• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेपाली कांग्रेस इलाम सभापतिमा डम्बर खड्का निर्वाचित

  •   शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम ।  नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्याशी भेषराज आचार्यलाई १६० मतले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन् ।

    खड्काले ९३५ मत प्राप्त गरेका छन् भने आचार्यले ७७५ मत प्राप्त गरेका छन् । १ हजार ७३२ जनाले मतदान गरेको इलाममा खड्काले अन्तिम १३२ मत गणना गर्न बाँकी हुँदै सभापतिमा आफ्नो स्थान सुरक्षित गरेका थिए । १ हजार ६०० मत गणना हुँदै खड्काले ८७० मत पाएका थिए ।

    खड्का कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट उम्मेदवार हुन् । आचार्य भने संस्थापन इतर समूहमा थिए ।

    १४औं महाधिवेशनमा जिल्ला सभापतिका लागि चार आकांक्षी थिए । डम्बर खड्का, भेषराज आचार्य, हिमालय कर्माचार्य र केशव थापाको सभापतिमा चर्चा थियो । मनोनयनको अन्तिम समयमा कर्माचार्य र थापाले गठबन्धन गरेर खड्कालाई सघाएका थिए भने आचार्य गठबन्धन बिना आफ्नै प्यान बनाएर चुनावमा होमिएका थिए । संस्थापन समूहका खड्कालाई सघाएका हिमालय कर्माचार्य भने पौडेल पक्ष निकट मानिन्छन् भने थापा देउवा निकट नै हुन् ।

    उपसभापतिमा खगेन्द्र देवान र विष्णु कुमारी लिम्बु दाहाल निर्वाचित भएका छन् । देवानले ८७४, दाहालले ७७८ मत प्राप्त गरिन् उपसभापतिमा निर्वाचित दुवैजना भेषराज आचार्य प्यानलबाट निर्वाचित भएका हुन् । उपसभापतिमा पराजित केदार थापाले ७४७ मत र होम दुलालले ६९९ मत पाएका छन् । उनीहरू दुवै जना खड्का नेतृत्वको गठबन्धनबाट उपसभापतिका प्रत्याशी थिए ।

    सचिवमा पूर्णप्रसाद गौतम र निरोज खड्गी निर्वाचित भए । गौतमले ८१९ र खड्गीले ७९३ मत प्राप्त गरे । गौतम आचार्यको प्यानलबाट निर्वाचित भएका हुन् भने खड्गी डम्बर खड्का नेतृत्वको गठबन्धनबाट सचिव निर्वाचित भएका छन् । सचिव पदका प्रत्याशी विष्णु कार्कीले ७२२ र हुकुमलाल थेवेले ७१५ मत पाएका छन् । कार्की भेषराज आचार्य प्यानलबाट र थेवे खड्का नेतृत्वको गठबन्धनबाट सचिव पदमा चुनाव भिडेका थिए ।

    सहसचिवमा भने डालाकुमारी कार्की र देवेन्द्र कुमार सुवेदी चुनिएका छन् । ८६५ मत र सुवेदीले ७८१ मत पाएका छन् । कार्की खड्का नेतृत्वको गठबन्धन र कार्की आचार्य प्यानलबाट सहसचिव निर्वाचित भएका हुन् । सहसचिवमा पराजित चक्र एक्तेन अभिषेकले ६६५ र ६३४ मत पाएका छन् । इलामबाट अपाङ्गता भएको व्यक्तिहरूको कोटाबाट माधव चम्लागाईं महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । चम्लागाईंले ८५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी किशोर कुमार कार्कीले ३५९ र रविचन्द्र अधिकारीले २४२ मत पाएका छन् ।

    जिल्ला सदस्यहरूको मतगणना जारी छ । जिल्ला सदस्यमा नौ जना सर्वसम्मत भएका छन् । पालिकाहरूबाट चयन हुने अधिकांश महिला सदस्य र केही पुरुष सदस्य जिल्ला कार्यसमितिमा सर्वसम्मत चयन भएका हुन् । देउमाई नगरपालिकाबाट सावित्रा देवी श्रेष्ठ, माइनगरपालिकाबाट राधिका कार्की, चुलाचुलीकी विन्दादेवी बस्नेत, माइजोगमाईकी राममाया लिम्बु, सन्दकपुरकी सविता गुरुङ्ग, इलाम नगरपालिकाबाट रिना घिमिरे, सूर्योदय नगरपालिकाकी रजनी मुखिया महिला कोटाबाट निर्विरोध भएका हुन् । त्यस्तै चुलाचुलीका गणेश प्रसाद फागो, माङसेबङ्गुका नन्दकुमार राई जिल्ला सदस्यमा निर्विरोध भए । न्युज कारखाना

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.