हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल सहित जिल्ला समन्वय समिति मकवानपुरको टोलीले सोमबार बकैया र बागमती गाउँपालिकाको अनुगमन गरेका छन । मुख्यमन्त्री पौडेल सहित जिसस टोलीले पुर्वी मकवानपुरको बकैया र कागमती गाउँपालिकाको समग्र विकास निर्माणका बारेमा जानकारी लिनुका साथै मकवानपुर र सिन्धुली जोड्ने धरान चतरा सडक अन्तरगतको बागमती खोलामा निर्माणधिन पुलको स्थलगत अवलोकन समेत गरेका छन ।स्थलगत अवलोकन गर्नुहुदै मुख्यमन्त्री पौडेलले बागमती खोलामा निर्माणधिन पुलकोकाम संतोषजनक नै भएको बताएबा छन । नुगमनका क्रममा मुख्यमन्त्री पौडेलले वागमती खोलाको नदि उकास क्षेत्रको सयौं बिगाहा जमिनको संरक्षण र उपभोगका लागि वागमती गाउँपालिकालाई निर्देशन दिएका छन। त्यसैगरी अनुगमनमा रहेका मुख्यमन्त्री सहितको टोलीलाई गाउँपालिका अध्यक्ष सर्केश घलानले आगामी आर्थिक वर्षमा कृषि र पशु पालन तर्फ रोजगारमुखी तथा आत्मनिर्भर हुने बजेट निर्माणको तयारी गरेको बताएका थिए ।त्यसैगरी बकैया गाँउपालिका अध्यक्ष दामोदर खनालले आगामी आर्थिक वर्षमा गाउँपालिकाले भौतिक पुर्वाधार निर्माणलाई प्राथमिकतामा खाख्दै,कृषिमा बिशेष जोड दिएर,रोजगारीको समस्या समाधान हुने किसिमको बजेट निमाणको तयारीमा रहेको बताएका थिए । अनुगमनमा मुख्यमन्त्री पौडेल सहित जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी,सदस्य देवराज रिमाल, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्याङतान,बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल,उपाध्यक्ष सरला बोलखे, समन्वय अधिकारी आनन्दराज पोखरेल,जिससका कर्मचारीहरु,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु, कर्मचारीहरुलगायतको सहभागिता रहेको थियो ।








