• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवनको शक्तिखोरमा युवतीहरुको लागि स्वास्थ्य सचेतना तथा सेनेटरी प्याड वितरण

  •   सोमबार, फागुन २६, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ९ शक्तिखोरमा युवतीहरुका लागि स्वास्थ्य सचेतना कार्यक्रम तथा निशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    शक्तिखोर, सिद्धि र काउलेका ६० जना युवती तथा महिलाहरुको सहभागिता रहेको कार्यक्रम सामुदायिक सहयोग केन्द्र सौराहाको स्थानीय संयोजन तथा लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरको सहयोगमा सो कार्यक्रम भएको थियो ।
    “महिनावारी र सो समयमा अपनाउनुपर्ने सजगता” को विषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो । १सय१०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा आयोजित कार्यक्रममा लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरले आफ्नो व्यवसायिक, सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो कार्यक्रममा विशेष सहयोग गरेको थियो ।
    कार्यक्रममा संचारिका समूह चितवनकी अध्यक्ष तथा पत्रकार अजिता अधिकारीले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । अध्यक्ष अधिकारीले महिलाहरुको महिनावारी प्राकृतिक प्रक्रिया भएको भन्दै स्वस्थ जीवनयापनको लागि महिलाहरुले “मेरो स्वास्थ्य मेरो अधिकार” लाई विशेष जोड दिनुपर्ने बताउनुभयो ।

    समतामूलक समाज निर्माणमा महिलाहरुले सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा आफ्नो पहिचान बनाउनुपर्ने भन्दै उहाँले आफ्नो कर्तव्य र अधिकार प्रति महिलाहरु सधैँ सजग हुनुपर्ने बताउनुभयो ।
    लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरकी संचालक प्रभा बरालले आफू लामो समय वैदेशिक रोजगारीमा देश बाहिर रहनु बाध्यात्मक अवस्था रहेको भन्दै आफूले जानेको सीप र क्षमताको प्रयोग गर्दै महिलाहरु अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले आफ्नै कर्मभूमिमा आई केही गर्नुपर्छ भन्ने सोचेर एक दशक लामो वैदेशिक रोजगारीलाई छाडेर चितवनमा नै व्यवसाय थालेको बताउनुभयो ।

    सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आगामी दिनमा पनि विपन्न र पछाडी पारिएका महिलाहरुको लागि विभिन्न सहयोग कार्यक्रम गर्ने समेत उहाँले बताउनुभयो । सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र सौराहाका कार्यालय प्रवन्धक दिपेन्द्र खरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा युवती तथा महिलाहरुलाई निशुल्क सेनेटरी प्याड समेत वितरण गरिएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.