• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

एमाले महाधिवेशनमा चम्कियो अल्लो कपडाको व्यापार, दिनकै एक लाख कमाउँछन् बुढामगर दम्पती

  •   आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्युठानका खिमबहादुर बुढामगर दम्पतीलाई एमालेको १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थल सौराहामा अल्लो (सिस्नोको प्रजाति) को कपडा बेच्न भ्याइनभ्याई छ । अल्लोको धागोबाट आफैले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू प्युठानदेखि चितवन आएका हुन् ।

    खिमबहादुर र उनकी श्रीमती चित्रकली बुढामगर दिनभर कपडा बेच्नमा व्यस्त देखिन्छन् । एमालेको महाधिवेशनलाई उनीहरूले राम्रो मौकाका रूपमा लिए । एमालेले चितवनमा महाधिवेशन गर्ने तय भएपछि बुढामगरका दम्पती अल्लोको कपडा बेच्न चितवन आउने निधो गरे ।

    नारायणी नदी किनारमा १० मंसिरमा महाधिवेशनको उद्घाटन हुँदै थियो । उनीहरू ७ मंसिरमै चितवन आइपुगे । त्यही दिनदेखि नदी किनारमा मञ्चको अगाडि कपडा बेच्न थाले । राति नारायणगढ लिलाचोकस्थित एक अतिथि सदनमा बास बसे ।

    बन्द सत्रका लागि सहभागीहरू १० मंसिरको राति महाधिवेशन प्रतिनिधि सौराहा आए । उनीहरू पनि कपडा बेच्नका लागि सौराहा आएका हुन् । ‘बन्दसत्र यहाँ (सौराहा) हुने भएपछि हामीहरू पनि यहीँ आयौँ । शनिबार ९५ हजारको व्यापार भएको थियो’, खिमबहादुरले भने ।

    दैनिक सरदर एक लाखको व्यापार

    अल्लोको टोपीलाई उद्योगबाट खुद्रामा बिक्री गर्दा प्रतिटोपी सात सय रुपैयाँमा बिक्री हुन्थ्यो । व्यापारीलाई दिने थोक मूल्य प्रतिटोपी पाँच सय रुपैयाँ थियो । अहिले महाधिवेशनलाई लक्षित गरेर खुद्रामा पनि प्रतिटोपी पाँच सय रुपैयाँमा नै बिक्री गरिएको उनले बताए ।

    ‘देशभरका महाधिवेशन प्रतिनिधिले लगाउन् भनेर थोककै मूल्यमा बिक्री गरेका छौँ’, उनले भने । स्टकोटलाई ३५ सय, जुवारी कोटलाई ४५ सय र फुल कोटलाई नौ हजारमा बिक्री गरिएको उनले बताए । त्यही मूल्यमा एउटा टोपी पनि दिने गरिएको उनको भनाइ छ । टोपी नलैजानेलाई पाँच सय रुपैयाँ छुट दिने गरिएको छ ।

    उद्योगबाटै कपडा बेच्दा दिनमा उनीहरूको १५ हजार रुपैयाँजतिको व्यापार हुन्थ्यो । महाधिवेशनको उद्घाटनका दिनमा भने एक लाख आठ हजार रुपैयाँको व्यापार भएको उनले बताए । महाधिवेशनअघि ८ मंसिरमा ८० हजार र ९ मंसिरमा ७९ हजार रुपैयाँको व्यापार भएको उनी बताउँछन् ।

    श्रीमान् श्रीमती नै अध्यक्ष र व्यवस्थापक

    कपडा बनाउने उनीहरूको आफ्नै उद्योग छ । प्युठानमा कोठिहिमाल अल्लो कपडा उद्योग छ । उद्योगको अध्यक्ष उनकै श्रीमती चित्रकली हुन् भने व्यवस्थापक खिमबहादुर । ‘मुख्यत: हामी महाधिवेशनकै लागि भनेर आएका हाैं । महाधिवेशनमा व्यापार पनि सँगसँगै गरौँ भनेर आयौँ’, उनले भने, ‘पहिला त मान्छेहरूले यो कपडा खासै चिन्दैनथे । किन्दैनथे पनि । अहिले चाहिँ चिन्ने जतिले किनिरहेका छन् ।’

    अल्लोको कपडाले गर्मीमा शीतल र जाडोमा न्यानो बनाउने उनी बताउँछन् । यो कपडाले सुगर र प्रेसर पनि नियन्त्रण गर्न सघाउने उनको भनाइ छ । चित्रकलीले २०६२ मा अल्लोको कपडा बनाउने तालिम लिएकी हुन् । मगर समुदायमा भांग्रा बनाउने र अल्लोको धागो निकाल्न जान्ने महिलासँग मात्रै पुरुषले विवाह गर्नुपर्ने विगतमा त्यहाँको चलन थियो । त्यस्तै, सीप नभएको पुरुषसँग मात्रै महिलाको विवाह गरिदिने प्रचलन थियो ।

