• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रुपन्देहीमा कांग्रेस अधिवेशनमा रस्साकस्सी, वर्तमान सभापतिकै उम्मेदवारी घोषणा

  •   आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनका लागि रुपन्देहीबाट सबै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोरिने गरी कसरत सुरु भएको छ ।रुपन्देहीमा रहेका पाँचवटा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा हाल नेतृत्वमा रहेका पाँचै जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

    प्रदेश क्षेत्रीय अधिवेशनबाट अधिकांश नयाँ अनुहार विजयी भएकोमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा भने पुरानै अनुहार दोहोरिने संभावना बढेको हो । हाल नेतृत्वमा रहेकाहरूले उम्मेदवारी घोषणादेखि तीव्र प्रचारप्रसार थालेका छन् । कांग्रेसको क्षेत्रीय अधिवेशन सोमबार हुँदै छ । क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित गर्नेछ । हाल रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा हिराबहादुर केसी, क्षेत्र नम्बर २ मा हरि लम्साल, ३ मा मातृका यादव, ४ मा मुकेश यादव र क्षेत्र नम्बर ५ मा वसिउल्लाह मुसलमान सभापति छन् ।

    उनीहरू पाँचजना फेरि सभापति लड्ने तयारीका साथ चुनावी प्रचार तीव्र पारेका छन् । क्षेत्र नम्बर १ का सभापति हिराबहादुर केसीले थप एक कार्यकाल आफू नेतृत्वमा आउन चाहेको बताए । ‘कार्यकर्ताको भावना तपाईं एक कार्यकाल सभापति हुनुहोस् भन्ने छ, तसर्थ म सभापतिमा लड्ने विचार गरेको छु’, उनले भने । क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालले आफू अझै एक कार्यकाल दोहोरिन चाहेको बताउँदै कार्यकर्ताको भावनाअनुसार नै उम्मेदवारी दिन लागेको बताए ।

    क्षेत्र नम्बर ३ का सभापति मातृका यादवले पनि आन्तरिक लविङ गरिरहेका छन् । आफू चुनाव लड्ने उद्देश्यका साथ कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेको उनले बताए । क्षेत्र नम्बर ४ का सभापति मुकेश यादवले पनि उम्मेदवारी घोषणा गर्दै प्रचार सुरू गरेका छन् । यस पटक पनि कार्यकर्ताले आफूलाई नेतृत्व सुम्पने उनको विश्वास छ । क्षेत्र नम्बर ५ का सभापति बसिउल्लाह मुसलमानले पार्टीमा अहिले सक्षम नेतृत्व आवश्यक रहेको भन्दै त्यो आफूले पुष्टि गरिसकेको बताए । पार्टीगत गुटको प्रभाव भने क्षेत्रीय अधिवेशनमा पनि पर्ने देखिएको छ ।

    क्षेत्र नम्बर १ मा नेतृत्वमा आउन चाहेका केसी देउवा निकट हुन् । उनीविरुद्ध रामचन्द्र पौडेल समूहले विश्वनाथ यादवलाई उठाउने तयारी गरेको छ । त्यस्तै क्षेत्र नम्बर २ का पौडेलनिकट मानिने हरि लम्सालविरुद्ध देउवा समूहले काजीमान श्रेष्ठलाई उठाउँदै छ । उनी मजदुर नेता हुन् । क्षेत्र नम्बर ३ का सभापति मातृका यादव पौडेल पक्षका हुन् भने उनीविरुद्ध देउवा समूहले सुशील गुरुङलाई प्रतिस्पर्धामा उतार्दै छ ।

    क्षेत्र नम्बर ४ मा भने पौडेल पक्षका मुकेश यादवका प्रतिस्पर्धी देउवा समूहका विनोद श्रीवास्तव छन् । क्षेत्र नम्बर ५ मा फेरि दोहोरिन चाहेका हालका सभापति वसिउल्लाह मुसलमान कांग्रेस नेता भरतकुमार साहनिकट मानिन्छन् । पौडेल पक्षले उनीविरुद्ध उम्मेदवारी छानिसकेको छैन । यो क्षेत्रमा साहको राम्रो पकड मानिन्छ ।

    रामपुरका तीन सय सात जना किसानलाई अनुदानमा गहुँको बीउ वितरण
    आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको सङ्ख्या वृद्धि
    मादलले बजार पाएपछि जुठे बादी प्रसन्न

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.