• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जनयुद्धका पीडित भन्छन्, ‘नेता सत्तामा पुग्ने भर्‍याङमात्रै भइयो’

  •   आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । ९ माघ २०५८ को विहान झिसमिसेमै पोखराको फुलबारी व्यारेकबाट सेनाको टोली आएर घर घेराऊ गरे । कास्कीको पोखरा महानगरपालिका–३२ खुदीखोलाको सुकुम्बासी टोलमा रहेको घरमा सुतिरहेका टंकप्रसाद शर्मालाई सेनाको टोलीले पक्रियो । फुलबारी ब्यारेकबाट क्याप्टेन उत्तम थापा क्षेत्री नेतृत्वमा आएको टोलीले टंकप्रसाद सहित सुकुम्बासी बस्तीबाट नौ जनालाई हातखुट्टा बाँधेर आँखामा कालोपट्टी लगाएर कुट्दै लगे ।

    पक्राउ परेको केही दिनअगाडि गगनगौँडामा रहेको प्रहरी बिटमा तत्कालीन विद्रोही माओवादीले आक्रमण गरेको थियो । आक्रमणमा संग्लन भएको आंशकामा सकुम्बासी बस्ती छिरेर सोधपुछका लागि नौ जनालाई सेनाले पक्रिएको थियो । पक्राउ परेका अरु आठ जनालाई सेनाले छाडिदियो, घर फर्किए ।  सोधपुछ गरेर पठाइदिन्छौ भनेर सेनाको टोलीले लगेको टंकप्रसादलाई २० बर्षदेखि फिर्ता गरेको छैन । उनी अझै वेपत्ता छन् । न उनको लास भेटिएको छ न त सास नै ।

    ‘फुलबारी ब्यारेकमा लगेछ भन्ने थाहा भएपछि दिनदिनै जसो ब्यारेकको गेटमा पुगेर उहाँको अवस्था के छ भनेर सोधपुछ गर्थे । यहाँ ल्याएको छैन भनेर जवाफ दिन्थे,’ टंकप्रसादकी पत्नी आरती शर्मा सम्झन्छिन् । आरतीले १० बर्षे सशस्त्र जनयुद्धका बेला वेपत्ता पारिएका श्रीमान खोज्दा खोज्दै २० बर्ष बिताएकी छन् । पुग्नपर्ने ठाउँ पुगिन्, भेट्नुपर्ने मान्छे भेटिन उनले । तर अझै पनि श्रीमानको केही पत्तो पाएकी छैनन् । टंकलाई पक्रेर लग्ने सुरक्षाकर्मीविरुद्ध आरतीले पटक पटक जाहेरी दिन खोज्छिन् । प्रहरीले इन्कार गर्छ । न्याय माग्दै अदालतको ढोका ढक्ढक्याउँदा पनि उनको चित्कार सुनिँदैन ।

    जतिबेला टंकप्रसाद पक्राउ परेका थिए त्यतिबेला नेकपा माओवादी शसस्त्र द्वन्द्वमा होमिरहेको थियो ।  ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौता गरी १० बर्षे द्वन्द्वकालको समापन गर्दै माओवादीले हतियार बिसाएको थियो । हतियारको राजनीति छाडेर माओवादीले शान्ति सम्झौता रोजेको आइतबार १५ बर्ष पुगेको छ ।

    यो अवधीमा माओवादी केन्द्रले पटक–पटक सत्ताको स्वाद चाख्यो । जुन पार्टीमा लागेको आशंकामा टंकप्रसाद वेपत्ता भए त्यही पार्टी सत्ताको भर्‍याङ चढ्दा अपेक्षा गरेजस्तो आफ्नो घाउमा मल्हम लगाउने काम नगरेको आरती बताउँछिन् । वेपत्ताको स्थिति सार्वजनिक गर्नलाई पहल नभएको उनको गुनासो छ । २०औँ बर्षसम्म वेपत्ताको स्थिति सार्वजनिक नहुँदा चर्किरहने आलो घाउ बनरे विझाइरहेको छ । घाउलाई निको पार्ने मल्हम लगाउने भूमिका राज्य र पार्टी दुबैले नखेलेको उनको भनाइ छ । ‘हामीले गर्दा नै नेता सत्तामा पुगे । हामी नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङमात्र भइयो । सबै पार्टीका नेता मिलेर वेपत्ताको खोजी गर्ने हो भने समय लाग्दैन । वेपत्ताको स्थिति पत्ता लगाउन सकिहाल्छन् नि,’ उनले भनिन् ।

    वेपत्ता छानविन आयोगले केही गर्ला भनेर आशा पलाएको थियो रे उनलाई । तर आयोगले पनि गर्न केही सकेन सोधपुछबाहेक । ‘आयोग बने पनि पनि काम गर्दागदै समय सकिन्छ, थप हुँदैन । आयोगसँग आश लागेको थियो हामीले चाहेको होला भनेर । त्यत्तिकै भयो,’ आखाँबाट आसु खसाल्दै उनी भन्छिन्, ‘कम्तीमा भए सास, नभए लास मात्रै दिए पनि ढुक्क हुन्थ्यो । काजकिरिया गर्न त पाइन्थो ।’

