पोखरा । गण्डकी प्रदेशमा सोमबार बिहान २० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्याङ्जा र नवलपरासी पूर्वका २० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए। उनकाअनुसार स्याङ्जामा १२ जना र नवलपरासीमा ८ जना कोरोना संक्रमित थपिएका हुन्। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ। शर्माकाअनुसार उनीहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन्।









