• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नागरिकताः नेपालले स्वतन्त्र निर्णय गर्दा किन गलत प्रचार ?

  •   मङ्गलबार, असार ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रियसभाको बैकठमा आपत्ति प्रकट गर्नुभएको छ । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका विदेशी महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता दिने विषयमा नेपालको संविधानले नै प्रष्ट गरेको र सोही आधारमा कानून निर्माणको प्रक्रिया अगाडि बढाइए पनि केही राजनीतिक दलले गलत प्रचार गरेकामा नेकपाका वेदुराम भुसालले आपत्ति प्रकट गर्नुभयो ।

    अङ्गीकृत नागरिकलाई राजनीतिकबाहेक अन्य सबै प्रकारका अधिकार प्राप्त हुने भए पनि केही राजनीतिक दलले मुठभेट हुने जस्ता विषय उचालेर अनावश्यक हल्ला गरेकामा उहाँले गुनासो गर्नुभयो । राष्ट्रियसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत नागरिकताका सम्बन्धमा नेकपाले अगाडि सारेको प्रस्तावले राजनीतिक दुर्घटना निम्त्याउने, आन्दोलनको आँधीबेहरी आउने र नेपाल–भारतको सांस्कृतिक सम्बन्ध अप्ठ्यारोमा पर्ने जिकिर गर्नुभएको थियो ।

    राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकले भारतलगायत तेस्रो देशका महिलाले नेपाली नागरिकसँग विवाह गरेको सात वर्षमा मात्रै अङ्गीकृत नागरिकता पाउने व्यवस्थासहितको विषयलाई टुङ्गो लगाएको थियो । नेपालले नागरिकताका विषयमा स्वतन्त्र ढङ्गले कानून बनाउन खोज्दा किन अनावश्यक लाञ्छना लगाउन खोजिएको हो भन्दै उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “केका निम्ति दुर्घटना निम्त्याउने भनेर प्रचार गर्नुप¥यो, स्वतन्त्र कानून बनाउँदा किन मुठभेट गर्नुप¥यो ? मुठभेट हुन्छ भनेर कसलाई भन्न खोजिएको हो ?” नेपालले कुनै कानून स्वतन्त्र ढङ्गले निर्माण गर्न नपाउने हो वा नेपाली भन्नेले नै अनावश्यक प्रचार गरिएको हो भन्दै सांसद भुसालले गलत हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो ।

    नागरिकतासम्बन्धी कानून बनाउँदा भारतको विहार र उत्तरप्रदेशसँगको सम्बन्ध जोड्नु जरुरी छ ? किन भारतसँग मात्रै जोडेर हेरिन्छ”, उहाँले भन्नुभयो, “यो सबैका हकमा लागू हुन्छ तर भारतसँग मात्रै किन जोडेर हेरिन्छ ?” हाम्रा छिमेकी मुलुकमा रहेको व्यवस्थानुसार नै नागरिकताका विषयमा कानून बनाउन खोज्दा गरिएको गलत तर्कले मुलुकलाई कता लैजान खोजिएको हो भन्दै उहाँले आक्रोश प्रकट गर्नुभयो । नेपाली काँग्रेस र मधेशकेन्द्रित दलका सांसदले नागरिकताका विषयमा संसदीय समितिले गरेको निर्णयलाई लिएर आपत्ति जनाउँदै आएका छन् । उनीहरुले सत्तारुढ दल नेकपाको निर्देशनमा नागरिकतासम्बन्धी कानून निर्माणमा गलत काम गरेको आरोप लगाएका छन् । भारतमा समेत वैवाहिक सम्बन्ध कायम गर्ने विदेशी महिलालाई सात वर्षमा मात्रै अङ्गीकृत नागरिकता दिने प्रावधान छ ।

