• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेस अधिवेशन : पालिकामा प्रतिस्पर्धा, जिल्लामा सहयात्रा

  •   आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा पालिका अधिवेशनमा चुनाव लडेका दुई प्यानल जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा एक ठाउँमा उभिएका छन् ।
    गत ९ असोजमा भएको कांग्रेसको पालिका अधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट लडेका सुशील राई (अमित) र कृष्ण सिटौला प्यानलबाट लडेका बाजिन्द्र बिष्टको समूह जिल्ला अधिवेशनमा एक भएका हुन् ।

    देउवानिकट सभापतिका आकांक्षी पूर्वराज्यमन्त्री सर्वधन राई र सिटौलानिकट महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईबीच जिल्ला अधिवेशनमा संयुक्त प्यानल बनाएर चुनाव लड्ने सहमति भएसँगै गाउँपालिकाको दुई प्यानल एक भएका हुन् ।

    हालसम्म जिल्ला सभापतिमा दाबी गर्दै आएका महाधिवेशन प्रतिनिधि भूपेन्द्रले जिल्ला अधिवेशनको अघिल्लो दिन पूर्वराज्यमन्त्री सर्वधनलाई सभापतिमा समर्थन गर्ने सहमति  गरेका हुन् ।

    कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्ट, सभापतिमा पराजित सुशील राई (अमित), कांग्रेस नेता खेम खड्का, देवराज बस्नेत, देवेन्द्र बस्नेत, प्रेमबहादुर बस्नेत, नृपबहादुर चौलागाईंलगायतले दिक्तेलको त्रिवेणीचोकमा सामूहिक तस्बिर खिचाएर दुई प्यानल एक भएको सन्देश दिएका छन् । पालिका अधिवेशनमा बिष्टले ५५ मत र राईले ३४ मत ल्याएका थिए । सो गाउँपालिकामा १०१ जना क्षेत्रीय प्रतिनिधि छन् ।

    नेता खड्का र  नेपाल प्रेस युनियन खोटाङका सभापति उत्तम चौंलागाईं दुई प्यानलबीचमा हारजीतको तुष मेटाउँदै जिल्ला अधिवेशनदेखि आगामी स्थानीय तह लगायतका निर्वाचनमा एक भएर जाने सहमति गराएका हुन् ।

    ‘पालिका अधिवेशनमा नेता तथा कार्यकर्ता दुईवटा फरक टिममा विभाजित थियो । जिल्ला अधिवेशनमा भने संयुक्त रूपमा जाने सहमति बनेको छ’, चौलागाईंले भने, ‘पार्टीलाई थप मजबुद बनाएर आगामी स्थानीय तहको चुनावमा प्रतिपक्षविरुद्ध लड्नसमेत सहज बनेको छ ।’

    कांग्रेसको जिल्ला सभापतिमा पूर्वसभापति विष्णुकुमार राई र महासमिति सदस्य रविप्रकाश राई पनि अघि सरेका छन् । रामचन्द्र पौडेल निकट विष्णुकुमारलाई शेखर कोइराला टिमको समर्थन छ । रविप्रकाश देउवा निकट हुन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.