुको आश्रयबिना वा कसैद्वारा बलपूर्वक लागू नगरिकनै जीवित रहेको छ, टिकिरहेको छ । मानवताको इतिहासमा यस्तो कहीँकतै भएको छैन, जहाँ कसैको घाँटीमा तरबार राखेर ‘जसरी पनि योग गर्नैपर्छ ‘ भनिएको होस् । यो अझैसम्म जीवित रहनुको कारण के हो भने, योगले मानव-कल्याणको निम्ति एउटा प्रक्रियाको रूपमा काम गरेको छ, जुन अरू कुनै पनि चीजले गरेका छैनन् ।

    अर्को कुरा यो हो कि साधारणतया हेर्ने हो भने, आजको समयमा संसारमा मानिसहरू पहिलेको दाँजोमा निकै बढी तनावग्रस्त भएका छन्— चाहे किशोरकिशोरी हुन् वा वयस्क उमेरकाहरू । मानिसहरू जतिबेला पनि चिन्तामा डुबिरहने हुनाले मनोरोगी बनेका छन् । आफूभित्रको उथलपुथललाई शान्त पार्नको लागि मानिसहरू डिस्को जाने, यात्रामा निस्किने वा पर्वत चड्ने जस्ता क्रियाकलापहरू गर्छन्, जसले केही हदसम्म राहत दिएको छ, तथापि यी कार्यहरूले मानिसहरूलाई समाधान प्रदान गर्न सकेको छैन । अतः योगतर्फ मानिसहरूको झुकाव हुनु स्वाभाविक भएको छ ।

    आज संसारमा जुन प्रकारले अधिकांश ठाउँहरूमा योग गरिँदै छ, त्यो मरेको बच्चा जन्मिनु जस्तै भएको छ । मरेको बच्चालाई जन्म दिनुभन्दा गर्भवती नहुनु नै उचित हुन्छ, होइन र ? यदि तपाईं सिक्स प्याक एब्स वा केही यस्तै चाहनुहुन्छ भने, म त भन्छु कि बरु तपाईं टेनिस खेल्नुहोस् वा पहाड चढ्नुहोस् । योग कुनै व्यायाम होइन, यसका अरू कैयौँ आयामहरू छन् । यसले शरीरमा फरक किसिमको तन्दुरुस्ती र स्फूर्ति ल्याउँछ— यसबाट तपाईंले स्वास्थ्य लाभसमेत प्राप्त गर्न सक्नुहुन्छ, तर यो सिक्स एब्सको लागि गरिने होइन ।

    पश्चिमी जगतमा योग प्रवेश गरेको २० बर्षपछि अहिले यो लोकप्रिय हुँदै गएको छ, अनि अहिले चिकित्सकहरू अघि सरेर यसमा अध्ययन गरिरहेका छन् साथै यो भनिरहेका छन् कि “योग गर्नुमा थुप्रै फाइदाहरू छन् ।” योगलाई बकम्फुसे तरिकाहरूले सिकाइने गरिएको भएपनि, पूरै संसारमा यसबाट स्वास्थ्य सम्बन्धी जे–जति फाइदाहरू भएका छन्, त्यसलाई कसैले पनि नकार्न सक्दैनन् । तर, यदि योगलाई गलत ढङ्गले एवं विकृति तरिकाले सिकाइने क्रम चलिरह्यो र फैलिँदै गयो भने, १०-१५ वर्षको समयमा तपाईंलाई वैज्ञानिक अध्ययनहरूले कुन–कुन कारणहरूले गर्दा योग गर्नु हानिकारक छ भनेर स्पष्ट रूपमा बताउनेछन्, अनि यसैबाट योगको पतन हुनेछ ।

    योगलाई निकै सूक्ष्म तरिकाले ध्यानपूर्वक गरिनुपर्छ, जथाभावी बल प्रयोग गरेर जबर्जस्ती मांसपेशीमा गाँठागुँठी बनाउनको लागि होइन, किनकि यो कुनै व्यायाम होइन । हाम्रो भौतिक शरीरमा पूरै यादहरू वा स्मृतिको संरचना हुन्छ । यदि तपाईं यो भौतिक शरीरलाई पढ्न, बुझ्नको लागि इच्छुक र तत्पर हुने हो भने, सबैथोक जान्नुहुनेछ— किनकि, यो पूरै ब्रह्माण्ड शून्यताबाट अहिलेको अवस्थामा कसरी आइपुग्यो भन्ने कुरा यही शरीरमा लेखिएको हुन्छ । योग यस्तो प्रक्रिया हो, जसले ती सम्पूर्ण स्मरणहरू खोल्दछ, अनि यो जीवनलाई यसको चरम सम्भावनातर्फ डोहोऱ्याउँछ । वास्तवमा, योग अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो ।

    -सदगुरुको प्रवचनमा आधारित

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.