• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जुम्लाकाे जुफालमा टिकटको सधैं सास्ती

  •   मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जाजरकोट । फिल्म बुलाकीको छायांकन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । दुई दिनपछि बल्ल टिकट पाएपछि उनी नेपालगन्ज हुँदै काठमाडाैं  गइन ।

    दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाइ मार्गबाट उडानका लागि होटलका सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउँमा हारगुहार गर्नुपर्याे । दुई दिनपछि भए पनि टिकट पाएर नेपालगन्ज पठाउन सकेकाेमा हाेटल सन्चालक डाँगीले खुसी व्यक्त गरे । बुटवलका रमेश न्यौपानेले जुफाल विमानस्थलमा टिकटका लागि चार दिन धाउनु परेकाे बताए । उनले भने,‘चार दिनपछि निकै सकस गरेर टिकट पाइयो, आकाशमा बादल देखिन बित्तिकै यहाँ हिउँ पर्न सुरू हुँदोरहेछ । चिसोको मात्रा पनि धेरै रहेछ । अनलाइनबाट टिकट दिने व्यवस्था भए सजिलो हुन्थ्यो, तर यहाँ यात्रु धेरै हुँदा प्राथमिकताका आधारमा जहाजमा जान पाइदो रहेछ ।’

    ‘बिहान ४ बजेदेखि नै विमानस्थलको मूल ढोकामा टिकटका लागि यात्रुहरू लाइन बसिरहेका हुन्छन् । टिकट भए सबैलाई दिन मन हुन्थ्यो तर के गर्नु ?’ समिट एयरका प्रमुख पूर्णजंग शाहीले भने, ‘हामीसँग जम्मा १७ वटा सिट हुन्छ, त्यसमा बिरामी, महिला र अन्य सबै मिलाउदा भनेजति उडाउँन सकिँदैन । तर, पनि सक्दो मिलाउने काम भइरहेको छ ।’

    उनका अनुसार समिटले दिनमा एक वटा जहाज डोल्पाका लागि उडान भर्ने गर्छ । डोल्पाबाट टिकट पाएर बाहिर जाँदा र आउँदा ठुलै युद्ध जिते झैँ हुने यात्रुहरू बताउँछन् । डोल्पामा प्रेस सेन्टरको जिल्ला अधिवेशन सम्पन्न गर्न हिँडेका कर्णाली प्रदेशका इन्चार्ज ध्रुवविक्रम बुढाथोकीले नेपालगन्ज विमानस्थलमा र जुफाल विमानस्थलमा यात्रुहरूको चाप देख्दा अचम्ममा परेको बताए । उनले भने, ‘सडक मार्ग राम्रो भएको भए सायद हवाइ मार्गमा यति धेरै चाप हुने थिएन होला ।’

    नेपालगन्ज-डोल्पाको भाडा नाै हजारभन्दा बढी छ । जुफाल-नेपालगन्जकाे भाडा पनि पाँच हजारभन्दा बढी छ । जति महंगो टिकट भए पनि भनेको बेला नपाउँदा यात्रुहरूले समस्या भोग्दै आएका छन् ।

    डोल्पामा निजी क्षेत्रका समिट, ताराले दैनिक एक एक उडान भर्दै आएका छन् । नेपाल एयरलाइन्सले डोल्पामा उडान नगरेको करिब दुई वर्ष पुग्नै लाग्याे । यात्रुहरूको चाप हेरेर उडान संख्या थप्नु पर्ने माग डोल्पाबासीको छ । जुफाल विमानस्थलकाे केही समयअघि स्तरउन्नती भएकाे थियो । तर, पिच गरेकाे दुई वर्ष नबित्दै धावनमार्ग चिरा, चिरा परेर अवतरणमा समस्य हुन थालेकाे विमान कम्पनीहरूले बताएका छन् ।

    सडकको स्तरउन्नतीको ढिलाइले हवाइमार्ग रोजाइ
    जाजरकोट-डोल्पा सडक खण्डको ११८ किलोमिटर लम्बाइ मध्ये १७ किलोमिटर सडकमा स्तरउन्नती सुरू भएकाे दुइ वर्ष भइसक्याे । तर, अझै पूरा भएको छैन ।

    सडक खण्डको बीचमा रहेका १३ वटा पुलमध्ये जाजरकोट खण्डको अधिकांश पुल निर्माणको चरणमा भए पनि डोल्पा खण्डमा निर्माण नै सुरू नहुँदा यात्रुहरूले सास्ती भोग्दै आएका छन् । सडक डिभिजन चौरजहारीले सडक र पुल निर्माणको जिम्मा लिएको छ ।

    रिम्नाबाट तल्लुसम्मकाे सडक स्तराेन्तती गर्ने गरी प्रक्रिया अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख ध्रुव झाले बताए । यी खण्डमा अघिल्लो वर्ष नै निर्माण कार्य पूरा गर्ने भनिएकाे थियाे । तर, यो वर्ष पनि निर्माण सम्पन्न हुनेमा स्थानीयले शंका गरेका छन् । निर्माणको गति हेर्दा यो वर्ष पनि पुल नबन्ने सम्भावना देखिएको डोल्पाका प्रदेश सभा सदस्य वीरबहादुर शाहीले बताए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.