• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेस महाधिवेशन : ओखलढुंगाकाे दुवै क्षेत्रमा संस्थापन पक्षको प्यानलै विजयी

  •   सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ओखलढुंगा ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनमा शेरबहादुर देउवा पक्षीय उम्मेदवारको प्यानलै निर्वाचित भएको छ । देउवा समर्थित समूहको जिल्ला समापतिका उम्मेदवार तेजेन्द्र खनाल समूहकाे प्यानलै निर्वाचित भएको हो ।

    खनाल नेतृत्वको क्षेत्रीय समितिका पदाधिकारी तथा प्रदेश प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र १ ‘क’ मा सन्तोषबाबु थापाको प्यानलै विजयी भएको छ । उनका प्रतिद्वन्द्धी होमबहादुर कार्की थिए । थापाले खसेको १३ सय ५८ मतमध्ये तीन सय ६९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी पुराना नेता होमबहादुर कार्कीले दुई सय ७७ मत मात्रै ल्याएका थिए ।

    उप-सभापतिमा कृष्णप्रसाद कोइराला चार सय एक मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी केशरबहादुर गुरुङले तीन सय ८८ मत ल्याए । सचिवमा उमंग श्रेष्ठ तीन सय ९० र ऋषिकुमार चौलागाईले तीन सय ६६ मत ल्याएर विजयी भएका छन् । सह-सचिवमा दोर्ची शेर्पा तीन सय ८४ मत र पुष्कर थापा तीन सय ५९ मत ल्याएर विजयी भएका छन् ।

    प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा देउवा पक्ष तेजेन्द्र खनाल प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । बालकृष्ण दाहाल प्यानलका सबै उमेदवार पराजित भएका छन् ।

    निर्वाचन क्षेत्र ‘ख’ मा ६ सय ६७ मत खसेकोमा ४३ मत बदर भएको थियो । यो क्षेत्रमा तीन सय ३४ मत ल्याएर आश्राचन राई विजयी भएका छन् । उनका प्रतिस्पर्धी कुलबहादुर श्रेष्ठले दुई सय ९१ मत ल्याएका थिए ।

    उपसभापतिमा चार सय दुई मत ल्याएर विष्णुकुमार कार्की र तीन सय ६० मत ल्याएर रुद्रप्रसाद घिमिरे विजयी भएका छन् । सचिवमा कल्याण राई तीन सय ७८ मत र केशरबहादुर तामाङ तीन सय ५६ मत ल्याएर विजयी भएका छन् ।

    सह-सचिवमा नरध्वज खड्का तीन सय २५ मत र नवीनकुमार खड्का तीन सय ७६ मत ल्याएर विजयी भएका छन् । बालकृष्ण दाहाल पक्षका दुई जना प्रदेश प्रतिनिधिका उम्मेदवार मात्रै विजयी भएका छन् । यो पक्षका विन्दा बोगटी र गोविन्द गिरी मात्रै निर्वाचित भए । यो समूहलाई वर्तमान जिल्ला सभापति प्रदिपकुमार सुनुवारको समर्थन थियाे ।

    क्षेत्रको परिणामले प्रभाव 

    क्षेत्रीय समितिको मत परिमाणले जिल्लाको म‌ंगलबार हुने निर्वाचनमा समेत प्रभाव पार्ने अनुमान छ । दुई कार्यकाल सभापति चलाएका प्रदिप सुनुवारको समर्थन रहेकाले संस्थापन पक्ष निकै बलियो देखिएको छ । उनले वर्तमान जिल्ला उप-सभापति तेजेन्द्र खनालको नेतृत्वमा प्यानलै उम्मेदवार बनाएका छन् ।

    कोइराला पौडेल समूहका उम्मेदवारका हिसाबले निकै पुराना र राजनीतिक रुपमा स्थापित नेता बालकृष्ण दाहाल ‘हेभीवेट’ मानिएका छन् । उनी यसअघि सुनुवारसँगै पराजित भएका थिए ।

    जिल्लामा मनोनयन हुँदै 

    जिल्ला नेतृत्वका लागि मनोनय सुरू भएको छ । मंगलबार हुने मतदानका लागि मनोनयन सुरू भएको हो । जिल्लामा पनि स‌ंस्थापन र कोइराला पौडेल समूहको प्यानलै उम्मेदवारी दर्ता गर्ने तयारी छ । आजै साँझसम्म जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधिको मनोनयन तथा अन्तिम नामावली प्रकाशन हुनेछ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.