    आरती आफ्ना श्रीमान एक दिन अवश्य फर्किआउने आशा बोकेर बाँचिरहेकी छन्, खोजिरहेकी छन् । श्रीमानलाई सेनाले पक्रेर लगेको खुदीखोलाको सकुम्बासी बस्तीबाट आरती हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा बसाई सरेकी छन् । सरकारले बेपत्ता परिवारलाई दिएको १० लाख रुपैयाँ राहतमा थपथाप गरेर पृथ्वी राजमार्गको छेउैमा घर बनाएकी छन् । गुजारा चलाउनलाई घरमै किराना पसल चलाउँछिन् । दिनभरजसो उनी पसलमै भेटिन्छन् । जतिबेला पनि उनको नजर घर अगाडिको पृथ्वी राजमार्गमा हुईकिएका सवारीतिर परिरहन्छ । ‘कुनै दिन यहीँ बाटो गुडिरहेको गाडीबाट झरेर आरती म आए भन्दै टंक आउनेछन्,’  उनीसँग यही आशाको त्यान्द्रो सहारा बनेको छ ।

    शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका श्रीराम घिमिरे पनि २२ बर्षदेखि बेपत्ता छन् । माओवादीको जनयुद्धमा होमिएका उनलाई १ बैशाख २०५६ मा दंगा प्रहरीले तनहुँको वरभञ्जयाङ नागनागिनीबाट नियन्त्रणमा लिएर वेपत्ता बनाएको हो । वेपत्ता भएको २२ बर्षसम्म श्रीमती सर्वदा खनाल श्रीमानको अवस्था सार्वजनिक गर्न माग गर्दै नपुगेको निकाय सायदै होला ।

    सर्वोच्च अदालतको शरणमा पनि पुगिछन् एकपटक । सर्वोच्चले उनलाई लाजमर्दो जवाफ दिएछ, ‘आफ्नो मान्छे आफैँ खोज्नुहोला’  ।  ‘त्यतिबेलाको सरकारले नबोलेपछि सधैँभरी घाउ आलो भइरहेको छ । सास रहुन्जेल आश हुन्छ भनेझैं भइरहेको छ । वेपत्ताको अवस्था सार्वजनिक गर्न पार्टीले पनि राम्रो भूमिका खेलेन् ।  सरकारमा गएपछि एउटा पोल खुल्दा अर्को पोल पनि खुल्छ भनेर हो कि ?’ उनको आशंका छ ।

    श्रीमान कहाँ होलान ? अवस्था के होला ? उनलाई सधैँभरी छट्पटि भइरहन्छ । अवस्था सार्वजनिक गरेर पीडितलाई राहत र पीडकलाई कारवाही नभएसम्म सन्तोष नमिल्ने उनको भनाइ छ ।  ‘कस्ले गिरफ्तार गर्‍यो ? कहाँ लगियो सबै प्रमाण दिएका पनि छौं । वेपत्ता छानविन आयोगले पनि काम गर्न सकेन् । सत्यतथ्य बाहिर आएन । कहाँनेर के अड्कियो बुझ्न सकेका छैनौं,’ उनले भनिन् ।

    १० बर्षे सशस्त्र जनयुद्धमा तनहुँका ६६ जना शहीद बने । १७ जना विद्रोही र राज्यपक्षबाट बेपत्ता भएका छन् । चार जना जिल्ला बाहिरका तनहुँबाट बेपत्ता भएको तथ्यांक छ । विद्रोही पार्टी नेकपा माओवादी र नेपाल सरकारबीच ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौता भएर विद्रोही पार्टीले सत्तारोहण गर्दा शहीद, वेपत्ता र द्वन्द्व पीडित परिवारमा आशा पलाएको थियो वेपत्ताको खोजविन र अवस्था सार्वजनिक होला भनेर । आशा अहिले निराशामा बद्लिएको छ ।

    शहीद, बेपत्ता नागरिक, पूर्व लडाकु, द्वन्द्वमा घाइते भएकाको समस्या जस्ताको तस्तै छ अझै पनि । केवल उनीहरु नेता सत्तारोहणको भर्‍याङमात्र सावित भएका छन् । राज्यले वेपत्ता नागरिकको लागि काम गर्नै नसकेको बताउँछन् वेपत्ता परिवारका सदस्य भानु नगरपालिका–१ भन्सारका रामचन्द्र मिश्र । ‘वेपत्ता परिवारको अपेक्षाअनुसार काम भएन । राहत दिने काम भयो । खोजविन गर्ने काम धिमा गतिमा भएको छ ।  यो १५ वर्षमा त अवस्था के छ पत्ता लगाई दोषीलाई कारवाही गर्नुपर्ने थियो । यदि राज्यले चाहेको भए यो काम गर्न सक्थ्यो पनि । पार्टीले पनि राज्यलाई झक्झकाई रहनुपर्ने । त्यसो हुन सकेन’, मिश्रले भने । न्युज कारखाना

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.