• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बिग्रेका डिप ट्युबेल वर्षौंसम्म मर्मत हुन सकेनन्, महंगोमा बोरिङ गाड्दै किसान

  •   सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल ।  रुपन्देहीमा सिँचाइका लागि जडान भएका डिप ट्युबेल वर्षौसम्म मर्मत सम्भार हुन सकेका छैनन् । डिप ट्युबेल मर्मत नहुँदा करिब १० वर्षदेखि रुपन्देहीको भूमिगत सिँचाइ प्रभावित भएको छ ।

    जलउपभोक्ता समितिलाई २०५८ सालमै हस्तान्तरण गरिएका १६९ वटा ट्युबेलमध्ये २४ वटा पूर्णरुपमा बन्द भएका छन् भने ४० वटाको क्षमता खस्किएको छ ।

    डिप ट्युबेल बिग्रेर मर्मत सम्भार हुन छाडेपछि रुपन्देहीका किसानले महंगोमा बोरिङ गाड्न थालेका छन् । कतिपय किसानले आफ्नै लगानीमा स्यालो ट्युबेल जडान गरेका छन् भने कतिपय स्थानीय पालिकाहरूले पनि अनुदानमा उपलब्ध गराएका छन् ।

    रुपन्देहीमा ४० हजार हेक्टर जमिन सिंचित गर्ने उद्देश्यले २०३३ सालमा डिप ट्यूबेल (भूमिगत सिँचाइ) निर्माण सुरु भएको थियो । तर, किसानको बेवास्ता र सरकारले मर्मत सम्भार नगर्दा झण्डै साढे दुई अर्ब रुपैयाँलागतको भूमिगत जल सिँचाइ अलपत्र छ । रोहिणीका किसान रामकिसुन चौधरीले डिप ट्युबेल बन्द भएपछि आफ्नै लगानीमा बोरिङ गाडेको बताए ।

    ‘महंगोमा बोरिङ गाडेर सिँचाइ गर्दा उत्पादन लागत बढ्छ । अहिले धेरै किसानलाई डिप ट्युबेल बिग्रेकाले समस्या भएको छ’, उनले भने । विश्व बैंकको दुई अर्ब ३९ करोड ९५ लाख रुपैयाँ ऋण अनुदानमा भैरहवा–लुम्बिनी भूमिगत जल सिँचाइ परियोजना निर्माण सम्पन्न भएको थियो ।

    जसअन्तर्गत १६९ वटा डिप ट्युबेल निर्माण भएका थिए । १६ वटा आफँै अर्थात अटिजन सिस्टमबाट मात्र चलेको भैरहवा–लुम्बिनी भूमिगत जल सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका सूचना अधिकारी मोहनकुमार नेपालले बताए ।

    डिप बोरिङसहित तीनवटा विद्युत सवस्टेशन निर्माण र करिब दुई सय किलोमिटर कृषि सडकसमेत ग्राभेल भएको थियो । तर, अधिकांश सडक भत्किएका छन् भने केही अतिक्रमणमा परेका छन् ।

    भूमिगत सिँचाइ रुपन्देहीका १३ स्थानीय तहमा फैलिएको छ । ट्युबेल बन्द हुने र सिँचाइ क्षेत्र घट्दै जान थालेपछि तीन वर्षअघि संघीय सरकारले तीन वर्षे मर्मत योजना बनाएर १८ करोड ३३ लाख रुपैयाँ छुट्टयाएको थियो ।

    बन्द भएका सबै ट्युबेल मर्मत गरेर सञ्चालन गर्न सरकारले उपलब्ध गराएको रकम पर्याप्त नभएको सूचना अधिकारी नेपालले बताए । ‘अहिले पनि मर्मत संभारका लागि बजेट अभाव छ । बजेट नभइकन बन्द भएका र बिग्रिएका डिप ट्युबेल मर्मत गर्न सकिँदैन’, उनले भने ।

    २०३३ मा सुरू भएको आयोजना २०५४ देखि २०५८ सम्म निर्माण सम्पन्न गरी जल उपभोक्ता समिति गठन गरेर हस्तान्तरण गरिएको थियो । उपभोक्ता समितिलाई हस्तान्तरण गरेको वर्ष २०५८ मै नेपाल सरकारलाई आयोजनाले डिप ट्युबेल हस्तान्तरण गरेको हो ।

    निर्माण सम्पन्नपछि संरक्षण र व्यवस्थापनको जिम्मा उपभोक्ता समितिले हेर्छ भने मर्मत सम्भार र क्षेत्र विस्तारको काम भैरहवा–लुम्बिनी भूमिगत जल सिँचाइ व्यवस्थापन डिभिजन भैरहवाले गर्दै आएको छ ।

    रुपन्देहीमा ८३ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये सुरूमा २० हजार हेक्टर जमिनको सिँचाइ डिप ट्युबेलले भएकोमा अहिले घटेर १५ हजारमा सीमित भएको छ । भूमिगत जलस्रोत सिँचाइ अन्य सिँचाइ व्यवस्थापनको तुलनामा उपयुक्त मानिन्छ । बन्द ट्युबेल लामो समय सञ्चालनमा नआउँदा किसानले सिँचाइका लागि अन्य विकल्प खोज्न थालेको सूचना अधिकारी नेपालले बताए ।

    रुपन्देहीमा भूमिगत स्यालो तथा सिँचाइ आयोजना अन्तर्गत एक हजार ९९४ वटा स्यालो ट्युबेल पनि जडान भएका छन् । जडान गरिएका स्यालो ट्युबेलले करिब पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ ।

    जय महाकाली स्यालो ट्यूबेल जल उपभोक्ता समिति मर्चवारका राधेश्याम यादवले स्यालो ट्युबेलको प्रयोग गरी सिँचाइ गरिरहेको बताए । ३५/४० फिटको गहिराइबाट पानी निकाल्न सकिने र बिजुली नभएको ठाउँमा पनि सजिलैसँग कम खर्चमा सञ्चालन गर्न सकिने भएकाले यो ट्युबेलको माग बढ्दै गएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.