    ‘पहिला किनेर लगाउन सक्ने अवस्था थिएन । किन्न परे पनि पैसा हुन्थेन । त्यसैले महिलामा अनिवार्य यसको धागो निकाल्ने र बुन्ने सीप हुनुपर्थ्याे। छोरा मान्छेमा चाहिँ हलो तान्ने, डोको बुन्ने जस्ता सीप हुनुपर्थ्याे’, उनले भने, ‘अहिले चाहिँ किन्न पाइन्छ । मान्छेले विभिन्न जागिर गर्छन् ।’

    उनीहरूले २०४२ सालमा विवाह गरेका हुन् । दुई जना छोरा र बुहारी छन् । छोराबुहारी पनि अल्लोकै कपडा बनाउने र बेच्ने काममा लागेका छन् । परिवारका सदस्यसँगै अरु नौ जनालाई पनि रोजगार दिएका छन् । धागो निकाल्न धेरै मान्छेको आवश्यकता पर्ने भएकाले अप्रत्यक्ष रूपमा हजारौँ जनाले पनि रोजगारी पाएको उनी बताउँछन् । कपडा उद्योगमा एक करोडभन्दा बढी लगानी रहेको उनले बताए । व्यापार बढ्दै गएकाले थप मेसिनको आवश्यक परेको छ । उनीहरूले अहिलेसम्म पनि हातले नै धागो निकाल्ने गरेका छन् ।

    आफ्नै जग्गामा अल्लो खेती

    प्युठानको नौबहिनी गाउँपालिका-६ र १० मा अल्लो बनाउने उनीहरुको उद्योग रहेका छन् । ‘घरतिर त दिनदिनै व्यापार हुँदैन । महिनामा भन्नुपर्दा तीनदेखि चार लाख रुपैयाँका कपडा हामीले बेच्ने गर्छाैं । यहाँ माैका मिलेको छ । दिनमै एक लाखको हाराहारीमा व्यापार भइरहेको छ’, चित्रकलीले भनिन् ।

    ससुराले दिएको नौ रोपनी जग्गामा उनीहरुले अल्लो खेती गरेका छन् । त्यो देखेर अरुले पनि गाउँमा अल्लोको खेती गरेको उनी बताउँछिन् । अल्लोलाई स्थानीय भाषामा पुगा पनि भन्ने गरिन्छ । अल्लोका कपडा पनि विभिन्न किसिमका छन् । कुनै शतप्रतिशत अल्लोबाट बनेका कपडा छन् भने कुनैमा २५ देखि ७५ सम्म वुलन मिसाइएका कपडा पनि छन् । ‘कुनै कपडामा हामीले वुलन पनि मिसाएका छौँ । हाम्रो नेपालीलाई झिल्के देखिनुपर्छ, त्यसकारण हामीले मिसाएका हौँ’, उनले भनिन् ।

    खरानी पानीमा पकाएर अल्लोको धागो निकालिन्छ । अल्लो पकाउने मेसिन खरिदका लागि पोखरा विश्वविद्यालय र कोरिया विश्वविद्यालयले अनुदान दिएको उनले बताइन् । ‘हाम्रो देशमा उत्पादन भएको कपडा लगाउने र अरुलाई पनि प्रोत्साहन गर्नुपर्छ । यो कपडा सस्तो र स्वास्थ्यका लागि पनि उपयुक्त छ’, उनले भनिन् ।

    धागो निकाल्न नजान्ने महिलाको विवाह नहुने

    विवाह भइसकेपछि श्रीमतीले आफ्नो श्रीमानका लागि भांग्रा र कछाड बनाइदिनुपर्ने परम्परा रहेकाले माइतीमा छँदै आमाले आफ्ना छोरीहरूलाई भांग्रा र कछाड बनाउन सिकाउने उनी बताउँछिन् । ‘धागो निकाल्न जानेन भने त्यस्तो महिलाको विवाह नै नहुने हुन्थ्यो । हाम्रो गाउँमा अझै पनि त्यस्ता महिला चार जना छन्, धागो निकाल्न नजानेर विवाह नभएका’, उनी भन्छिन्, ‘कोही हाम्रो उमेरका । कोही हामीभन्दा अलि जेठा छन् ।’

    २०६२ सालमा तालिम लिएर उनले व्यावसायिक रूपमा अल्लोको कपडा बनाउन थालेकी हुन् । ‘सुरुमा त मैले धागो मात्रै बनाएर काठमाडौँमा लगेर बेचेको हो । तालिम लिएपछि कपडा नै बनाएर बिक्री गर्न थालेँ’, उनले भनिन् । आफूले बनाएका अल्लोका कपडा उनले काठमाडौँको भृकुटीमण्डपमा लगेर प्रदर्शनीमा पनि राखेकी छन् । न्युज कारखाना

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.