• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

साइकल यात्री पराजुलीले पुर्‍याए सिलिचुङको शिखरमा साइकल (तस्विर सहति)

  •   मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । मुन्दुम ट्रेल (मुन्दुम मार्ग)को प्रवर्द्धनका लागि साइकल यात्री तेजप्रसाद पराजुली (एभरेष्टबाबु)ले सिलिचुङ टपमा साइकल पुर्‍याएका छन् । गत वैसाखमा मुन्दुम ट्रेल अन्तर्गत भोजपुर, सुन्तले, मैयूँडाँडा, हाँसपोखरी, दलसिंगे हुँदै चखेवाभञ्ज्याङबाट भोजपुर नै फर्किएका साइकल यात्री पराजुली भिर/पहरा छिचोल्दै सिलिचुङको शिखरमा साइकल पुर्‍याउन सफल भएका हुन् ।

    साइकल कुदाएर नेपालका ७७ जिल्लाको यात्रा गरिसकेका पराजुलीले महाकुलुङ बुङ, छेस्काम हुँदै गुदेलदेखि ट्रेकिङ र साइकलमार्फत हिलारी नोर्गे ट्रेल हुँदै साल्पा पोखरी दर्शन गरेर सिलिचुङको शिखरमा साइकल पुर्‍याएको मुन्दुम ट्रेलका प्रवर्द्धक मैयूं-टेम्के-साल्पा-सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्र (एमटीएसएसटीसीपी)का अध्यक्ष रमेश राईले जानकारी दिए ।

    पराजुलीले मुन्दुम ट्रेलको इतिहासमा सिलिचुङको टपमा साइकल पुर्‍याउने पहिलो साइकल यात्रीको इतिहास बनाएका छन् । समुद्री सतहबाट ४१६५ मिटर अग्लो सिलिचुङ भोजपुर, सोलुखुम्बर र संखुवासभाको बीचमा छ ।

    खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थलको पर्यटन प्रवर्द्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेलको प्रचारप्रसारमा झापा चन्द्रगढीका साइकल यात्री पराजुली पनि चासोका साथ लागिपरेका छन् ।

    मुन्दुम ट्रेलको मूख्य गन्तव्यका रूपमा रहेको साल्पा पोखरी नजिकै ‘साल्पा स्तम्भ’ उद्घाटन गरिएको छ । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाले तयार पारेको डीपीआरअनुसार सालपा कल्याणकारी कोषको लगानीमा निर्माण गरिएको स्तम्भ पूर्वसांसद एवं सालपा विकास बैंक खोटाङका अध्यक्ष टंक राईले उद्घाटन गरेका हुन् । मुन्दुम ट्रेलका प्रवर्द्धक मैयूं-टेम्के-साल्पा-सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्र (एमटीएसएसटीसीपी)का अध्यक्ष राईको संयोजनमा ‘साल्पा स्तम्भ’ निर्माणको सुरूदेखि अन्तिमसम्मको काम सम्पन्न भएको हो । प्राज्ञ नारदमनी हार्तम्छालीले सो स्तम्भको डिजाइन गरेका हुन् ।

    खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थल चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा पोखरी, सिलिचुङडाँडा लगायतको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो ।

    मुन्दुम ट्रेलमा खोटाङको साकेला गाउँपालिकाको तावाभञ्ज्याङबाट भोजपुरको टेम्केमैयूं गाउँपालिका, खोटाङको केपिलासगढी गाउँपालिका, भोजपुरको साल्पा सिलिचोँ गाउँपालिका, साल्पापोखरी हुँदै साल्पा सिलिछो पिक पुर्‍याउने र ताराखसे पोखरीबाट भोजपुरको षडानन्द नगरपालिका, भोजपुर नगरपालिका हुँदै मध्यपहाडी लोकमार्गको साम्पाङ चोकलाई समेटिएको छ ।

    आन्तरिक तथा वाह्य पर्यटकलाई यात्रा गराउँदै पर्यटन प्रवर्द्धन गर्ने र आन्तरिक आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ मुन्दुम ट्रेलको परिकल्पना गरिएको मैयूं-टेम्के-साल्पा-सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले जनाएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.