    नेकपाकै रामनारायण बिंडारीले नेपालको राष्ट्रियतालाई कोही कसैले पनि कमजोर बनाउन नसक्ने जनाउँदै एकापसमा मिलेर बसेको र एकार्कालाई सम्मान गरेको नेपाली समाजबारे गलत मनसायका साथ प्रचार नगर्न सम्बद्ध पक्षको ध्यानकर्षण गराउनुभयो । सार्वभौमसत्तासम्पन्न मुलुकले आआफ्नै तरिकाले नागरिकता दिने प्रचलन रहेको उल्लेख गर्दै उहाँले नेपालले आफ्नै सापेक्षतामा निर्णय गर्न नपाउने भने जसरी संसद्मा अभिव्यक्ति दिनु सुहाउँदो विषय नभएको बताउनुभयो । उहाँले प्रतिनिधिसभाको एउटा समितिमा भएको छलफलका विषयलाई लिएर राष्ट्रियसभामा कुरा उठ्नु कतिको सुहाउँदिलो हो भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “सीमा रक्षा गरिरहेका नेपाली नागरिकलाई सरकारले रक्षा गर्छ, उनीहरुलाई नागरिकता दिइन्छ ।

    तराईका मुसहर, डोम, चमार जस्ता पछाडि पारिएका नागरिकलाई अधिकारसम्पन्न गराइन्छ तर आज नागरिकता लियो, भोलि नै मन्त्री सांसद बनाउने र बन्न पाउनुपर्छ भन्ने कुरा कुनै पनि अर्थमा मिल्दैन, हुँदैन ।” सोही दलका भगवती न्यौपानेले नागरिकता र राष्ट्रियताका विषयलाई लिएर पछिल्ला दिनमा नेपाली काँग्रेस र मधेशकेन्द्रित दलले गलत प्रचार गरेको भनी आपत्ति प्रकट गर्नुभयो । उहाँले कवि भूपि शेरचनले भने झैँ नागरिकताका विषयलाई लिएर गलत हल्ला गरिएको जनाउँदै त्यसले कोही कसैको हित नगर्ने बताउनुभयो । नेपालले स्वतन्त्र र पञ्चशीलका आधारमा वैदेशिक सम्बन्ध अगाडि बढाएको तथ्य पेश गर्दै उहाँले नेपालको नागरिकताको विषयले वैदेशिक सम्बन्धलाई कुनै असर नपार्ने धारणा राख्नुभयो ।

    उहाँले देशको हित विपरीत कुरा गर्ने, गलत प्रचार गर्ने र अपरिपक्व अभिव्यक्ति दिने प्रवृत्ति सरासर तथ्य विपरीत रहेको र त्यसले नेपालको हित नगर्ने बताउँदै भन्नुभयो, “नेपालले आफ्नो निर्णय आफैँ गर्न सक्छ, कोही कसैसँग सहमति लिनु पर्दैन ।” नेपाली काँग्रेसका प्रकाश पन्थले सरकार एकलौटी तवरले अगाडि बढ्न खोजेको, कोरोना नियन्त्रणमा ध्यान नदिएको तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने र प्रदर्शन गर्न पाउने व्यवस्थाको बर्खिलाफ गरी गतिविधि गरिरहेको आरोप लगाउँदै क्रियाशील राजनीतिक दलका बीचमा सहकार्य, सहमति र एकतामा जोड दिनुभयो ।

    राजपाका मृगेन्द्रकुमार सिंहले तराई– मधेशका विभिन्न खहरे खोलाका कारण जनजीवन समस्यामा परेको र आरक्षबाट आउने जङ्गली जनावरले खाद्य उपज सखाप पारेकाले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले तराईका विभिन्न जिल्लामा भइरहेको विकास निर्माणको काम गुणस्तरहीन भएको र त्यसले सरकारी लगानीसमेत बालुवामा पानी जस्तै भएको जनाउँदै तत्काल परीक्षण गर्न माग गर्नुभयो । खेतीपातीका समयमा रासायनिक मल अभावका कारण रोपाइँ गर्न नपाइएकाले तत्काल समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.