• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

वीरेन्द्रनगरमा पानीको हाहाकार, भेरी पम्पिङ खानेपानी आयोजना अघि बढ्ने प्रक्रियामा ढिलाइ

  •   मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुर्खेत  ।  सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । वर्सेनि बढ्दो सहरीकरणसँगै पानीको हाहाकार हुन थालेको छ । यहाँ हिउँदको सिजनमा पानीको हाहाकार नै हुन्छ । उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गरिँदै आएको छ । अझै १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग छन । भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने भने पनि उक्त महत्वाकांक्षी योजना अझै लम्बिने भएको छ । आयोजना निर्माण थाल्नुअघिका प्रक्रियामै लामो समय लाग्ने देखिएको हो । यसअघि तिहारलगत्तै टेन्डर हुने भनिए पनि हालसम्म संरचना बन्ने स्थानको जग्गा प्राप्तिलगायतका प्रक्रिया अघि बढाइएको छैन ।

    सरोकारवालासँग छलफल तथा स्थलगत अनुगमन 

    आयोजना प्रभावित क्षेत्रको वातावरणीय तथा सामाजिक प्रभावबारे अध्ययन गर्न बल्ल सरोकारवालासँग छलफल तथा स्थलगत अनुगमन थालिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले समस्या केही नरहे पनि निर्माणपूर्वका थुप्रै कामहरू गर्न भने बाँकी रहेको जनाएको छ । विभागका सिनियर डिभिजन इन्जिनियर सुरत बमले आयोजनाको दिगो सञ्चालन व्यवस्थापन पक्षको अध्ययन अघि बढाइएको जनाए । ‘लगानी गर्न विश्व बैंक इच्छुक छ,’ उनले भने, ‘तर, नेपाल सरकारसँग हस्ताक्षर भने भइसकेको छैन ।’ उनका अनुसार यही गतिमा कामअघि बढे मंसिर तेस्रो सातासम्म द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर हुने सम्भावना छ ।

    भेरी पम्पिङ आयोजना सञ्चालनको दिगोपनाबारे विश्व बैंकले सुनिश्चितता खोजेको छ । अहिले वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था कुन मोडेलमा सञ्चालन हुने भन्ने अन्योल रहेकाले विश्व बैंकले यसमा बढी चासो देखाएको छ । संस्थालाई कुन मोडेलमा लैजाने भन्ने विवाद कायमै छ ।
    नयाँँ उपभोक्ता समिति बनेन 

    हालको उपभोक्ता समितिको कार्यकाल सकिएको तीन वर्षभन्दा बढी भइसक्दा पनि नयाँ कार्यसमिति बनेको छैन । संस्था कुन निकाय मातहत रहने र कस्तो संरचना बनाउने भन्नेबारे टुङ्गोसमेत लागेको छैन । समस्या सुल्झाउन वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी संयोजक रहेको कार्यदलले संस्थालाई कम्पनी मोडेलमा लैजाने गरी विकल्प सुझाएको छ ।

    संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार सोही सुझावमाथि सरोकारवाला निकायसँग छलफल चलिरहेको छ । कम्पनी मोडेलमा जाने तथा संस्थाको समितिमा तीनै तहका सरकारका प्रतिनिधि र विज्ञसहितको टिम राख्नुपर्ने कार्यदलले सुझाएको उनले जनाए । कार्यदलका सदस्य सचिवसमेत रहेका देवकोटाले भने, ‘संस्था सञ्चालन र व्यवस्थापनका विभिन्न वैकल्पिक मोडलहरू छन । नागरिकको प्रत्यक्ष लगानी रहेकाले उपभोक्ताबाटै नेतृत्व छानिनु पर्छ भन्ने हाम्रो जोड हो ।’

    कानुनी आधार तथा सञ्चालन व्यवस्थापन लगायतका कुनै समस्या नरहेको अवस्थामा मात्र निर्माण प्रक्रिया अघि बढाउने तयारीमा विश्व बैंक छ । ‘हालसम्मको अवस्था हेर्दा निकै सकारात्मक वातावरण बन्दै गएको छ,’ विश्व बैंकका सल्लाहकार सुमन शर्माले भने, ‘सन २०२० बाट सुरू गर्ने गरी विश्व बैंकले यसलाई प्राथमिकतामा राखेको छ ।’ भेरी पम्पिङ आयोजना अघि बढाउन ठूलै समस्या केही नदेखिएको उनको भनाइ छ ।

    ७० प्रतिशत खर्च विश्व बैंक र ३० प्रतिशतम रकम नेपाल सरकार

    आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशतम रकम नेपाल सरकारले लगानी गर्नुपर्ने छ । उक्त लगानी तीनवटै तहका सरकारको समन्वय तथा सहकार्यमा हुने विभागले जनाएको छ ।

    पहिलो चरणका संरचना निर्माणमा मात्र तीन अर्ब २३ करोड ६३ लाख ९९ हजार लागत अनुमान गरिएको छ । पहिलो चरण अन्तर्गत इन्टेक इस्टक्चर, रिजर्व ट्याङ्की, पाइपलाइन विस्तारलगायतका काम हुनेछन । दोस्रो चरणमा सेवा विस्तारका लागि संरचनाहरू बन्नेछन् । यसको भने खर्चको आ‌ंकलन विभागले गरिसकेको छैन । विभागले वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्न दीर्घकालीन योजनासहित आयोजना कार्यान्वयमा जाने बताएको छ ।

    भेरी पम्पिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्न पनि निकै समय लागेको थियो । केही दिन पहिले मात्र आयोजनाको डीपीआर बनेको हो । भेरी पुल र झुप्रा खोलाको दोभान नजिकबाट पानी पम्पिङ गरेर अमृतडाँडामा ल्याउने र त्यहाँबाट उपत्यकामा वितरण गर्ने योजना छ । तर, आयोजनाका भौतिक संरचना निर्माण गर्ने भनिएका ठाउँ वन क्षेत्रमा पर्ने भएकाले त्यसको प्राप्तिका लागि समय लाग्ने देखिएको छ । विगत पाँच वर्षदेखि चर्चा हुँदै आएको आयोजनाको निर्माण पहिलेका प्रक्रियामै धेरै समय लाग्ने भएको हो ।

    वीरेन्द्रनगरमा पर्याप्त खानेपानी  छैन

    कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा खानेपानी पर्याप्त छैन । बढ्दो जनसंख्यासँगै पानीको संकट चुलिँदै गएको छ । यहाँ हिउँदको सिजनमा पानीको हाहाकार नै हुन्छ । उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गरिँदै आएको छ । अझै १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग छन् । भेरी पम्पिङ आयोजना सम्पन्न भए ३० वर्षसम्मका लागि उपत्यकालाई खानेपानी पुग्ने बताइएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.